अबको समय एक बजेटमा बस्ने हो, आर्थिक रूपमा सुरक्षित भए ता पनि
यस घड़ी हामी सबैको जीवनमा दुई महान अज्ञातहरु विद्यमान छन् - कोविड-१९-द्वारा के हुनुजाने हो, तथा यसले अर्थ-व्यवस्थालाई के-कस्तो असर पार्दछ | यदि हामी विश्व-महामारी कोविड-१९-पछि महामारी-उत्तरार्ध मन्दीमा प्रवेश गर्ने हो ( वा हामी मध्य-महामारी मन्दीमा परिसकेका छौं ), हाम्रो नौकरी र जीविकोपार्जनलाई कतिको प्रभावित गर्ने छ - अनि हामीले यसको तैयारीमा आर्थिक तौरले के गर्नुपर्ने हो ?
हामीमध्ये केहीले हाम्रो जीविकाको लागि आफ्नो खर्च गर्ने प्रवृत्तिबारे एक पटक फेरि सोच्न थालेका छौं | उच्च वेतन, छ: महिने आपतकालीन कोष वा टाढ़ा बसी कार्यगर्ने क्षमता कारणवश कोही आर्थिक रुपले स्वयमलाई सुरक्षित ठान्दछन् | तर जब मन्दी आउँदछ, यो हरेकलाई नै आउँदछ - त्यसर्थ हामी सबैलाई यो समय हाम्रो बजेटलाई पुन:मुल्याङ्कन गर्ने अनि, सामर्थ्य अनुरूप, हामीले धेरभन्दाधेर बचत गर्नथाल्ने हो |
यहाँहरुलाई यस दिशातर्फ अग्रसर गर्नलाई तीन-सूत्री सलाह यस्तो छ :
आफ्नो आयलाई अस्थायी भएजस्तो व्यवहार गर्नुहोस्
यसबारे मैले अघि पनि लेखेको थिएँ तर यो एक आवश्यक सम्झौटो हो: अहिले जेजति आय तपाईं कमाउनु हुन्छ सो अस्थायी हो | यदि तपाईँले आफुले चाहेको भन्दा कम छ, त्यसभन्दा धेर कमाउने अवसरहरु (पदोन्नति, नयाँ नौकरी, पार्श्व-उत्साह, इत्यादि) भविष्यमा आउनसक्छन् | यदि तपाईं वर्तमान आयसित सन्तुष्ट हुनुहुन्छ, यसलाई सहजतापूर्वक नलिनुहोस् - अनि यस धारणामा नबस्नु होला कि अधिक मात्रामा धन सदैव आउनेछ |
यस मन्दीको समयमा यो मन:स्थिति अझ धेर महत्वपूर्ण हुन्छ | जब कामको अवसर झन् कठिन हुँदछ, तपाईँको वर्तमान आयस्रोतलाई यथासम्भव अझ लामो अवधिको लागि विस्तृत बनाउनु आवश्यक छ | यसको यो अर्थ होइन् कि तपाईँ आफ्ना सबै विवेकाधीन खर्चलाई काट्नु आवश्यक छ, तर तपाईंले आफ्ना केही खर्चहरुलाई कटौती गर्दै सो धनलाई बचतमा वा आपतकालीन कोषमा सञ्चय गर्नचाहनु हुनेछ |
अहिलेको धन बचत, पछि धन खर्चिनभन्दा धेर मूल्यवान छ
बचत बनाम खर्च विषयबारे : धेर जस्ता खुद्रा-विक्रेताहरूले महत्वपूर्ण सेल/बिक्री वा डिस्काउण्ट/छूट शुरु गरेर ग्राहकहरुलाई फेरि खर्च गर्नतर्फ लोभ्याउन थाल्लान् - तर यसरी कुनै वस्तु किन्नु भने बुद्धिमानी आर्थिक कदम भने होइन् |
रमित सेठीले 'द् न्यूयोर्क टाइम्स्'मा आफ्नो लेख 'तपाईँलाई धनवान कसरी हुने सिकाउने छु'-मा भने झैं - जब हामी यति धेर अज्ञातहरुसम्मुख आर्थिक निर्णयहरु गर्दछौं, यो महत्वपूर्ण हुन्छ कि नगद राशितर्फ हामी भूल गरिरहेका हुन्छौं | श्री सेठी यो सिफारिश गर्छन् कि शेष वर्ष अवधिमा यदि विवाह वा महान् भ्रमण जस्ता पछि अझ धेर खर्चिला हुनसक्ने योजना छन् भने त्यसलाई रद्द गर्न विचार-योग्य छ | "यस्तो समयमा, विशेषत: जब बढ़्दो बेरोजगारी र बढ़्दो अनिश्चितता यहाँ विद्यमान छन्, तपाईँको गोजीमा अहिले भएको धन, तपाईँको गोजीमा पछि भएको धनभन्दा धेर मूल्यवान छ |”
यो सलाह भविष्यका खरिदहरुलाई मात्र व्यवहारिक नभएर अहिलेघड़ी कुनै पनि बजेट वस्तुमा कम खर्चिनुलाई पनि यो व्यवहारिक छ जस्तै, अर्को वर्ष अधिक मूल्यमा बिक्री हुनुसक्ने नयाँ वाहनमा, वा मिति सिद्धिनअघि उपयोग गर्नपर्ने कूपनहरु भयो |
अन्य शब्दहरुमा भन्नु परे : यदि तपाईँले साँच्चै नै महान् 'डील'/व्यवहार भेट्नुभएको छ भने, तपाईँ आफैलाई सम्झाउनुहोस् कि छूटसहित बिक्रीको लागि दिइएको त्यो वस्तु एकदमै अनावश्यक भएको साथै तपाईँको हातमा भएको नगद राशि अधिक मूल्यवान भएको भनेर | यसमा २० डलर बचत गर्नु भएको ८० डलर खर्चगरे बराबर हो, जस्तै भए ता पनि - अनि तपाईँले सो ८० डलर अझ असल तरिकाले उपयोग गर्नसक्नु पनि हुनेछ |
यदि तपाईं चिन्तित हुनुहुन्छ कि यस विश्व-महामारी तथा/वा एक अवश्यम्भावी मन्दीको अवधिमा - अथवा यदि तपाईँ अनिश्चित मात्र हुनुहुन्छ कि तपाईँसित भएको धन यस घड़ी के गरौँ - म सलाह दिन्छु कि अनलाइन आर्थिक सलाहकार सेवा 'स्मार्टपाथ' अन्तर्गत् 'मनीमुभ्सक्विज़' लिनुहोस् |
जब मैले क्विज़मा भाग लिएँ, स्मार्टपाथले यो सलाह प्रस्तुत ग-यो :
तपाईँसित असल सुरक्षा-जाल छन् | तथापि, तपाईँलाई आफ्नो खर्च कटौती गर्न प्रोत्साहित गर्छौं अनि आउँदो ३० दिनसम्म प्रत्येक डलर बचत गर्नुहोस् | फेरि, पुन: मुल्याङ्कन गर्नुहोस् |
म पनि तपाईँहरुलाई त्यही सलाह दिन्छु, तपाईँको वर्तमान सुरक्षा-जाल जे-जस्तो होस् | एउटा बजेट बनाउनुहोस्, आफ्ना खर्चहरुमा कटौती गर्नुहोस् अनि प्रत्येक डलर सक्दो बचत गर्नुहोस् - आगामी ३० दिनसम्म अनि फेरि पुन:मुल्याङ्कन गर्नुहोस् : तपाईँले जतिसक्दो कटौती गर्नसक्ने क्षमता अनुरूप वास्तवमा पनि गर्नुभयो कि ? पछुताव हुने कुनै खरिद गर्नुभयो कि ? कुनै यस्ता गर्नपर्ने खरिदहरु पनि थिए जुन गर्नुभएन कि ? तपाईँको बजेट (मितव्ययिता)-ले तपाईँको समग्र जीवन-स्तरमा कुनै असर पर्नगयो कि ?
यी प्रश्नहरुको जवाफ एक पटक थाहा पाउनुभएपछि, तपाईँले पुन:विचार गर्नुहोस् अनि आफ्नो बजेटलाई आगामी ३० दिनको लागि नवीनिकरण गर्नुहोस् | लगातार बजेट गर्नेगर्नुहोस्, पुन:विचार गर्नुहोस् अनि फेरि यस प्रक्रियालाई दोह-याउनुहोस् यथासम्भव धन बचत गर्दै - किनकि तपाईं आर्थिक तौरले सुरक्षित अनुभव गर्नुहोस् वा आर्थिक तौरले चिन्तित, यस घड़ी एक अनिश्चित भविष्यको लागि तत्पर हुनु यो आवश्यक छ |
दृष्ट्व्य : स्रोत - लाइफ-ह्याकर/ टु सेन्ट्स: निकोल डाइकर लिखित मूल लेख (मेरो फेसबुक वाल अनि ग्रुप करुणागुठीमा राखिएको छ ) समसामयिक, सान्दर्भिक र उपयोगी पाइएकोले अनुवाद गरी यहाँ प्रस्तुत गरिएको हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् | एक दशकदेखि व्यक्तिगत आर्थिक विषयमा लेख्दैगरेकी, उहाँ "द् बायोग्राफिस अफ् अर्डिनरी प्युपल, ए मिल्लेनियल-इरा लिटल वुमेन"-को लेखिका पनि हुन् |सम्पर्क : [email protected]