यी ३ चिजहरू किन्नछाड़ेर
बचतगरी ऋणमुक्तहुने उपाय
यस एकल आमाले केही सरल बजेट कटौतीगरेर ५,५०० डलर आठ महिनामा बचतगर्नसकिन् |
सो सजिलो थिएन, तर ऋणमुक्तहुनुको लागि यो त्याग महत्वपूर्ण थियो |
हामी अवसर-भूमिमा बस्छौं, तर धेरै अमेरिकनहरुका लागि, धन सम्बन्धित हतासहुनु जीवनको एक सामान्य भाग हो | भर्खरैको 'ननफिक्सन रिसर्च'-द्वारा गरिएको एक अध्ययन अनुसार आधाभन्दा धेर अमेरिकनहरूले ( जसमध्ये कोही २ लाख डलर प्रति वर्षभन्दा धेर कमाउनेहरू पनि छन् ) पर्याप्त धन कमाउन नसकेको गुनासो व्यक्तगरेका छन् | व्यक्तिगत आर्थिक साइट 'द् बजेट मोम्'-का सञ्चालक 'कुमिको लभ'-लाई पनि यस्तो नैराश्य निश्चय नै अनुभव गरिएको विषय थियो | तर यस प्रकारको यथास्थितिलाई स्वाभाविक रूपमा नलिएर उनले यसलाई निम्ट्याउन अघि सरिन्, गत्तिलो रकम बचत गर्नसकिन् अनि आफ्नो ऋण तिर्न पनि सकिन् |
एउटा आमाको अभिप्रेरणा / मोटिभेशन
जब लभ एक आमा भईन, उनले यो अब परिवर्तन गर्नपर्ने समय भएको निश्चय गरी आफ्ना आयस्रोत तथा ऋणहरूबारे प्रबन्धन गर्नुपर्ने निर्णय गरिन् | उनको एक नयाँ छोरा हुनुगयो जो सम्पूर्णतया धनसमेतको लागि उनीमाथि नै निर्भर गर्नेभयो | “मेरो जीवन र मैले आफ्नो छोरासितको चाहेको भविष्य मेरो लागि सदैव नै अभिप्रेरणा हुनुगयो |” लभ भन्छिन्, “ऋणमाथि निर्भर हुनुनपर्ने जीवन, जहाँ मैले धनबारे निश्चिन्त भई अवसरहरु छोप्नुपर्ने हुन्छ - यही कुराले मलाई केही कदम चाल्नुपर्ने निर्णयगर्न सक्षम बनायो |
जब यी एकल आमाले आफ्नो बजेटयुक्त जीवन थालिन् उनले वार्षिक २४,००० डलर मात्र कमाउँदै थिइन् | पछि उनले 'द् बजेट मोम्' थालिन् अनि आफ्नो प्रेरणादायी ऋणमुक्त हुने कथालाई विश्वसित साझा गरिन् - इन्स्टाग्राममा | अन्तत:, उनले ७७,२८१ डलरको गत्तिलो रकम तिर्नसकिन् | उनले आफ्नो नयाँ बजेटयुक्त जीवन-यात्राक्रमको खर्चमा केवल तीन कटौती गरेर ५,५०० डलरको बचत मात्र आठ महिनाको छोँटो अवधिमा सम्भव हुनुगएको थियो |
कटौती #१ : नयाँ वस्त्रादि
लभले आफ्नो बजेटमा पहिलो कटौती गरेको विषय थियो, नयाँ वस्त्रादि | नयाँ लुगाफाटा किन्न बन्दगर्नअघि, यी एकल आमाले हरेक महीना २०० देखि ३०० डलरसम्म आफ्नो परिधानमा खर्च गर्थिन् | यस्तो कटौती थालेपछि, प्रत्येक दुई-तीन महीनामा नयाँ वस्त्रमा हुने यो खर्च घटेर २५ डलरसम्म झर्नगयो - आवश्यक फेर्नपर्ने मोजा, भित्री अङ्ग-वस्त्र जस्ता ससाना चिजबिज किन्न | “मैले पूरा एक वर्ष नयाँ वस्त्र किन्दै नकिनीबसेँ लुगाफाटामा खर्च गर्नभन्दा धन जोगाउन, जुन विषय मलाई वास्तवमा मनपर्छ, सो पनि थाहा लाग्छ” लभ बताउँछिन् | यो एक परिवर्तन गर्नाले उनले ती प्रथम आठ महिनामा १,९०० डलर बचत गर्न सकिन् |
कटौती #२ बाहिरको भोजन र सौदापात
अर्को विषय, लभले आफ्नो भोजनको बजेटतर्फ ध्यान पु-याइन् | पहिलो कुरा, सप्ताहमा छः दिन बाहिर खाने प्रथा बन्द गरिन् | त्यस बजेट कटौतीले मात्र ३०० डलर हरेक महीना बचत गर्न सकिन् | आफ्नो मासिक भोजन बजेटमा कसरी अनि कतिसम्म बचत गर्न सम्भव छ भन्ने कुरा जान्न उनले भोजनको योजनातर्फ ध्यान दिइन् | अन्ततः, लभ भन्छिन, “मैले आफ्नो भोजन-बजेट नियोजित गरी ८०० डलर देखि ४०० डलर प्रति माह झार्न सकेँ |” उनले यी महत्वपूर्ण बचत "भोजन-योजनाप्रति ध्यान दिँदै, घरमै मेरो फ्रिज र भण्डारमा भएका वस्तुहरु (सस्तो बेला किनेर जम्मा गरिएका खाद्यान्न / सौदापात) खाएर तथा बाहिर खानुजाने प्रथालाई सीमित गर्दै" सो सम्भव भएको बताउँछिन् | यी कटौतीबाट उनले ३,२०० डलर बचत गरिनँ |
कटौती #३ : नामी-ब्राण्ड विषय-वस्तु
लभको लागि भोजन एउटा ठूलो मासिक खर्च हुनेभएकोले यस क्षेत्रमा धेरभन्दा धेर धन बचतगर्न निश्चय गरिन् | यद्यपि उनले बाहिर खानु कमगर्दै अनि भोजन नियोजितगर्दै एक ठुलो राशि बचत गर्दै थिइन्, उनी स्टोर्स-ब्राण्ड उत्पादनहरुतर्फ लागिन् जसबाट उनले ४० डलर प्रति माह बचत गर्न सकिन् | “म एक 'ब्राण्ड-जङ्की' भएको थाहा पाएँ" लभ भन्छिन्, "मैले मेरो ध्यान आफ्नो प्राकृतिक स्वभाव नामी-ब्राण्डतर्फ केन्द्रित भएको थाहा भयो र त्यसतर्फबाट ध्यान अलग राख्दै स्टोर्स-उत्पादन वा सामान्य ब्राण्डहरुतिर, जो धेर किफायती पनि थिए, आफ्नो मन फर्काएँ |” यस मन-परिवर्तनले ती प्रथम आठ महिनामाअर्को ३२० डलर बचत गर्न सकिन् | अनि, छूटका कुपनहरुबाट बचतको फाइदा उठाउन पनि उनले बिर्सिनन् |
लभले ती आठ महिनामा आफ्नो खर्चमा कटौती गरेर ५,५०० डलर जति बचत मात्र गरिनन्, तर त्यसरी सञ्चय गरेको धनलाई सदुपयोग पनि गरिन् | सो रकम उनले आफ्नो ऋण तिर्नलाई काम लगाईन्, साथै एक एकल आमाको आफ्नो ऋण-मुक्तहुने लक्ष्यसमेत साल २०१८-को अन्तसम्म प्राप्त गरिन् | “अबउपरान्त म त्योश्री सञ्चित धन मेरा बचत लक्ष्यहरुको लागि उपयोग गर्दैछु |” उनी भन्छिन् | के हो त त्यो लक्ष्य ? मेरो पहिलो घरको लागि नगदीमा भुक्तान |
आफ्नो 'किन' खोज्नुहोस्
लभले आफ्नो कथाद्वारा धेरै अन्यलाई धन बचत गर्नथाल्न र ऋण तिर्न प्रेरणा दिइन् | यदि तपाईं पनि आफ्नो मितव्ययिता-यात्रा प्रारम्भ गर्नचाहनुहुन्छ भने, लभको सलाह छ तपाईं आफ्नो 'किन' खोज्नुहोस् | अर्को शब्दमा भन्नुपर्दा तपाईं आफैलाई सर्वप्रथम प्रश्न गर्नुहोस् कि किन चाहिँ आफ्नो खर्चमा कटौती गर्नचाहनु हुन्छ | “यो आविष्कार गर्नुसक्नुभएपछि तपाईंलाई अभिप्रेरणा / 'मोटिभेशन' साथै आवश्यक त्याग-भावना / 'डेडिकेशन' पनि प्राप्तहुनेछ |”
अवसरहरु खोज्नुहोस्
अर्को कुरा, लभले भावी-बचतकर्ताहरुलाई खर्चमा कटौती गर्नतर्फ पनि प्रोत्साहित गर्छिन् | यसका लागि केही काम गर्नुपर्नेछ, तर जुन बचत तपाईंले गर्नसक्नुहुनेछ, त्यसले नै तपाईंको जीवनमा वास्तविक परिवर्तन ल्याउनेछ | “तपाईंले यो चाहनु पर्नेछ र सो अघोरै चाहनुपर्नेछ" लभ भन्छिन् | फोनद्वारा सम्पर्क गर्न शुरुगर्नुहोस्, विशेष गरी आफ्ना वर्तमान क्रेताहरुसित तथा सेवादायीहरुसित | आफ्ना नियमित बिलहरुमा केही कटौती गर्नुसकिन्छ कि वा तीमध्ये केहीका खर्च नै बन्द गर्नसकिन्छ कि सो कुरामा ध्यान पु-याउनु होस् |
आफ्ना खर्चप्रति ध्यान दिनुहोस्
“जागरुकता नै आर्थिक सफलताको साँचो हो,” लभ भन्छिन् | यदि आफ्नो धन विषय कुरा गर्नुपर्दा तपाईं वास्तविक परिवर्तन हेर्नुचाहनु हुन्छ भने, तपाईंले विगतमा गरिआएकाभन्दा भिन्न तौर-तरिका अपनाउनुपर्ने छ |” उदाहरणस्वरूप, आफ्नो खर्चलाई ध्यानदिनुपर्ने छ - एक-एक रुपियाँसम्म | “के विषय-वस्तु परिवर्तन गर्नुपर्ने हो, त्यो जान्न आवश्यक छ अनि यो नजानी तपाईं सकारात्मक आर्थिक परिवर्तन गर्नसक्नुहुने छैन |” उनी भन्छिन् "तपाईंले यो जान्नु पनि जरुरी हुन्छ कि तपाईँको धन कतातिर जाँदै छ |”
दृष्ट्व्य : साभार : रिडर्स डाइजेष्ट / द् बजेट मोम् - मिशेल एल. ब्ल्याकलिखित मूल लेख 'मैले यी ३ चिजहरू किन्नछाड़ेँ अनि $ ५,००० बचत गरें (मेरो फेसबुक वाल अनि ग्रुप करुणागुठीमा राखिएको छ) समसामयिक, सान्दर्भिक र उपयोगी पाइएकोले अनुवाद गरी यहाँ प्रस्तुत गरिएको हो | यसर्थ यहाँ व्यक्त गरिएका विचारहरु उनका निजी विचार हुन् | सम्पर्क : [email protected]