अर्को फड्को - राजीव शङ्कर श्रेष्ठ
इन्द्रकील सिक्किमको उर्वर भूमिले अर्को फड्को मारेको छ साहित्य लेखनमा र गान्तोकका चेतन राज श्रेष्ठ लिखित ‘द् किंगस् हारभेस्ट’ (राजाको फसल) यसै साता लोकार्पण हुँदैछ| मौलिक लेखनको रूपमा हामी पाइरहेका छौं दुई उपन्यासिकाहरु सिक्किमकै चरित्र र जलवायु साथै सामाजिक परिवेशको तानोबानोमा अल्झो सुलझ्याउँदै प्रस्तुत आफ्नै विशिष्ट शैलीमा लेखिएका जसको कारण चेतन राज श्रेष्ठ परिचित छन् आफ्ना पाठकहरुमाझ|
केही महिनाअघि गत वर्ष प्रज्ज्वल पराजुलीले आफ्नो ‘गोर्खास् डटर’(गोर्खे छोरी)-द्वारा विश्वमा नै चर्चित रहेर एक कीर्तिमान स्थापित गरेका थिए| मलाई सम्झना छ सन् २००९ यस्तै समय छोरा रमण सुदूरपूर्वी देशहरुको भ्रमणमा गएको बेला रचना पुस्तकमा आइपुगेका थिए दुई युवा|पहिरन र हावभावले विदेशबाट फर्किआएका अनुमान लगाउँछु अनि परिचय हुन्छ प्रज्वल शर्मा र साथीसित | टाशी नामग्याल एकाडेमी पढ्दा माथिल्ला कक्षामा छोरी रचनालाई देखेको तर न्यूयोर्कमा भेट भएको कुरा सुनाउँछन् | ताखमा सजाइराखिएका पुस्तकहरु प्रेमपूर्वक सुमसुमाउँदै मलाई भन्छन् , “अङ्कल, एक दिन म पनि पुस्तक लेख्ने छु र यसरी नै राखिएको पाउनुहुनेछ यहाँ!” म भन्छु भर्खरै कोलकाताबाट प्रकाशित एक अङ्ग्रेजी दैनिकमा पढेको एक टिप्पणीको आधारमा कि अङ्ग्रेजीमा ५०० प्रति प्रकाशित भई बिक्रिहुनसके सो पुस्तक ‘हिट’ भएको ठान्नुपर्छ| “यहाँ माथि (आफू पढेको पाठशाला) गए निकै प्रति बिक्री भइहाल्छ र उता कालेबुङ, दार्जीलिङ अनि शिलाङमा पनि त साथी-भाई र आफ्ना प्रियजन छन्!” मलाई के थाहा उसको भवितव्यमा यस्तो प्रसिद्धि कोरिएको छ| पछि पुस्तकको लोकार्पण उनको प्रिय रचना पुस्तकमा भएको अवसरमा आफ्नो कृतज्ञता यस प्रकार प्रकट गर्छन् – “प्रिय अङ्कल, रचना पुस्तक स्थापित गरिदिनुभएकोमा धन्यवाद| कथाहरुको आनन्द लिनुहोस!" अनि फेसबुकबाट विभिन्न देशहरुमा कहाँ कहाँ सो क्रम लगातार भएको जानकारी पाएर मनै खुशी हुन्छ र गर्व लाग्छ यस उपलब्धिमा!

दुइवटा पुस्तक लेख्नलाई नै संयुक्त राज्य/बेलायतको प्रकाशक ‘कर्कस’-बाट निकै असल राशि अग्रिम रूपमा प्राप्त भएको र अब हामी सब उनको दोस्रो पुस्तक, “लेन्ड व्हेयर आइ फ्लि” (‘म भागिजाने देश’ – एक उपन्यास)-को प्रतीक्षामा थियौं कि यहाँबाट अर्का युवा प्रतिभाले आफ्नो सीप प्रदर्शन गर्ने अवसर पाएको छ अनि हामीले पाएका छौं साहित्य रसास्वादनको| ताजापन लिइआएको यस प्रयासको स्वयम् प्रज्वल पराजुली पनि प्रतीक्षामा रहेको बताउँछन् र स्वागतयोग्य छ यो प्रस्तुति|
पहिलो कथा ‘एन ओपन-एण्ड-शट केस’(‘एक सोझै निर्णायक मुद्दा’)-मा “नव-वर्षको पूर्वसन्ध्या मध्यरातमा सिक्किमको रङ्गीत खोलामास्तिर एक महिला कमलाले आफ्नो लोग्ने पुलिस जवान पुरनलाई ४७ टुक्रा गरी मार्दछे अनि थाना गई आफैलाई सुम्पिदिन्छे| यस मुद्दा जांच-पड्ताल गर्ने सख्त, छुद्रो-मुख र छुच्ची दिछेनलाई शुरुमा यो एक सामान्य घटना जस्तो लाग्छ तर जसरी उ कमला र पुरनको जिन्दगीमा झाँकिहेर्दछ, यहाँ झूट, छल र प्रेममा धोकाको संसार पाउँदछ - जहाँ विगतका दिनहरु - उ आफ्नै वर्तमानलाई झैं अन्धकारमा पारेको पाउँदछ, केही नभए जस्तो, अनि हत्याराहरुको दोष प्रमाणितगर्न गाह्रो देखिन्छ|”
अर्को कथामा “अविरल पानी-झरीको दिन ३२-वर्षको अन्तरालमा आफ्नो राजा भेट्न पुग्दछ, उसको खेतको बालीको कूत तिर्न| जुकाले भरिएको जङ्गल अप्ठ्यारो पाखा-पखेरु हुँदै, उसले आफ्ना छोरा-छोरीलाई आफ्नो जिन्दगीको कथा सुनाउँदछ – जुन नाटक र जादुले परिपूर्ण छ| तर सबैभन्दा अझ ठूलो आश्चर्य गान्तोकमा उसको प्रतीक्षामा छ ...”
कथाकारको रूपमा यस भेकलाई पृष्ठभूमि बनाई आफ्नो भाषा-शैली सँगसँगै जादुई, साहसिक अनि निर्भिक कदम लिएर यसरी प्रवेश गर्नु कुनै पनि पहिलो पुस्तकका लागि विशिष्टता प्रदान गर्दछ र यही नै हो खूबी यस प्रयासको!
नर्थ पोइन्ट दार्जीलिंग, दिल्ली, बेन्गलुरू र अष्ट्रेलियाबाट शिक्षा प्राप्त गरेका चेतन राज श्रेष्ठ शिक्षण र पेशाले एक वास्तुविद् हुन् | एक स्थानीय अङ्ग्रेजी दैनिकमा दिइएको आफ्नो एक अन्तर्वातामा यो जानकारी दिन्छन् कि विगतका दशकमा सन् २००२मा ‘विकेन्ड रिभ्यू’ साप्ताहिकमा सेवारत् लेख्न शुरुगरेका, २००३ देखि अर्को स्थानीय दैनिक ‘सिक्किम नॉव’ र २००७ देखि ‘टक सिक्किम’-मा प्रकाशित भई आफ्ना कथाहरुले उनी परिचित छन् अनि भविष्यमा उनी एक उपन्यास लेख्न चाहन्छन् जो अहिले थालिएकै छैन| आफ्नो वास्तुविद् भएकाले व्यस्ततामाझ समय निकाली प्राय:जसो बिहानी पख दिनचर्या थाल्नअघि लेख्नेगरेका र भर्खरै दक्षिण सिक्किमको राभाङ्गलामा पवन-पावन दलाई लामाले प्राण-प्रतिस्थापित ‘तथागत् साल’को स्मारिका-लेखनसित सम्बद्ध छन्| सन् २०११ सितम्बर १८-को विनाशकारी भूइंचालोले क्षतिविक्षत उत्तर सिक्किममा हि-ग्याथाङ्ग गुम्बाको पुनरुद्धार/जिर्णोद्धार कार्यसित पनि सम्बद्ध छन्|
यही साता शनिवार २९ अनि आइतवार ३० जून २०१३ मध्यान्ह १२ बजेदेखि हामीहरुमाझ आइरहेका छन् आफ्नो ताजा पुस्तककासाथ चेतन राज श्रेष्ठ रचना पुस्तकमा - स्वागत गरौं उदीयमान नव-युवा-लेखनको रूपमा विश्व साहित्य जगत् –मा प्रवेश गरिरहेको सिक्किमको एक अझ विशिष्ट चिनारीलाई!
सम्पर्क : [email protected] 'हाम्रो प्रजाशक्ति' (२५ जून २०१३ गान्तोक)-मा प्रकाशित