दिवङ्गत साहित्यकार शरद् छेत्रीको ६६ औँ जन्म जयन्ती २० जून २०१३ बिहिवारको दिन नेपाली साहित्य सम्मेलन दार्जीलिङको सुधपा प्रेक्षा-गृहमा ‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पण समारोहमा
करुणा देवी स्मारक धर्मार्थ गुठीको पक्षबाट श्री राजीव शङ्कर श्रेष्ठद्वारा प्रस्तुत स्वागत भाषण
आदरणीय मुख्य अतिथि श्रद्धेय श्री कृष्णसिंह मोक्तान, सभाध्यक्ष श्री गोपीचन्द्र प्रधान, विशिष्ट अतिथि श्री प्रेम प्रधान अनि विशेष अतिथि श्रीमती शोभा छेत्री तथा मञ्चमा आसन ग्रहणगरेका साहित्यिक महानुभावहरु साथै उपस्थित सज्जन अनि महिलावृन्द
सर्वप्रथम म यहाँ हाम्रा संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठ लगायत हामी सबैका दिवङ्गत पितृहरुको अनि स्वर्गीय शरद् छेत्री पुण्य-स्मृतिमा केही क्षणको मौन धारणकासाथ श्रद्धाञ्जलि अर्पण गर्नहुन आह्वान गर्दछु| धन्यवाद!
यहाँहरुलाई म, राजीव शङ्कर श्रेष्ठ, मेरो व्यक्तिगत साथै हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीको पक्षबाट श्रद्धासाथ स्वागत अभिवादन टक्र्याउँदछु र यहाँहरु सबैले आज यसरी पाउँकष्ट गर्नभइ यस ‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पण समारोहको शोभा अनि गरिमा बढाई दिनुभएकोमा हार्दिक कृतज्ञता अर्पण गर्दछु|
म स्वयम् एक कुशल वक्ता नभएकोले क्षमा-याचनासाथ मेरो यो लिखित उद्-गार यहाँहरुको अनुमतिकासाथ यहाँ राख्दैछु|
---
साहित्यिक महानुभावहरुको विशिष्ट उपस्थितिको यस दुर्लभ अवसरमा साहित्यबारे हाम्रा विभूति कविकेशरी चित्तधर ‘हृदय’, जसको १०७ औँ जन्म-जयन्ती भर्खरै मनाइयो, यस साहित्यिक महानुभावहरुको सुखद् उपस्थितिको दुर्लभ अवसरमा साहित्यबारे हाम्रा विभूति कविकेशरी चित्तधर ‘हृदय’-लाई स्मरण गर्दै उहाँकै एक पंक्तिकासाथ श्रद्धाञ्जलि अर्पण गर्दछु :
साहित्य
“भाँडो शरीर मसिको, मसि रक्त बन्छ,
मस्तिष्क कागज भनि अनि सिद्ध हुन्छ
नाडी महाकलमले जुन भाव लेख्छ
'साहित्य' त्यै उचित भन्नु अवश्य पर्छ l”
कविकेशरी चित्तधर 'हृदय'(ने.सं. १०२६-११०२)
शारदा वर्ष १ सङ्ख्या ७ संवत् १९९२
(साभारकविकेशरी चित्तधर 'हृदय'- जीवनी र व्यक्तित्व)

“साहित्य के हो?” शरद्को आफ्नै शब्दमा (एक डायरीबाट प्राप्त अप्रकाशित अनि “शरद् छेत्री स्मृतिग्रन्थ”-मा पनि सम्मिलित) उत्तर यस्तो छ – “मानव-जीवन अन्तर्गत अनुभव गरिएका विविध पक्षहरु अनि प्रभावहरुको कलात्मक अभिव्यक्ति हो साहित्य|”
यहाँहरुसमक्ष म फेरि जीवनको कर्मण्यता र सफलताको कसीमा खरो उत्रेका स्वर्गीय साहित्यकार शरद् छेत्रीकै शब्दहरुकासाथ उहाँ-प्रति हाम्रो श्रद्धाञ्जलियसरी व्यक्त गर्दछु:
“संसारमा कुनै पनि जातिमाझ जन्म लिएपछि ऋण लाग्छ प्रत्येकलाई नै जन्म ग्रहणको| अत: प्रत्येकले इमानदारीसित त्यस स्व-जातिप्रतिको ऋण चुक्ता गर्ने प्रयास गर्नैपर्छ| त्यही नै जीवनको कर्मण्यता र सफलताको कसी हो |....”
अनि हामीलाई पनि ऋण लागेको हुनाले नै यहाँ यसरी अवसर प्राप्त हुनगएको छ आज| यहाँहरुमा यो कौतुहलता र जिज्ञासा जाग्नु स्वाभाविक हो कि कहाँ सिक्किमबाट यहाँ दार्जीलिङसम्म आएर यसरी सबैलाई भेला गर्नको के प्रायोजन| यसको उत्तर सरल र साधारण अनि सन्देश स्पष्ट छ र त्यो हो हाम्रा स्वर्गीय मित्र साहित्यकार शरद् छेत्रीको महानतालाई कदर गर्दै विगतका समयमा यस करुणा देवी स्मारक धर्मार्थ गुठीले निरन्तर पाएका सहयोग अनि समर्थनप्रति साथै उहाँले हामीलाई रचना रजत जयन्ती कथा प्रतियोगिता अनि रचना कथा अनुष्ठान २००५-मा अन्तिम निर्णायकको रूपमा जुन अति महत्वपूर्ण अनि जिम्मेवारीको गहन भूमिका निर्वाहगरि गुण लगाएर गए त्यसप्रति पनि आभार प्रकट गर्नु हो| हाम्रो आफ्नो स्वार्थ यो पनि छ कि उहाँले हामीलाई लगाएका ती सब गुणको भार अनि यस कृतज्ञताको बोझबाट हामी आफु स्वयम्-लाई मुक्त पार्नु हो यसरी आज|
---
यस्तै ऋणको बोझबाट मुक्तहुनु भर्खरै गत ९ जून आइतवारको दिन काठमाडौँ पुष्पलाल अमात्य मार्ग तपिंता स्थित निवासमा गई हामीलाई वर्षौंदेखि गुण लगाइआएका कथाकार राजा शाक्यलाई हाम्रा संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठको ११ औँ स्मृति-दिवसको छेक ख्यातिप्राप्त साहित्यकार अनि शिक्षाविद् लक्ष्मण राजवंशी लगायत केही साहित्यकार मित्रहरुको उपस्थितिमा दोस्रो जय स्मारक सम्मानद्वारा अलङ्करण गर्ने सौभाग्य प्राप्त भएको जानकारी पनि यस सभामा राख्न पाउँदा असीम सन्तोष अनुभव गर्दछु|
सिक्किम सरकारद्वारा नेवार भाषालाई पनि एक राज्य-भाषाको मान्यता अन्य पाँचमध्ये एकको रूपमा प्रदानगरेको आधिकारिक घोषणाको स्वागत गर्न अनि आभार प्रकटगर्दै धन्यवाद ज्ञापनगर्नकासाथै हाम्रो भाषा र संस्कृतिमा कतिका विविधता र सम्पूर्णता छ त्यो नेवारहरूमा मात्र नभइ सर्व-साधारणमा समक्ष समेत जानकारी प्रस्तुत गर्न एक पुस्तकद्वारा मात्र सम्भव हुनाले हाम्रा संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठको दिशानिदेशमा आफ्नी श्रीमती रञ्जना श्रेष्ठको सहयोगद्वारा तयार गरिएको ‘नेवा: वर्ण, लिपि र भाषा परिचय’ थियो| यसको निष्पादन तथा सम्पादन गर्नमा एक कुशल अनि समर्पित व्यक्तिको खोजमा हाम्रा आफन्त ‘हेटौडा वा:पौ’-का श्री दीपक प्रसाद श्रेष्ठकासाथ स्वनामधन्य लोकप्रिय जनकवि दुर्गालाल श्रेष्ठको निवासमा पुगेका थियौं| उहाँले यस कार्यका लागि आफुभन्दा योग्य राजा शाक्य छन् भनी आशा सफूकुथि गइभेट्न सलाह दिएकाले नै उनीसितको यो सहयोग आजसम्म निरन्तर पाउने सौभाग्य प्राप्त भएको हो|
हाम्रा विज्ञ महानुभावहरुसमक्ष यो जानकारी राख्न चाहन्छौं कि यस पुस्तकको उल्लेख नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानद्वारा त्यही बेला प्रकाशित ‘विवरणात्मक ग्रन्थ कोष’-मा प्रथम संस्करणको आधारमा नै समावेश गरिएको रहेको पछि थाहा लागेकोले हामी नेवारहरुको मूल थलोबाट टाढा बसिआएका भए पनि आफ्नो भाषा, कला र संस्कृतिप्रतिको माया अनि भक्ति फलस्वरूप यस हाम्रो तुच्छ प्रयासको पहिचान र स्वीकृति शीर्षस्थ संस्थाद्वारा भएकोमा गर्व अनुभव हुनु अति स्वाभाविक हो|

सन् २००५ मा हाम्रो व्यापारिक प्रतिष्ठान ‘रचना पुस्तक एवम् प्रकाशन’-को रजत् जयन्तीको अवसरमा प्रथम ’जय स्मारक सम्मान’-द्वारा बनारसबाट सन् १९३७ देखि प्रकाशित भइआइरहेको नेपाली पत्रिका ‘उदय’-का संस्थापक-सम्पादक स्वर्गीय काशी बहादुर श्रेष्ठ - जसको जन्म शताब्दी गत वर्ष यता भारतमा साहित्य अकादमी र नेपालमा नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त तत्वावधानमा धुमधामसित मनाइएको थियो – उहाँका जेठा छोरा र वर्तमान सम्पादक दुर्गाप्रसाद श्रेष्ठलाई उनको दीर्घकालीन आजीवन साहित्य सेवाको लागि उहाँकै सुविधा हेरेर काठमाडौँमा रत्न पुस्तकको सहयोगमा एक साहित्यिक जमघटमा प्रदान गरेका थियौं| 'उदय’को १५० औँ अंक भर्खरै प्रकाशितभएर एक कीर्तिमान स्थापित भएको छ र हाम्रो गुठी विगत एक दशकदेखि ‘उदय बचाउ अभियान’-मा लागिपरेका छौं |'उदय’ सिक्किममा भन्दा यहाँ दार्जीलिङमा व्यापक सफल भएको श्रेय हाम्रा ज्वाईंसाहेब स्वर्गीय उदय चन्द प्रधानलाई जान्छ जसको दु:खद निधन गत वर्ष अप्रेल १६-को दिन टिस्टानजिकै एक वाहन दुर्घटनामा बहिनी सुनितासँगै भएको थियो!
---
जिन्दगी कसैले अलि-अलि जीत हो अनि अलि-अलि हार भने झैं हामीलाई आज यहाँसम्म पुग्न कतिको गाह्रोपर्नु गयो त्यो कुनै पनि शुभ अथवा पुण्य कार्य गर्दा आइपर्ने सामान्य विघ्न-वाधा र कठिनाई हुन् भनी ठानेर नै दृढ-संकल्प र कर्मठताकासाथ सम्भव हुनगएको छ| नत्र त हामी यस पुण्य कार्य गर्नबाट स्वयम् वन्चित हुने थियौं| हामीलाई यहाँहरु समक्ष आज यो पनि स्पष्ट राख्नमा अलिकति पनि संकोच अनि हिचकिचाहट छैन कि यो हाम्रो कुनै निजी स्वार्थ परिपूर्तिको साधन अनि न कुनै व्यक्तिगत इच्छा-अभिलाषाको सिद्धिको प्रयास कदाचित नभइ एक संस्थागत वचन, निष्ठा र लगनको परिपूर्तिको एकमात्र ध्येयलाई कार्य रूपमा परिणत गरी यस पुण्य कार्यलाई सम्पन्न गर्नु थियो|यस पुण्य कार्यमा कति महिनतकासाथ मानसिक चिन्ता, व्यक्तिगत चेष्टा र शारीरिक कष्ट उठाउनु परयो यस प्रयाससित सम्बन्धितहरुले मात्र अनुभव गरेका छन् | यो कार्य जुन प्रकारले गरिसिध्याइयो त्यस कटिबद्धता र सहयोगप्रति हामी कृतज्ञ छौं –अन्यथा यो कतिपयको आशा अनुरूप असम्भव निश्चित नै थियो| जे जस्तो जसरी यो सम्भव हुनगयो त्यसप्रति म फेरि मेरो व्यक्तिगत साथै हाम्रो करुणा गुठीको पक्षबाट आभार प्रगट गर्दछु| हाम्रो प्रयासमा हामी कतिको सफल भयौं त्यो हामीलाई जानकारी दिनुहोस् न किकहाँ कहाँ हामी विफल भयौं कारण कतिपय त्रुटी हुनु यस महान् कार्यमा अवश्यम्भावी छन्| ती सबलाई अनदेखा गरी क्षमा गरिदिनुभए मात्र पनि हामी यस पुनीत अवसरमा कृतार्थ भएको अनुभव गर्नेछौं|a
---
शरद्सितको मेरो अन्तिम भेट २९ अप्रेल २०१२ को दिन उनको निवासस्थानमा भएको थियो - साथमा साहित्यकार मित्र गोपीचन्द्र प्रधान पनि थिए l उनको अस्वस्थता बारे कुरा हुँदा शरद्ले भनेका थिए भारतीय राज्य बैंकमा सेवारतछँदा त्यहाँबाट न कहिले एक रुपियाँ दवाई वा उपचार खर्चको नाममा लिईयो न त कुनै दिन बिमार भई छुट्टी नै बस्न परयो तर सेवानिवृत्त भए उप्रान्त रोगले पकड़ेको भनेका थिए - स्वस्थ र हँसमुख स्वभावका उनी एक मिलनसार व्यक्तित्व थिए l उनको लेख "भ्रान्ति र वास्तविकताको द्वन्दमा" ('हिमालय दर्पण'मा ४ फरवरी २०११ र पछि पनि एक पटक प्रकाशित) बारे चर्चा गर्दा सो लेख पहिले पटकको बिमारीहुँदाको र पछि फेरि बिमारीले पकड़ेको बताएका थिए l यो लेख खुबै मन पर्नका साथै प्रभावित भएर मैले अङ्गरेजीमा उल्थागरि उनलाई पहिले नै पठाएको थिएँ - A writer laments - In between clash of fallacy and reality| यसलाई पछि हाम्रो वेब साइट 'करुणागुठी डट कम' (www.karunaguthi.com) मा राखेका छौं र उत्सुक पाठकको सुविधाहेतु प्रस्तुत “शरद् छेत्री स्मृतिग्रन्थ”-मा पनि पढ्नसक्ने छन् l
बिमारीसित जुद्धै भए पनि उनले लेख्न छाडेका थिएनन् यद्यपि यसबारे कुरा गर्दा र 'हाम्रो ध्वनि' लगायत अन्य पत्र-पत्रिकामा उनका लेख, कविता, आदि पढ्न पाएको भन्दा ती सब कतिपय अघि लेखिएका हुन भनेका थिए l लेख्न त उनले छाडेका थिएनन् र उनका छिमेकी साहित्यकार गोपीचन्द्र प्रधानले पनि पुष्टि गरेकाले मैले हाम्रा बहिनी सुनिता र उनका पति दुवैको वाहन-दुर्घटनामा अकस्मात निधन भएकोमा उनको स्मरणमा एक लेख "उदयचन्द प्रधानप्रति श्रद्धाञ्जलि"का लागि अनुरोध गर्दा उनले यथासमय पठाउनका साथै फोनगरि पुग्यो-पुगेन निधो गर्न खबर गरेका थिए र पछि साँझ-पख मैले पाएको खबर दिएको थिएँ l यसबाट उनको यस सरल प्रवृत्ति साथै व्यवहारिकता र शालीनता स्पष्ट हुँदछl
सम्मानको पनि उनी सम्मान गर्थे र उनको हरेक पुस्तक होस् वा आफ्नो जीवन परिचयमा हाम्रो पारिवारिक करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा उनले पुरयाएका योगदानप्रति आभार प्रकट गर्न “रचना कथा अनुष्ठान २००५”-को अवसरमा टक्र्याइएको 'करुणा स्मारक सम्मान' पनि वर्णन गर्न भुल्दैनन् थिए l यसरी उनले हाम्रो सबै प्रयासको कदर गर्नका साथै गुठीको गरिमा बढाउनमा सहायता पुरयाएका थिएl यसै क्रममा यस सिलसिलालाई अघि बढाउँदै उनलाई हामीले उनको नेपाली साहित्यमा आजीवन सेवा पुरयाए बापत् अभिनन्दन गरी जय स्मारक सम्मान द्वारा अलङ्करण गर्ने योजना बनाइरहेका थियौं| उनले हाम्रो परिवारमा शोक-कालले गर्दा एक वर्ष पर्खिन पर्ने विचार व्यक्त गरेका थिए - यहाँसम्म थियो उनको महानतापूर्ण समवेदना र शालीनताले परिपूर्ण संवेदनशीलता हामी अनि हाम्रो गुठी र परिवारप्रति !
यो शरद्को दूरदर्शितापूर्ण विलक्षण प्रतिभा नै हो कि वा कुनै दैविक वरदानले अभिप्रेरित उनले आफ्ना प्रकाशित-अप्रकाशित अनेकौं लेख, अन्तवार्ता, कथा, कविता, आदि सामग्रीलाई सङ्कलितगरि आफनो जीवन-कालमा नै पुस्तक आकारमा प्रकाशितगरि नेपाली सहित्य भण्डारलाई धनाढ्य तुल्याउने अमुल्य योगदानमा अन्तिम समयसम्म उनी लागिरहे खुबै सफलतापूर्वक l नयाँ वर्ष २०१२-को उपलक्ष्यमा आफ्नो कथा सङ्ग्रह "विकीर्ण तरङ्गहरु" हामीलाई दिएका थिए भनें अझ कतिपय यता-उति परेका लेखिएका सामग्रीको सङ्ग्रहमा उनी जुटेका कुरा अन्तिम भेटमा भनेका थिए अनि उनको अन्त्येष्टि क्रियाको दिन परिवारजनबाट थाहा लाग्छ कि दु:खद निधनको दुई साता अघि मात्र आफ्नो जन्मदिवसमा अन्तिम पुस्तक “केही सिर्जना अनि समीक्षाहरु” हस्ताक्षरित गरी हामीलाई दिइगएका छन्| उहाँको यही समर्पित साहित्यिक निष्ठा र समर्पणप्रति निहाल अनि आसक्त भएर नै हामीले हाम्रो “शरद् छेत्री स्मृतिग्रन्थ” दिवङ्गत विभूतिको ६६ औँ जन्म जयन्तीको पुनीत अवसरमा यहाँ आज यसरी लोकार्पण गर्न सौभाग्य जुटाएका छौं|
---
“सहित्यिक नक्षत्र अनि उनका उत्कृष्ट कृतिहाम्रा अमूल्य निधि भएकाले र ती बारे शोध अध्ययन सामग्री संरक्षण नै हो यो तुच्छ प्रयास” भनी आउँदा पिढीलाई विरासत स्वरूप प्राप्तभएको सचेत गर्न नै हाम्रो हिमाली धरोहर - श्रंखला ४ अन्तर्गत् यस प्रस्तुति “शरद् छेत्री स्मृतिग्रन्थ”-लाई हाम्रा संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठको ११ औँ स्मृति-दिवसको पुण्य अवसरमा समर्पित गर्ने जमर्को गरेका हौँ |
"कथाका कामधेनु" भनी कहल्याइएका शरद् छेत्री अब हामी माझ रहेनन् तर उनको स्मृति र योगदान प्रचुर र प्रशस्त छन् उनलाई अमर बनाउनका लागि र उनको असामयिक निधनले हाम्रो समाज र नेपाली साहित्य जगत् लाई वास्तवमा एक अपूरणीय क्षति हुन गएको छ l हालसालै कतिपय साहित्य अनुरागीहरुले उनका यी गुण तथा महत्व बुझेर नै लेख, आदि लेख्न शुरुगरेको कुरा पत्र-पत्रिकातिर प्रकाशित सामग्रीबाट हामी थाहा पाउँछौं l उनको साहित्यको गहन शोध - अध्ययन गरेर यस क्षतिलाई केही मात्रामा परिपूरण गर्न सकिन्छ कि र यसो गर्नाले नै उनको दिवङ्गत आत्मालाई केही शान्ति प्रदान गर्नका साथै यस महान् साहित्यकारप्रति हाम्रो वास्तविक श्रद्धाञ्जलि हुनजानेछ भने अतिशयोक्ति नहोला !
अन्तमा, कतिपय अवाञ्छनीय कारणवश तर सर्वोच्च ग्राह्यताकासाथ हामीले यस“शरद् छेत्री स्मृतिग्रन्थ”-लाई अनेकौं विघ्न-वाधा, अड्चन र किचलो पारगरि यस आकार र प्रकारमा अन्तिम क्षणमा घोषित समयभित्र प्रकाशित गर्नपर्ने वाध्यतालाई हाम्रा विज्ञ महानुभावहरुले यो जे जस्तो भयो यसलाई यसरी नै स्वीकार गर्नहुन विनम्र विन्ती छ|एक दिवङ्गत मित्रप्रति हामीबाट श्रद्धा-सुमन अर्पण गर्ने तुच्छ प्रयास मात्र गरेका हौं|यहाँहरुको समर्थन मात्र नभइ सहयोगकासाथै भविष्यमा अझ यस्ता पुनीत सुकार्य गर्न सदैव प्रेरणा र प्रोत्साहन प्राप्त हुनेछ| दार्जीलिङबाट हामीले उच्च शिक्षासँगसँगै धेरै कुरा अब पनि सिक्ने अवसर पाएका छौं र अझ धेरै जुटाउने आशा राखेको छौं |
पुस्तक तयार भएपछि पनि एक लेख अझ प्राप्तभएको छ र नाम्चीबाट बालकृष्ण श्रेष्ठले पठाएका संस्मरणमा आफ्नो भावना यस प्रकार व्यक्त गरेकाछन् – “ ... डा. इन्द्रबहादुर राई पछिका दोस्रो महान् साहित्यकार हुन् भारतमा | यथार्थमा आजको उत्तरआधुनिक मोटिफमा लेखिएका तिनका “समय र बाँसुरीको धुन” जुनसुकै पाठकले बुझ्न कठीन पर्ने कथाहरु ८०/९० कै दशकमा लेख्न समर्थ भएका व्यक्तिप्रति ती दिनहरुको सम्झना गर्दै तिनका शास्वत लेखप्रति साधुवाद टक्र्याउँदछु|...”
एक समर्पित र निष्ठावान साहित्यकारको रूपमा स्वर्गीय शरद् छेत्रिसित हामीभन्दा यहाँहरु नै अझ धेर नजिक भएकाले अझ असल अनि अझ राम्ररी परिचित हुनु स्वाभाविक हो| यसर्थ यसभन्दा धेर यहाँ लेख्न वा भन्न आवश्यक ठान्दिनं र मेरो यस छोँटो वक्तव्यलाई यहीँ शेष गर्ने अनुमति चाहन्छु|
जाँदा जाँदै मलाई यो तथ्य यहाँ राख्नबाट स्वयम्-लाई रोक्न सकिनँ कि हाम्रा एक पुर्खाले यस नेपाली साहित्य सम्मेलन, दार्जीलिङ को स्थापना तथा प्रारम्भिक कालमा जुन महत्वपूर्ण सेवा-योगदान पुर्-याइआए उहाँलाई शायद हामीले कहिंकतै जानीनजानी बिर्स्यौं कि! ती महापुरुष हुन् स्वर्गीय मोतिचन्द प्रधान जसलाई सिक्किमकाले दार्जीलिङका हुन् भन्छन् र यता दार्जीलिङकाले सिक्किमका वास्तवमा उहाँ दुवैका साथै कालेबुङका पनि हुन् कारण उहाँको नेपाली साहित्य अध्ययन समितिको स्थापनामा पनि प्रमुख भूमिका छ| यहाँ २६.७.१९३१ देखि २६.७.१९३२ दोस्रो र पछि ७.१०.१९३९ देखि २३.५.१९६५ सम्म चौथो अध्यक्षको रूपमा दुई दशकभन्दा धेर सेवा पुरयाए तर खै यसप्रति कृतज्ञता वा आभार प्रकट अझ यहाँ सम्म आइपुग्दा पनि कहीं कतै उल्लेखसम्म नभएको यस महान् व्यक्तित्वको!
धन्यवाद दार्जीलिङ, धन्यवाद नेपाली साहित्य सम्मेलन, दार्जीलिङ अनि आज यहाँ उपस्थित समस्त महानुभावहरु - यस्तो पुनीत कार्यमा सहभागी हुनकासाथै दिवङ्गत मित्रप्रति श्रद्धाञ्जलिस्वरूप प्रस्तुत हाम्रो यस तुच्छ प्रयासको यसरी साक्षी हुनुभइ हामीलाई कृतार्थ गरिदिन भएकोमा – शरद्ले लगाएको गुणको भार बिसाउने मात्रको निजी स्वार्थमा यहाँहरुसमक्ष आज यसरी आएको तर यस यामको पानी-झरी झैँ माया-स्नेहको बर्खासाथ यो गुण अझ थपिन पो गएको पाएका छौं |आफैलाई अझ समर्पित अनि धेरै प्रेरणा र स्फूर्ति लिई फर्किंदैछौं हामी ! एक पटक फेरि पनि धन्यवाद!
सुभाय् ! सम्पर्क : [email protected]