इन्द्रजात्रा मनाउँदै – सिक्किममा नेवारहरु
- राजीव शङ्कर श्रेष्ठ
सिक्किमका महामहीम राज्यपाल श्री श्रीनिवास पाटिल र प्रथम महिला श्रीमती रजनी देवी पाटिलले इन्द्रजात्राको पावन अवसरमा सिक्किमका जनता विशेषत: नेवार जातिप्रति न्यानो शुभकामना पठाउने दया गर्नुभएको छ| यस कृपादृष्टिले हामी अनुग्रहित छौं र समस्त सहनागरिकहरुसित यो शुभ सन्देश फैलाउन चाहन्छौं औ समाजको बृहतर हितमा यस पूजाको अवसरमा समस्तजनलाई वरदानका साथै सुरक्षा र मेल-मिलाप प्रदान गरुन्|
हामी हाम्रा सम्माननीय मुख्यमन्त्री महोदय अनि सिक्किम सरकारप्रति सन् १९९५मा हाम्रो नेवार भाषालाई यहाँका अन्य भाषाहरु सरह राज्य भाषाको मान्यता प्रदान र त्यस पश्चात् यसको समृद्धि र विकासमा टेवा अनि साथै भर्खरै सन् २०११मा इन्द्रजात्रा लाई सार्वजनिक विदाको घोषणा गर्नु भएकोमा हामी कृतज्ञता व्यक्त गर्दछौं| यस गुणप्रति आभारी भई हामी हरेक अवसरमा र प्रत्येक समारोहमा यस महान् दयादृष्टिप्रति धन्यवाद टक्र्याउन र हाम्रो संवर्धना जनाउन सदैव उत्सुक र सदा तत्पर स्वयमलाई पाउँछौं|
इन्द्रजात्राबारे हामी फेसबुकमा नेवा: म्हसिका (नेवा: परिचय) पृष्ठबाट यो अंश उद्धृत गर्दछौं:
“हामी नेवार एक सभ्य जाति भएकाले नै हाम्रा विभिन्न चाड-बाड र उत्सवहरू प्राचीन कालदेखि नै तत्परताका साथ मनाइरहेका छौं| सालभरि नै यी चाड-बाडहरु मनाइरहेका हुन्छौं, ‘इन्द्रया पुन्हि’(इन्द्रको पूर्णिमा) काठमाडौँमा मनाइने यी मध्ये एक ठूलो त्योहार हो| समय अन्तरालमा यो त्योहार येंया पुन्हि अनि इन्द्रजात्रा भनी परिचित भयो| ‘या’ वा ‘जात्रा’ संस्कृत शब्द ‘यात्रा’बाट आएको हो| इन्द्रजात्रा जसको अर्थ ‘सवारी’ वा ‘यात्रा’ हो - यो हाल एक चर्चित विषय भएकोले म त्यसबारे केही उद्धृत गर्ने अवसर छोप्दै यहाँ उल्लेख गर्न चाहन्छु|
“यो उत्सव लिच्छवी राजा गुणकाम देवले प्रारम्भ गरेको भन्ने विश्वास गरिन्छ जब कि विभिन्न रथ यात्राहरु अनि अन्य प्रावधानहरुको चलनका लागि मल्ल राजा जय प्रकाश मल्लप्रति श्रेय जान्दछ|हनुमान ढोका अवस्थित पुरानो राजमहल अघिल्तिर योशिं स्तम्भ खडा गरेर त्योहार शुरु हुँदछ अनि त्यसलाई त्यही स्थानमा ढालेर अन्त हुँदछ| यस अवसरमा ‘आजु द्यो’ वा ‘आकाश भैरव’को मुखुण्डा प्रदर्शित गरिन्छ अनि देवताहरुका राजा इन्द्रको मूर्तिसँगसँगै पूजा गरिन्छ| सवभकु, लाखे, महाकाली, पुलूं किसी, देवी नाचहरु यस अवसरमा नचाईन्छ| दिवङ्गत आत्माहरुको सम्झनामा ‘उप्पाकु (उपाउ)’ नाच पनि देखाइन्छ| त्यसरी नै दश अवतार पनि प्रदर्शित गरिन्छ साथै ‘डाकिनी’ नाच पनि देखाइन्छ| काठमाडौँमा विभिन्न ठाउं हरुमा चढाइएको ‘समय बजी’को भव्य प्रदर्शनी पनि गरिन्छ|
“यो चाड़ काठमाडौँ का नेवार जातिका सबै जात र थरका अनि साथै विभिन्न गुठीहरूले खटाइएका आफ्ना-आफ्ना जिम्मेवारीको निर्वाह गर्नका साथै एक अर्कालाई सहयोग पु-याएर सुचारुपूर्वक व्यवस्थापन गरी त्योहारलाई संयुक्तरुपमा सफलतासाथ सम्पन्न गर्दछन् | यस प्रकार यो चाड एक त्योहार मात्र नभई नेवार जातिमाझको धार्मिक र सांस्कृतिक मेल-मिलापको एक अवसर अनि साथै प्रतीक पनि हो|” (शब्द साभार: मार्क श्रेष्ठ र अरुण श्रेष्ठ वुजु )
त्यही स्रोतका एक मित्रले सम्झना गराउँछन् कि इन्द्रजात्रा दिवस चाहिँ त्यो दिन हो जब कि नेवारहरुले आफ्ना राज्यहरु पृथ्वी नारायण शाहको अघि परास्त भई केही शताब्दी अघि गुमाएका थियौं| मेरा मित्रहरु यसबारे अझ जान्न उत्सुक हुनुहुन्छ भने तल दिइएकोबाट छोटकरीमा थप जानकारी प्राप्त गर्नुहोस्:
नेवार राज्यहरुको पतन – केही अंश जर्मन लेख ‘नेपालको लुप्त इतिहास’बाट
अष्ट्रियन पत्रकार डा. हान्स जर्ज बेहरले जर्मन भाषामा लिखित आफ्नो पुस्तक ‘नेपाल गेस्चेंक देर गोत्तर’ अर्थात् ‘नेपाल – ईश्वरको उपहार’मा नेवार राज्यहरु कसरी गोर्खाहरुअघि पराजित भए इतिहासको लुकाइएको पाटालाई उजागर गरेका छन्| भिएना अष्ट्रियामा जन्मेका तर हामबर्ग जर्मनीमा बस्ने डा. बेहरद्वारा लिखित पुस्तकलाई चकना नेपाम्हीले अंग्रेजीमा अनुवाद गरेका छन् भने यसको नेपाल(नेवार)भाषामा रुपान्तर विनोद सायमि ‘अला’ले गरेकाले इतिहासको लुकाइएको घटनाक्रम हालै प्रकाशमा आएको छ| कि ता हाम्रा धेरै जस्ता इतिहासकारहरुलाई यी घटनाक्रमबारे केही ज्ञान थिएन वा अनभिज्ञ थिए नभए १८औं शताब्दीमा नेपाल मण्डल भित्रका नेवार राज्यहरु कुन घटनाक्रम अन्तर्गत् पतन हुनगए त्यसबारे तथ्य राख्न अनिच्छुक थिए| यस पुस्तकमा दिइएको बयानले नेपाल एकीकरणको प्रचलित धारणाको विरोध गर्दै अस्त-ध्वस्त पारेकोछ| (स्रोत : द् नेवाः, हामबर्ग, जर्मनी)
---

इन्द्रजात्रा सिक्किममा सन् २००० सालमा मात्र प्रवेश पाएको हो अनि यो प्रथम पटक सिक्किम नेवार गुठीले नामथांग कोठीमा आयोजित गरी मनाएको थियो| यस संस्थाको व्यवस्थापन परिवर्तनकासाथ इन्द्रजात्रा यहाँ राजधानीमा पहिलो पटक सन् २०१० सालमा मात्र भित्रिएको हो जब सिक्किम राज्यभरिबाट नेवारहरु भेला भएर भव्यतापूर्वक यो मनाएका थिए|
वैमनस्यले परिपूर्ण वातावरणमा निम्त्याईआएका हाम्रा पिता-पूर्खाले सिक्किमलाई आफ्नो नयाँ घर बनाए अनि आफ्नो अस्तित्व र पहिचान स्थापित गर्न उहाँहरुले आफ्नो भाषा सँगसँगै संस्कृति पनि यही पहिचानको बलिवेदीमा अर्पण गरे यहाँसम्म कि आफ्नो आवाज नै गुमाए अनि अब जब समयको आवश्यकता अनुसार हामी केही बोल्न परेको खण्डमा केही व्यक्त गर्न सम्म पनि असमर्थ पाउँछौं आफैलाई, मानो गलाबाट जिभ्रो नै थुत्तिएर निकालिलगेका हुन् कसैले | अब पुश्तौंदेखि प्राप्त यही पहिचान आज आशंकाको घेरामा मात्र नपरी बढ्दो अनिश्चित राजनैतिक माहौलमा अल्पसंख्यक भएकाले गर्दा नै हाम्रो आवाज पनि कहीं कतै हराए झैं लाग्दछ| राज्य र राष्ट्रको बृहतर हितमा समाजको विभिन्न् क्षेत्रमा हामीले पु-याइ आएको समर्पित सेवा योगदानलाई यहाँ वर्णन गर्न सीमित समय र स्थानले अनुमति नदेला|
यहाँका एक विद्वानले मन्तव्य पोखे झैं हाम्रा पिता पूर्खा कुनै समय यहाँका अति शक्तिशालीहरु भन्दा पनि ताकतवर थिए अनि यो कुरा हामी विनम्रताकासाथ स्वीकार्छौँ कारण त्यहाँ सम्म उहाँहरु आफ्नो दृढ संकल्प, दुरदर्शिता अनि त्याग फलस्वरूप पुगेका थिए अनि जुनै सरकारको शासन भए ता पनि राज्य र देशको बृहतर हित ध्यानमा राखी शक्तिपीठप्रति आफ्नो निष्ठा, विश्वास अनि आत्मविश्वासको सहाराले नै त्यो ख्याति कमाएका थिए| फलस्वरूप विगतका दिनहरुमा ब्रिटिश राजमा हाम्रा आठ-आठ जना महापुरुष हरुलाई राई साहेबको दुर्लभ पदवी अलंकरण गरी सुशोभित गरेका थिए| परिणामस्वरूप हामी नेवारहरु स्वयमलाई एक इर्ष्याजनक स्थितिमा पाउनु अति स्वाभाविक हो अनि केही विज्ञ महानुभावहरु आफ्ना कमी-कमजोरीहरुलाई लुकाउन यसको दोष हाम्रा पूर्खालाई दिन आजपर्यन्त सभा-गोष्ठीतिर अझै अलिकता पनि हिचकिचाउँदैनन् | तिनीहरुप्रति हाम्रो सहानुभूति छ तर यसको अर्थ यो होइन कि हाम्रा दिवङ्गत पूर्खाले कठिन परिश्रम, त्याग र बलिदानले आर्जित गरेका प्रसिद्धिको मूल्यमा यसो हुन् जाओस्| उनिहरु सित हाम्रो यो विनम्र निवेदन छ कि यस दोषारोपणको दुराग्रहमा उहाँहरुको यश-प्रतिष्ठामा केही आँच अनि मलीनता आउन नपाओस्| प्रत्येक व्यक्ति टक्सारी बन्धु लक्ष्मीदास प्रधान र चन्द्रवीर प्रधान भएर जन्मिन्दैनन् न ता ती एक राई साहेब रत्न बहादुर प्रधान, जसले आज एक किम्वदन्ती बन्न गएको विश्व प्रसिद्ध चन्द्र नर्सरी सन् १९१०मा स्थापित गरे, हुन् सक्छ न राई साहेब भीम बहादुर प्रधान, राई साहेब हरिदास प्रधान र उनका छोरा राई साहेब बालकृष्ण (उर्फ बाबुराम) प्रधान अनि निकट समयका राई साहेब हरि प्रसाद प्रधान नै| उहाँको सुयश र प्रसिद्धि मुलुक बाहिरसम्म फैलिएकाले नेपालका तत्कालीन महाराजाधिराज त्रिभुवनले निम्त्याएर त्यहाँ सर्वोच्च न्यायालयको मुख्य न्यायाधीशको गरिमामय पदमा नियुक्त गरी आसीन गराए| कानूनी क्षेत्रमा त्यहाँ भएका अधिकांश महत्वपूर्ण विषयहरुका लागि अझ पनि उहाँको अमूल्य योगदानको स्मरण गरिन्छ| उहाँका ठुलोबुवा राई साहेब लम्बोदर प्रधान अनि उहाँका छोरा मोती चन्द्र प्रधान, जो पहाडबाट प्रथम मेट्रिकुलेट अनि कानूनका स्नातक थिए जसको योगदान प्रशासन अतिरिक्त शिक्षा, साहित्य, संस्कृति साथै नेपाली भाषा आन्दोलनका एक अग्रणी थिए जसले अन्तत: राष्ट्रिय स्तरमा मान्यता हासिल ग-यो| अर्का पिता-पुत्रको जोडी राई साहेब तुलसी दास प्रधान र राई साहेब मदन कुमार प्रधान थिए जसको योगदान सिक्किम सीमानाबाहिर कालेबुङसम्म विस्तृत हुनगयो| त्यस ठाउँ सँगै पर्याय बनेको त्यहाँको पुष्प-खेती उद्योग यता सिक्किमबाट प्रवाहित भएको हो भने अत्युक्ति नहोला| यहाँ हामी पाकिमका टक्सारी चन्द्रवीर प्रधान र उहाँका सन्तानको योगदान स्मरण गर्दछौं अनि ती मध्ये आफ्ना समयमा सबै भन्दा उत्कृष्ट उल्लेखनीय योगदान काशीराज प्रधानद्वारा भएको पाउँछौं|
त्यसर्थ, आजको पृष्ठभूमिमा समेत हाम्रा पूर्खाको नाम धुमिल गर्ने प्रयास कदापि अवहेलित हुने छैन| मलाई यहाँ हाम्रा युवा पिढीको झट्ट सम्झना आउँछ जसले आफ्ना उत्साह र उद्यमद्वारा आफैलाई ख्याति आर्जन गरेका छन् जस्तै, तृप्तिस्, रचना पुस्तक, मिस्ट ट्री, डोमेस्टिक, स्क्वायर, राहुल्स, होम डिपो अनि फर्न्स एण्ड नेटल्स, अरेन्ज भेली रिसोर्टस्, फ्युजन रेस्टुरेन्ट, रिनाक हाउस साथै तुरुक कोठी (पिसेको विशिष्ट डल्ले खोर्सानीको लागि प्रसिद्ध) | उहाँहरुले नेवारहरुलाई व्यापार र वाणिज्य गतिविधिहरुमा संलग्न हुन प्रेरित गर्दै बाटो प्रशस्त देखाएका छन् अनि यसका लागि उहाँहरुको वाणिज्यिक बुद्धिको तीक्ष्णता सर्वश्रेष्ठहरुकासित दाँज्न सकिन्छ|
त्यसर्थ हामी हाम्रा प्रतिरोधीहरुलाई सरल शब्दहरुमा यो स्पष्ट गर्न चाहन्छौं कि टक्सारी चन्द्रबीर प्रधान वा राई साहेब रत्न बहादुर प्रधान वा राई साहेब हरि प्रसाद प्रधान जस्ता महान् व्यक्तित्वहरु एक पुस्ता/शताब्दीमा सामान्यतया: एकै पटक मात्र जन्म लिँद्छ्न् मानव जातिको उत्थानको लागि अनि त्यस्ता महापुरुषले नाम मात्रले कीर्ति स्थापित नगरेर यसका लागि आफ्ना कामले पनि वास्तवमा यसलाई प्रमाणित गरेका हुन्छन्| हामी हाम्रा उपलब्धिका लागि आफ्नो केही हक छ भन्ने कुरा देखाउँदैनौं तर हाम्रा उहिलेका अनि अहिलेसम्मका उल्लेखनीय योगदानहरुको उचित मुल्याङ्कन हुन् आवश्यक ठान्दछौं|
आज पनि हामी यति समर्पित छौं कि हामी हाम्रा पूर्खाले पु-याएका योगदानप्रति हाम्रो ध्यान राख्न पनि आवश्यकता ठानेका वा समय निकाल्न सकेका छैनौं – यस विषयप्रति कुनै गम्भीर अध्ययनबारे सोंचेका पनि छैनौं |वास्तवमा केही वर्ष अघि एक विद्यार्थीले उत्तर बङ्ग विश्वविद्यालय अन्तर्गत् आफ्नो एम.फिल.को लागि शोधपत्र तयार गरेकी थिई “सिक्किममा खानी गतिविधि बारे एक विषय परक अध्ययन – सन्दर्भ रिनाकका टक्सारी नेवारहरु” तर त्यस बारे काम-कुरा अघि बढाउँन सकिएन| अब समय आएका छ कि हामी सिक्किमवासी नेवारहरु आफ्नो स्थिति बुझ्न परेको छ अनि “सिक्किममा नेवारहरुको योगदान”बारे समय अनुकूल केही गम्भीर अध्ययन र गहकिलो अनुसन्धानप्रति कदम चाल्न जरुरी छ| यो एक अतिशयोक्ति न होला कि आज सिक्किम जे जस्तो छ सो हाम्रा पूर्खाको दृढ प्रण, संकल्प तथा दुरदृष्टिद्वारा सम्भव भएको हो| अन्यथा, एक दिन यस्तो आउला जब कि इतिहास फेरि लेखिने छ अनि इतिहास शासकले लेख्छन् भन्ने कुरा हामीलाई थाहा छ| यहाँ म एक उक्ति राख्न सठीक अनि तर्कसंगत लाग्दछ, “यदि इतिहासले असल मानिसका असल कुरा लेखिराखे, एक चिन्तनशील श्रोताले के कुरा राम्रा छन् त्यसको नकल गर्न अभिप्रेरित हुनेछ|” ( पूज्य बेडे, ईस्वी ६७३-७३५)
समय अहिले हो वा कहिले न हो तर हामी इन्द्रजात्रा अति उत्तम तरिकाले मनाऔँ र यसले आउँदा सालहरुमा हाम्रा महान् देशभक्त तथा समाज सुधारक बाल गंगाधर तिलकले कुनै समय पुणेमा प्रारम्भ गरेका गणपति उत्सव झैँ जो आज देशभरी फैलिनका साथै समाजमा मेल-मिलाप कायम राख्न यस्ता उत्सवले बन्धनको रूप प्रदान गर्दछ|
यो एक सही कदम हुनेछ यदि राज्य भरिका प्रत्येक पाठशालामा विहान भेला हुँदा इन्द्रजात्राको तात्पर्य र ऐतिहासिक पृष्ठभूमि वर्णन गरिन्छ ताकि हरेक शिशुले यो के उत्सव हो र कुन अवसर हो जसका लागि उनिहरुलाई एक अवकाश अर्थात् छुट्टी दिइयो| यो हरेक सरकारी बिदालाई लिएर यसरी गर्न सम्भव छ चाहे त्यो बराहिम्जोंग. लोसर/सोनाम लोसर, सागा दावा, ड्रुक्पा सेशी, त्रुन्गकर शेचु, तेन्दोंग ल्होरम फाट, ल्ह्बाब दुछेन होस् वा तेयोंग्सी श्रीजङ्गा, सावन तोंगनामबरहीमजोंग, तमु ल्होछर, इत्यादि नै होस् | आज हाम्रा बाल-बालिकाले पांगल्हाबसोल अनि भानु जयन्ती भनेको के हो राम्ररी जान्दछन् | यसको श्रेय ती खुबै कल्पना-शक्तिधारक समर्थ आयोजकहरुलाई जाँदछ | साधारणतया यो प्रत्येक समुदायलाई विचार गर्नलाई तथा सूचना एवम् जनसम्पर्क साथै शिक्षा विभागलाई र्विशेष गरी चिन्तनको एक विषय हुनेछ| यस प्रकारको ज्ञानले वास्तवमा एकता उत्पन्न गर्नेछ साथै विविधताले परिपूर्ण जातीय संरचना भएको हाम्रो राज्यलाई असल समझदारी दिनेछ कारण कहिलेकाहीं यहाँ यो विछिन्न हुनगएको आभास हुँदछ|