७५औँ जन्म-दिवसको उपलक्ष्यमा विशेष
पारसमणि स्मृति पुरस्कार २०१४ चयनित
काशी-पुत्र दुर्गाप्रसाद – केही क्षण सम्झनामा
राजीव शङ्कर श्रेष्ठ
काशी-पुत्र दुर्गाप्रसाद काशीबहादुरका छोरा अनि म पनि जयशङ्करलालको छोरा – एक समय अल्लो घर-पल्लो घरका हामी छिमेकी, हितैषी| सम्झना छ म बालकै छँदा दुर्गादाईले आइतबार छुट्टीको दिन घरमा भ्यागुता चिर्दैगरेको देखेको र जान्नमा आयो कि उहाँ एक डाक्टर बन्ने धुनमा थिए| ममा पनि डाक्टर बन्ने इच्छा पलायो र पछि दार्जीलिङ सरकारी कलेजमा पढ्दा भ्यागुता मात्र नभई, गनेउला, मुसा, गिनीपिग, परेवा, लामखुट्टे र भुसुना समेत चिरेको – इच्छा थियो डाक्टर बन्ने तर सिक्किम सरकारबाट पढ्ने छात्रवृत्ति पाएर पनि सीट नजुरेकोले त्यो सपना पुरा नहुँदा एम.एस्सी. पढ्दा आफ्ना गुरु डा. विश्वपति दासगुप्ता (१९६७-६८-तिर चार पटक यो डिग्री हासिलगरिसकेका जन्तु-विज्ञान विभागाध्यक्ष र पछि प्राचार्य र त्यही बेला मैले मेरो प्रथम पुस्तक ‘सरल जीव विज्ञान’ उनै गुरुप्रति आभार प्रकटगर्दै प्रस्तुत गरेको थिएँ) झैं शोधकार्य गरी विद्यावारिधि अर्थात् पी.एचडी गरी यो लक्ष्य हासिल गर्ने| न म कुनै एक डाक्टर बन्न सकेँ न दुर्गादाई नै| हाल म सरकारी सेवाबाट फुर्सद पाई केही लेखिराख्ने ताकमा ताकि मेरा पछिकाले यो नभनूँन कि सबै सँगसँगै लगेछन् केही आफ्ना सम्झना पनि यहाँ नछाड़ी| ऐतिहासिक चलचित्र ‘आमा’-को संवाद-लेखनका लागि पुरस्कृत नेपाल सरकारको दस वर्षे जागिर त्यागी, दुर्गादाई लेखन, सम्पादन अनि अनुवादन गरि नै रहेकाछन् केही नछाडी फुर्सदलाई पनि पन्साई – आँखाले भयो, भयो अब भन्दा पनि अझ लागिपरेका छन् विगतका केही वर्ष ‘साहित्य अकादमी’-सित सम्बद्ध भई इतिहास धान्न; आतुर छन् उनी देवेन्द्र भट्टराईले पाइलेखे झैं ‘स्रष्टा र समय’मा साहित्य-छाँयाकार कुमार आलेको चित्रसित|
‘जय स्मारक सम्मान’
दुर्गादाईलाई सन् २००५–मा हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीको तत्वावधानमा प्रथम ‘जय स्मारक सम्मान’ हस्तान्तरण गर्न रत्न पुस्तकका गोविन्दजीको सहयोगमा होटल सङ्गमको सभा-कक्षमा आयोजित अलङ्करण समारोहमा नेपालका अनेकौं दिग्गज साहित्यिक महारथीहरुको समागमभएको अवसर थियो | अक्षय तृतीया ११ मई २००५को दिन ‘नेपाली साहित्य परिषद्, गान्तोक’-को प्रेक्षा-गृहमा सुपरिचित साहित्यकार महानन्द पौड्यालको प्रमुख अतिथ्यमा रचना रजत् जयन्तीको अवसरमा ‘रचना कथा अनुष्ठान’-को लोकार्पणसँगै यहाँ गान्तोकमा आयोजित अलङ्करण समारोहमा केही कारणवश उपस्थित हुनसकेकाले साहित्यकार बन्धु प्रद्युम्न श्रेष्ठलाई यो जिम्मालाउने काम सुम्पिएको थियो| केही दिनपछि पारिवारिक कारणवश म आफै काठमाडौँ जाने कामपर्दा र दुर्गादाई पनि त्यहीं हुनभएको थाहा लागेर किन यसै बेला अवसर छोपेर यो धितो उहाँलाई त्यहीँ नै नसुम्पिने भन्ने हाम्रो निर्णय भयो|
१८ मई २००५ साँझ यस रमाइलो विशेष साहित्यिक समारोहमा मुख्य अतिथि वयोवृद्ध साहित्यकार अंगूर बाबा जोशीका बाहुलीबाट दुर्गाप्रसाद श्रेष्ठलाई नेपाली साहित्यप्रति आजीवन सेवा पु-याएबापत् ‘जय स्मारक सम्मान’द्वारा अलङ्कृत गरिएको थियो| सभाध्यक्ष थिए अर्का वयोवृद्ध साहित्यकार विशिष्ट ‘काशीबहादुर स्मृतिग्रन्थ’का सम्पादक कृष्णप्रसाद पराजुली| चर्चित समालोचक मोदनाथ ‘प्रश्रित’, लोकप्रिय गीतकार रत्न शम्सेर थापा, लगायत त्यहाँ भेला भएका थिए नगेन्द्रप्रसाद शर्मा, दान पराजुली, पुष्कर लोहनी, महेश बाँसकोटा, विष्णु प्रभात, मुक्तिनाथ शर्मा, समीर सागर, लक्ष्मण वियोगी, व्याकुल पाठक, अशोक बाँसकोटा, रामेश्वर राउत मातृदास, आनन्दप्रकाश नेपाल, तुलसी भट्टराई, संजय कुमार श्रेष्ठ, सुरेन्द्र राज नोख्वा, माधव शर्मा, सरस्वती कुंवर, मिनु श्रेष्ठ, ध्रुव मधिकर्मी, टीका मगर, विजय श्रेष्ठ, संजीव श्रेष्ठ, पूजा कर्माचार्य, रमेश खकुरेल, दिव्य गिरी, गोविन्द प्रसाद श्रेष्ठ, शैलेन्द्रप्रकाश नेपाल, माधव पौडेल, रोहित श्रेष्ठ, अभिषेक श्रेष्ठ साथै अन्य अनेकमा कुमार आले र अर्का प्रतिभावान युवा त्यहाँ थिए ‘नेवाटेक’का सुभाष प्रजापति (हाल सिटल, अमेरिकामा / नेपालमण्डल डट कमका सर्जक)-लाई सम्झिन्छु – तर सबको यहाँ स्थानाभावले गर्दा नाम दिन असमर्थ भएकोमा क्षमाप्रार्थी छु| रचना रजत जयन्ती कथा प्रतियोगिता २००४-मा पुरस्कृत सिक्किम हिमाली भेकका प्रतिनिधि कथाहरुको सँगालो ‘रचना कथा अनुष्ठान २००५’-मा विशिष्ट सम्मिलित दिव्य गिरीलाई स्मृति-चिन्ह र सँगालोको एक प्रति प्रदान गरियो| सम्मानित व्यक्तित्वहरुले आ-आफ्ना मन्तव्य राखेपछि पराजुलीले अध्यक्षीय सम्बोधन राखेर रमेश खकुरेलद्वारा कुशलतापूर्वक सञ्चालित समारोहको बीट मारे| यहाँ यतिका दिग्गज महानुभावहरुको उपस्थितिले दुर्गादाईप्रतिको प्रेम, श्रद्धा र सम्मान देखेर उहाँ नेपालमा पनि उत्तिकै लोकप्रिय छन् भन्ने अनुमान सहजै गर्न सकिन्छ!

पुरस्कार नै दुर्गाजीतिर दौड़ेको
समारोहपछि चिया-चमेनाको समय फेरि केही अनौपचारिक भेट-घाटका क्षण – पराजुली महोदय आफ्ना उत्कृष्ट साहित्यको एक ठेली पुस्तक (‘नेपाली लोक गीतको आलोक’, ‘सम्झनाका क्षितिजमा’, ‘चिन्तनका विम्बभित्र’, ‘जीवनबेली’, ‘बादलका बुट्टाहरु’ र ‘कथा आँसुको’) हाम्रो नव-स्थापित ‘जय स्मृति शोध ग्रंथालय’-का लागि मलाई उपहार स्वरूपदिएर कृतज्ञ बनाउँछन् | गफसफमा एक महानुभावले टिप्पणी गरे, “यहाँ हामी सब पुरस्कार पछि दौिड़रहेका हुन्छौं भने आज त पुरस्कार नै दुर्गाप्रसादजी पछि दौड़ँदैआएको पाइयो|” अर्का विज्ञजन थप्छन्, “अझ हाम्रोतिर यता पुरस्कार किन्ने पनि चलन रहेको सुन्नमा आएको छ |” अनि फेरि सुन्छु, “कतिले त पुरस्कार राशि अघिबाट आयोजकलाई दिइराख्छन् र पुरस्कार थापेर सो रकम आफैलाई फर्किआउने उपायसम्म लगाएको थाहामा आएको छ|” के दुर्गादाई भने पुरस्कारदेखि भागिरहेका नै हुन् – पोहोरसाल नेपाली साहित्य सम्मेलन, दार्जीलिङले उहाँलाई दियालो पुरस्कारद्वारा सम्मानित गर्ने खबर सुन्नमा आएको तर अझसम्म यसको लागि उहाँलाई समय उपलब्ध भएको छैन| गत वर्ष उहाँलाई हामीले करुणादेवी स्मारक धर्मार्थ गुठीद्वारा त्यहाँ आयोजित ‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पण समारोहको छेक पारेर त्यहाँका वयोवृद्ध साहित्यकार कृष्णसिँह मोक्तानलाई ‘मदन सम्मान’द्वारा अलङ्करण समारोह पनि त्यहीं गर्नपाए उहाँलाई सो दियालो पुरस्कार पनि हात पार्न सकिंथ्यो भन्ने मेरो सुझाउलाई कर्त्तापक्ष बालचन्द्र प्यालेस ट्रष्टबाट कमल दीक्षितजीको पनि सुयोग जुर्नपरेकोले सो कार्यान्वयन गर्न पाइएन| अब के गर्नुहुन्छ आगामी महिना २६ फरवरीमा कालेबुङको टाउन हल/रामकृष्ण रङ्गशालामा हुने अलङ्करण समारोहमा आउनु भई त्यहाँबाट दार्जीलिङ गएर दुवै पुरस्कार लिँदै जानुहुने हो कि मेरो मनमा खुल्दुली छ! विगत् झैं २०१३ सालमा बनारसमा आयोजित समारोहमा मदन सम्मान अलङ्करण भयो भने यसअघि हायमनदास राई ‘किराँत’लाई २००१-मा सिलगढ़ीमा, स्वर्गीय एम.एम. गुरुङलाई २००६-मा कालेबुङमा र स्वर्गीय बद्रीनारायण प्रधानलाई २००९-मा बाग्राकोटमा आएर टक्र्याएका थिए|
‘उदय’ बचाऊ अभियान
सन् १९९९को शुरुमा ‘उदय’को पुनर्प्रकाशन भए देखिका १० अङ्कहरु भेंटगरी सक्दो सहायता प्रदान गर्नुभए यसलाई सुचारु रूपले चलाउन सकिन्थ्यो भनी सिक्किम सरकारमा दुर्गादाईले खुबै उम्मीदसाथ निवेदन चढ़ाए तर यसमाथि उचित ध्यान नपु-याइएकोले उहाँको मनोकामनामाथि तुषारापात भएको थियो| केही महिनापछि ‘काशीबहादुर स्मृतिग्रन्थ’ यहाँ ग्रामीण पुस्तकालयका लागि दिएर गएका तर भुगतानी हात नपर्दा ‘साह्रै मर्का परेर’ मलाई कष्ट गर्न लेखेका थिए र पछिसम्म कोशिस गर्दै थिए अनि फेरि स्वयम् आएर पनि कष्ट उठाए तर पछिसम्म सो समस्या त्यसै रहेको थियो| ‘उदय’को पूर्णाङ्क ९५-मा आह्वान देखेर आजीवन सदस्यता ग्रहण गर्न ‘करुणा देवी स्मारक धर्मार्थ गुठी’ अन्तर्गत् हाम्रो समर्थन र सहयोगसँगै उहाँको प्रयास तथा ‘उदय’को उत्तरोत्तर विकास र सफलताको कामना व्यक्त गर्दै स्वीकार्नु होला भनी त्यही साल एक ड्राफ्ट पठाएको थिएँ|
'उदय'को पहिलो अङ्क १९३७ साल फरवरीमा निस्केको र १९६७ अक्टोबरसम्म उनले परिस्थितिसित जुध्दै आर्थिक क्षति पनि बेहोरे l यति दृढ आत्मविश्वास पनि कुण्ठित हुन् गइ 'उदय' निस्कन सकेन र यो अस्त भयो - जम्मा ८३ अङ्क प्रकाशित भएको थियो यसको पहिलो अवतारमा l
‘उदय’ वर्ष १९ किरण १ अक्टोबर १९५६ मा ‘उपेन्द्र’ उपनामका साथ ‘जीवन-ध्येय’ कविताबाट आफ्नो साहित्यिक यात्रा गरेका दुर्गाप्रसादको प्रिय विधा कथा हो| केही सालको अन्तरालमा योग्य पिताको योग्य छोरा दुर्गाप्रसादले ‘उदय’को पुनर्प्रकाशन प्रारम्भ गरी आफ्नो पुत्र-धर्मको कर्तव्य-बोध अनि पितृ-भक्तिप्रति श्रद्धाभावसाथ गहन जिम्मेवारी वहन गर्नका साथै गत वर्ष २०१३ अप्रिलमा नयाँ वर्षको हार्दिक शुभकामनासाथ १५० अङ्क यस गुनासोकासाथ राखे “...अर्को अङ्क निकाल्न हामीसंग सामग्रीको अभाव छ| आर्थिक अभाव त छँदै छ|...जे होस्, जेन तेन १५० औँ अङ्क त निकालियो, आगामी अङ्क पाठक, लेखक र भगवानको भरोसा!” त्यसपछि अगस्त २०१३-मा 'उदय’को १५१ औँ अङ्क भेटी चढ़ाउँदा ११, २१, ५१ अथवा १०१ को अङ्क पारी चढाउने प्रचलन छ| मैले पनि १५१ औँ अङ्क पाठक, साहित्यकार र सहयोगीहरुमा चढाएँ| आशा छ समुचित फल प्राप्ति हुनेछ|...'उदय’ बाँचिरहोस भन्ने कामना गर्नु होस्, म भरमग्दूर प्रयासमा रहन्छु यसलाई बचाइराख्न|”
'सुनचरी समाचारमा' (पछि 'उदय’को सिक्किम विशेषाङ्क जनवरी २००४-मा पनि) प्रकाशित आफ्नो लेख 'नेपाली प्रकाशन: एउटा गन्थन'मा 'उदय' पूर्णाङ्क १०९-मा लेखिएको सम्पादकीयको केही हरफ उद्धृत गर्दै मुक्ति उपाध्याय बराल लेख्छन् “... अफसोस छ 'उदय' ढिलाएको कारण कसैले बुझ्दैनन् ... यसलाई आर्थिक बिरामीले छोएको छ ... खरसानका कृष्ण खड़्का लेख्नु हुन्छ - 'उदय'को पैसा आफ्नो गोजीबाट पठाउँदै छु|' महानन्द पौड्याल लेख्नु हुन्छ –“मैले सकेसम्म सहयोग गरेको थिएँ, अब असमर्थ छु ... अन्यथा नमान्नु होला|” अब भन्नुहोस्, नेपाली पत्र-पत्रिकाको के हविगत छ? फेरि 'उदय'लाई कुनै पूँजीपतिले चलाएको होइन|यो मात्र एकजना साहित्य सेवीको आँट हो | कति दिनसम्म चल्छ, भगवानै जानून् |तर यति निश्चय छ – पूर्व घोषणा नगरी 'उदय' बन्द हुने छैन|...'उदय’ लाई बचाउने जिम्मा केवल दुर्गाप्रसादको मात्रै हो र?”
उपरोक्त लेख साथै पटक-पटक गान्तोकसम्म आउँदा पनि निराशा मात्र हात लागेको देखेर किन 'उदय' बचाऊ अभियान' शुरुगरेर पाठकहरू समक्ष यो विषय किन अघि नसार्ने भन्ने अभिप्रायले दुर्गादाईको अनुमति र केही साहित्यिक बन्धुहरुसित सहमति प्राप्त गरें – आफै पनि संरक्षक भई तत्कालीन विधान सभा अध्यक्षा महोदय कलावती सुब्बाको तत्काल तत्परतासाथ संरक्षक सहर्ष ग्रहण गरी समर्थन प्राप्त भयो, त्यहाँको पुस्तकालयलाई यसको आजीवन सदस्यता साथै 'उदय’को ‘सिक्किम विशेषाङ्क'को लागि शुभकामना सन्देश पनि| मित्र (स्वर्गीय) शरद् छेत्री र अन्यले र पछि डा. शान्ति छेत्री आदिले एकै वचनमा तुरन्तै आजीवन सदस्यता सहर्ष ग्रहण गरे| यस प्रयासलाई आजीवन सदस्य (स्वर्गीय) उदयचन्द प्रधानद्वारा घर-घर गई यस अभियानमा जुन सराहनीय सहयोग पुरयाए त्यसको परिणाम आज दार्जीलिङको सदस्य-सूची हे-यौं भने त्यहाँका कृष्णसिँह मोक्तान, आदि जस्ता साहित्यिक महानुभावहरुको सम्पूर्ण नामावली नै यो हो कि जस्तो भान हुन्छ| सिक्किममा प्रद्युम्न श्रेष्ठ, टीका ढुङ्गेल जस्ता साहित्य-सेवीहरुले गर्दा आज पनि यो अभियान चालु र हाम्रो प्रयास जारी नै छ | दार्जीलिङमा सूर्य श्रेष्ठ यस अभियानप्रति सहयोग गर्न तत्पर छन् भने गोपीचन्द्र प्रधान र के.बी. हिंगमांगले सहयोग पु-याइआएका छन्|
तीर्थाटन
अघि भने झैं, बनारस छँदा चौखम्भामा हाम्रो घर अल्लो र पल्लोपट्टि उनको र यो मेरो सौभाग्य थियो कि बसाईं सरेको ५० वर्ष पछि बुवाको स्वर्गवास पछि सन् २००६ सालमा काशी-गया श्राद्ध-तर्पण गर्न जाँदा यस परिवारबाट पूर्ण सहयोग र साथ मात्र नभई उहाँहरुसँगै हामी सपरिवार बस्ने सौभाग्य प्राप्त भएको थियो| कसैले आफ्नो ठाउँ छाड़ी बसाईं सरेर टाढागई फेरि फर्कीआई त्यही ठाउँ बास र आफ्ना परिवारजनसाथ विन्ध्याचल, आदि स्थानको तीर्थ जान र रिमरिमे बिहानै पञ्चगङ्गा घाटमा गङ्गा स्नान गर्न वा साँझ गङ्गा-आरती हेर्ने मात्र सुअवसर मात्र न भई उनका पुरोहितलाई नै साथ लगाएर गया तीर्थ लाभको सौभाग्य कतिले पाउँछन् र! यस्तो थियो दुर्गादाई, उहाँका भाइ मेरा विजयदाई, दुई भाउजुहरु अनि भतिजहरु/परिवारको स्निग्ध स्नेह, माया र आतिथ्य जून हामीलाई जुरेको थियो| "काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ"-मा प्रकाशित एक चित्र उनका साहित्यकार मित्र पूर्णदाससितको नभई १९५५को मेरा बुवासितको त्यस सिक्किम-भ्रमणको रिनाकमा मुमा इन्दिरासित दोस्रो विवाहको समय र काशीबहादुर साथी भई आएको अवसरमा एक दुर्लभ तस्वीर हो| यहाँ यी दुई माझको स्निग्ध र सौहार्दपूर्ण भातृत्व भावना स्पष्ट देखिन्छ - नाता-सम्बन्ध भन्दा धेर दाजु-भाई सरह ती दुई थिए अनि पूर्णदाससित पनि |

काशीबहादुर श्रेष्ठ जन्म शतवार्षिकी
'हिमालय दर्पण'-को 'दर्पण दर्शिका’-मा सम्पादकको कलमबाट उदय-पत्रिकाबारे साल २००५-मा यो पढ्न पाइन्छ – “कथा भन्ने र सुन्ने हाम्रो नेपाली प्रथाबाट काशीबहादुर श्रेष्ठको 'उदय' पत्रिकाले नयाँ पिंढीका किशोर-किशोरी औ युवा-युवती माथि भिन्नै प्रभाव दिएको थियो|जसरी भानुभक्तका रामायण पढ़्न सक्ने सामर्थ्य तुल्याउनलाई गाउँ-घरका प्रौढ़हरूले समेत साउँ-अक्षर पढ़्ने आवश्यकता देखेका थिए, हाम्रा समवयस्क चियाकमानमा काम गर्ने ठिटा-ठिटी(छोकड़ा-छोकड़ी)हरु समेत कथा पढ़्नु पाउने लोभमा हामीसित साँझ-बिहान पढ़्न आउँथे| साहित्यको विकासको कथा, बनारसको उदयकाल औ दार्जीलिङको भारतीकालले नेपाली समाजमा नव जागरण कालको जन्म भएको हो, यसमा रत्तिभर पनि शङ्का गर्ने ठाउँ छैन| ...”
साल २०१२ अक्टोबर १४ र १५ 'उदय'का संस्थापक-सम्पादक काशीबहादुर श्रेष्ठको जन्म शतवार्षिकी समारोह साहित्य अकादेमी, नयाँ दिल्लीद्वारा वाराणसीमा मात्र नभई लगत्तै अर्को महिना १३ नवम्बर काठमाडौँमा पनि साहित्य अकादेमी र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त तत्वावधानमा भव्य कार्यक्रमकासाथ आयोजित गर्नाले हामी सबैलाई श्रद्धाञ्जलि व्यक्त गर्ने उचित अवसर प्राप्त भएको थियो| त्यसताका साहित्य अकादेमीसित सम्बद्ध एक सदस्यले काशीबहादुर श्रेष्ठ त नेपालका हुन् भनी टिप्पणीकासाथै यस समारोहको औचित्यलाई समेत प्रश्न राखेको सुन्नमा आएको थियो| उनले आफ्नै पुस्तकलाई अकादेमी पुरस्कारको लागि जोड़-तोड़ प्रयास फलस्वरूप त्यो साल कुनै लेखक/पुस्तकलाई पनि यस पुरस्कार-योग्य ठानिएन – कतिले नेपाली साहित्य-जगतलाई त्यो एक दुर्भाग्यपूर्ण साल हुनगएको ठह-याएका छन्|त्यो कालो दिन सम्झिँदा हाम्रो मनै भारी भएर आउँछ|
कर्मयोगी व्यक्तित्व
यस प्रसङ्गलाई हेर्दा सम्झना हुन्छ स्वर्गीय मोतीचन्द प्रधानको - यतातिर सिक्किमकाले उहाँलाई दार्जीलिङका, दार्जीलिङमा उनी सिक्किमका हुन् भन्छन् तर म भन्छु उहाँ सिक्किम र दार्जीलिङका मात्र नभई कालेबुङका पनि हुन्| दुर्गादाईलाई चिन्हेर यस वर्ष पारसमणि स्मृति पुरस्कार दिने त्यहाँको मूर्धन्य नेपाली साहित्य अध्ययन समिति १९६५-मा स्थापना मोतीचन्दकै कुशाग्र बुद्धिको सपना र उपज हो| ‘सरल जीवन उच्च विचार’ अनि कृष्णमूर्तिका अनन्य अनुयायी मोतीचन्द हरिदास हट्टा दार्जीलिङमा ३० जुलाई १८९३-को दिन जन्म ग्रहण गरी ७ मई १९७७-को दिन कालेबुङमा अन्तिम साँस लिएका थिए| सर चार्ल्स बेल अनुसार “उहाँ भारत, नेपाल, भोटाङ र सिक्किमबाट एक आधुनिक विश्वविद्यालयबाट स्नातक शिक्षा हासिल गर्ने प्रथम नेपाली हुन्|” नेपाली पाठ्यपुस्तकहरुलाई दार्जीलिङ जिल्लामा प्रथमोप्रथम प्राथमिक श्रेणीमा मान्यता दिलाउन सरकारी प्रस्ताव (न.१०८४३ ई.एक्स.ता. १५-८-१९२९) अनुसार तीन व्यक्तिको एक समितिमा उहाँ एक थिए जसले अङ्ग्रेज-राजमा नेपाली भाषाले दार्जीलिङ-भेकमा टेवा पाएको हो| पछि १० दिसम्बर १९६६ प्रधान मन्त्री इन्दिरा गान्धीकहाँ भारतीय संविधान अन्तर्गत् आठौँ अनुसूचीमा नेपाली भाषालाई संवैधानिक मान्यता दिइओस् भन्ने अर्जी-पत्र उहाँकै सभापतित्वमा पठाइएको हो| नेपाली साहित्य सम्मेलन, दार्जीलिङको संस्थापक सदस्य र प्रारम्भिक कालमा उहाँले आफ्ना युवाकालको सर्वोत्तम अमूल्य दुई दशक अर्पण गरेका छन् तर दुर्भाग्य यो छ कि त्यहाँ यी कर्मयोगी मोतीचन्दको एक तस्वीर पनि देख्न पाइदैन; जब कि संस्थाको मुखपत्र ‘दियालो’ विशेषाङ्क समयसमयमा प्रकाशित हुन्छ, तर उहाँ अझ अवहेलित नै हुन्छन् – यो हाम्रो दुर्भाग्य भनौं कि विडम्बना! उहाँमाथि शुरु गरिएको मेरो कार्य-प्रस्तावलाई मौखिक समर्थन अनि आश्वासन धेरै तिरबाट प्राप्त भए पनि लिखित संस्मरणहरुको अझ प्रतीक्षा छ – सोँच्दै र सलाह गर्दैछु कि कतै प्रोत्साहन राशिस्वरूप चेक पठाए यो शीघ्र सम्भव होला कि, अनि अन्यथा त नठान्लान् र काम-कुरा बिग्रेला कि भन्ने संशय सँगै भय पनि व्याप्त छँदैछ| तथापि केही उदार-हृदयीहरुको सहयोगले सङ्ग्रहित तस्वीर तथा सामग्रीहरु उत्साहवर्धक छन् तर पर्याप्त छैनन् र मेरो प्रयास व्यर्थ नजाला, केही समय अझ लागे पनि – म आफै पगरी गुँथ्नखोजेको भने कदापि होइन!
“प्राय: मृत्युपछि मात्र सम्झने परिपाटी भएको हाम्रो जस्तो समाजमा त्यस्तो शेष कार्य केही हुन सकेन l जे भए पनि अहिले विभिन्न पक्षलाई यथासम्भव समेटेर दीर्घ साहित्य सेवी श्रेष्ठको बहु-आयामिक योगदानमा प्रकाश पार्नु र उनीप्रति श्रद्धार्चना गर्न 'स्मृतिग्रन्थ' प्रकाशित" भएको भन्छन् दुर्गाप्रसाद l उनलाई झैं हामीलाई पनि खेद छ कि साहित्यकार काशीबहादुर श्रेष्ठलाई जीवित छँदै केही गर्न पर्थ्यो, सम्मान हुनु पर्थ्यो l" एक पटक मैले उनलाई 'उदय'बाट आज पर्यन्त भएको योगदानको कुनै शोधार्थी वा समालोचकलाई अध्ययन गरी एक शोधग्रन्थ तैयार गरिदिने चर्चा गरेको थिएँ तर यस दिशातर्फ केही हुनसकेको छैन l नत्र यस शोध अध्ययनले विद्यावारिधि वा पी एचडी पनि हासिल हुनसक्ने थियो होला भन्ने मेरो पुरानो विचारलाई अघि सार्दै 'उदय'को नवीनतम १५१ औँ अङ्कबाट यो जानकारी लिनुहोस् – “काशीबहादुर श्रेष्ठ र 'उदय' माथि विश्वविद्यालयमा विद्यावारिधि शोधकार्य गर्नेलाई भा.रू. १५,०००/- प्रदान गर्ने घोषणा उनको जन्म शताब्दी समारोहमा गरिएको छ|"
सरल र सादा प्रवृतिका दुर्गादाई आफ्ना गुरुप्रति यति भक्तिपूर्वक समर्पित छन् कि उहाँले काठमाडौँमा मात्र नभई राँची आश्रममा वर्षौं पटकपटक निर्वासित जीवन व्यतीत गरी एक्काइस भाषाहरुमा अनुवाद भई सकेको श्री श्री परमहंस योगानन्दको ‘एन अटोबायोग्राफी अफ् ए योगी’ योगदा सत्सङ्ग सोसायटी अफ् इण्डियाका लागि अनुवाद गरे| उहाँ अक्टोबर २००६मा यहाँ आएको बेला भर्खरै प्रकाशित ‘योगीको आत्मकथा’ मलाई उपहार स्वरूप दिनुहुँदा सो पुस्तकमा ओल्टाई-पल्टाई, दोह-याई-तिह-याई हेर्छु – कहीँ कतै पनि उहाँको नाम भने देख्दिनँ, पाउँदिन! आश्चर्य मात्र होइन, उदेक पनि लाग्छ| उहाँबाट यसको कारण जान्न चाहँदा यो थाहा लाग्छ कि उनले आफ्नो परिश्रम आफ्ना गुरुप्रति दक्षिणास्वरूप भेटीमा चढाएका रहेछन् ... अरु के लेखूँ यस अद्वितीय योगदानबारे वा यस कर्मयोगी व्यक्तित्वमाथि!?
वरिष्ठ र परिपक्व साहित्यिक व्यक्तित्वलाई उहाँको योगदान कदर गर्दै साहित्य अकादेमीद्वारा पुरस्कृत गर्नु एक नयाँ प्रयोग र पहल यो साल हेर्न पाइएको छ| नत्र हामीले विद्या-धर्म प्रचारिणी समिति आयोजित र ‘बालचन्द्र प्यालेस ट्रष्ट’ प्रायोजित मदन स्मृति सम्मानकालागि नै प्रतीक्षा गर्नुपर्थ्यो! यो आजीवन अथक सेवाको कदर हो, सम्मान हो | कलिलै उमेरमा यस्ता उपलब्धि हातलागेर रहल जिन्दगीमा केही ठोस योगदान प्राप्त हुनसक्दैन भन्ने कतिको अनुमान र यसमा मतभेद पनि हुनसक्ला, विवादमा नपरेको बेस| साहित्य अकादेमीले ‘मनका लहर र रहरहरु’लाई पुरस्कार-योग्य ठह-यार्ई अस्सी नाघेका एम.बी.प्रधानलाई सम्मानित गर्छ भने उहाँले अगुवाई गरिरहेको नेपाली साहित्य अध्ययन समितिले ७५वर्षीय ‘इतिहास धान्न आतुर’ दुर्गाप्रसाद श्रेष्ठलाई पारसमणि स्मृति पुरस्कार-योग्य ठहराएर उहाँको भारत र नेपालका मात्र नभई विश्वकै नेपाली साहित्य र साहित्यकारहरुप्रति आजीवन सेवा पु-याइआएको अमूल्य योगदानको सही पहिचान गरी एक व्यक्तित्वलाई मात्र नभई ऐतिहासिक नेपाली साहित्य सङ्कलन ‘उदय’को सन् १९३७ देखिको महान् योगदानलाई पनि सम्मानित गरेको अनुभव हुन्छ!
परिचित दुर्गाप्रसाद श्रेष्ठको ७५औँ जन्म-दिवसमा उहाँको एक अर्को महत्वपूर्ण माइल-खुट्टी सिद्ध भएको २०१४ साल ‘पारसमणि स्मृति पुरस्कार’-का लागि चयनित हुनुभएकोमा तथा साहित्य अकादेमीद्वारा भर्खरै उहाँको सम्पादनमा ‘काशीबहादुर श्रेष्ठ : व्यक्तित्व र कृतित्व’ पछि अरु दुई महत्वपूर्ण कृतिहरु ‘कमला संस्कृतायन : एक जीवनी’ अनि आफ्ना पिता स्वर्गीय काशीबहादुर श्रेष्ठ रचित उपन्यास ‘बसन्त’को हिन्दी अनुवाद प्रकाशित हुनगइरहेकोमा हार्दिक बधाई सँगसँगै सुस्वास्थ्य र दीर्घायुको शुभेच्छासाथ अझ नयाँ-नयाँ उपलब्धिका लागि मङ्गलकामना टक्र्याउँदछु|
लेखकसित सम्पर्क मोबाइल ९४३४०-२२६७७ / दूरभाष ३५९२ २०२ ६७७ र पत्राचार ईमेल [email protected] वा ‘रचना’, मनन् भवन सचिवालय अघिल्तिर, गान्तोक ७३७ १०१