श्रापित रिनाक – कुपित कालो पहाड़
राजीव शङ्कर श्रेष्ठ
रिनाक जसको वक्षस्थलमा मेरो शैशव बित्यो, यौवन हुर्कियो र आज यस उमेरमा पुगी सम्झना गर्दा यो मेरो जन्म-स्थल नै थियो कारण मेरो मावली यहीं हो | मेरी मुमाको अकस्मात दुःखद निधन पछि उहाँकी कान्छी बहिनी इन्दिरासित उहाँकै आग्रहमा मेरो बुवाको दोस्रो विवाह सन् १९५४मा भएको हो | विवाहको हीरक जयन्ती यो वर्ष तर दस वर्ष अघि बुवाले हामीलाई छाड़ेर जानुभएको हो | उहाँहरुको छत्र-छायाँमा यहाँसम्म पुग्नपाएको साथै रिनाकबाट दुइ-दुइटी मुमा एउटै परिवारबाट पाएकाले त्यस परिवारप्रति म दोहोरो आभारी छु | अनि म लेखिरहेकै हुन्छु गद्य र पद्य दुवैमा – यी दुइको तुलना देवकी र यशोदाको स्थान सिक्किम र भारतसित – एकले जन्माए र अर्कीले हुर्काए |
केही वर्षअघि मेरो गाउँ आरीटारबाट केही जोशिला युवा भाइहरु मलाई त्यस ठाउँ बारे केही ऐतिहासिक तथ्यहरुको जानकारी लिनआएका थिए तर आफु अनभिज्ञ रहेको र खोज-शोध-अध्ययन गर्नुपर्ने बताएको थिएँ | उनीहरु त्यहाँ पर्यटन व्यवसायमा प्रवेश गरी क्षेत्र-विकासको मुहान खोल्नमा जुटेका थिए | हामीले यहाँ गान्तोक आफ्नो घरमा बुवाको सलाहमा ‘रैनबसेरा पाहुना घर’ नामको साथ यस व्यवसायमा प्रवेश गरेकोले यहाँ आइपुगेका एक पर्यटकलाई आरीटारमा पदयात्रा अर्थात् ट्रेकिङ्गको लागि असल अनि उपयुक्त ठ-याई पठाएको र हाम्रै घरमा – आजको परिप्रेक्ष्यमा ‘होमस्टे’ - बसाएका थियौं | आज आरीटार एक लोकप्रिय पर्यटन-स्थल हुनगएको छ | यहाँ हरेक वर्ष राम नवमीको छेक लामपोखरी उत्सव आयोजना गरेर उत्साहजनक तरिकाले फस्टाएको छ पर्यटन व्यवसाय त्यहाँ | मलाई लाग्छ यहाँको प्रभाव प्रवाह भई हाल जलुक पनि सिक्किमको पर्यटन मानचित्रमा खूबै राम्ररी स्पष्ट तौरको साथ चिन्हितहुँदैआएको छ | गर्व लाग्छ त्यस क्षेत्रमा यी सब फलदायक प्रयास र परिणामहरु देखेर | गर्व लाग्छ हाम्रा पिता-पूर्खाले सही निर्णय लिई यस पाखा-पखेरु वन-जङ्गल फाँडेर आफ्नो प्राणको बाजीसमेत लगाएर समुन्नत ढङ्गले यस ‘कालो पहाड’ कहिल्याउने रिनाकलाई आफ्नो पौरख र दूरदर्शितापूर्ण योगदानले सिक्किमलाई सिक्का मात्र दिएनन् पछि यो व्यवसाय समाप्त भएपछि त्यहाँको अनुकूल हावा-पानीको फायदा उठाउँदै विश्व प्रसिद्ध चन्द्र नर्सरी स्थापित गरी त्यस समय आफ्नो सुझबुझले फल-फूल उद्योगद्वारा आफनो, आफ्नो परिवारको मात्र नभई सानो हिमाली राज्य सिक्किमलाई पुष्प उद्योग जगतमा प्रतिष्ठापित गरी विश्वको मानचित्रमा राखे |
फलस्वरूप, तत्कालीन सरकारले त्यहाँ डाक र तार घर सो समयमा नै शुरु गरे अनि आई पुगेका हुन्छन् यहाँ रिनाकमा जन्म लिन नेपाली सहित्य जगतका सुप्रसिद्ध कथाकार शिव कुमार राई | केही पछि अर्का साहित्यकार हर्क जङ्ग सिँह छेत्री यहाँ डाक बाबु भई सेवारत हुन् पुग्छन् | सिक्किममा आदिकवि भानुभक्त आचार्यको पूर्णाङ्ग सालिग सन् १९८१मा राजधानीमा स्थापित भएको हो | तुरन्तै अर्को सालिग १९८३ सालमा रिनाक बजारमा निर्माण हुनपुग्छ टक्सारी चन्द्रवीर नेवारद्वारा स्थापित श्री श्री श्री धनेश्वर शिवालय महादेव मन्दिर परिसरमा उहाँका नाती स्वर्गीय भीष्म प्रताप प्रधानको विशाल र उदार हृदयताले अनि त्यहाँका कर्मठ र समर्पित साहित्य-प्रेमीहरुको पहल र प्रयासमा | ऐतिहासिक रिनाकको शोध-अनुसन्धान कार्य गर्दा स्थानीय वा साहित्यिक इतिहास लेख्नपरे यी तथ्यहरु राख्न अति जरुरी छ | यदि यहाँ कसै व्यक्तिले या कुनै सङ्घ वा संस्थानले यसबारे कुनै अध्ययन आधारित लेखन-प्रकाशन गर्छ भने यो एक महत्वपूर्ण पाटा हो हाम्रो समाज अनि गौरवको | यो बिना सब कुरा अधुरो ठहरिने छ |
उहिले यी सब ठाउँ सिल्क रुटमा पर्ने कालेबुङ, अलगढ़ा, पेदोङ्ग, रेशी भई रिनाक पुगेपछि उकालो आरिटार यता गुम्बा-डाड़ा हुँदै चन्दने, हात्तिछेड़े र रचेला छाड़ी उता ओरालो चुङ्गथाङ्ग गढ्ढी, दलपचन्द, रङ्गेली, लामातेन, फदामचेन, जुलुक, कुपूप, जलेपला, शेराथाङ्ग आदि रिनाक वरपरका भएकाले रिनाक नै लाग्ने | सम्झना आउँछ मेरा बुवा कसरी एक पटक आफ्ना ससुरा राई साहेब रत्न बहादुर प्रधानसित जलुक - कुपूप हुँदै शेराथाङ्गसम्म सुनाखरी फूल-उद्भिद्-वनस्पतिको खोज-अनुसन्धान अभियानमा घोड़ा-सवारी साधन बनाई दल-बलकासाथ गएका थिए | उहाँका भाई बाबु दुर्गा शमशेर प्रधानले सीतापुर उत्तर प्रदेशमा नेत्र-शैल्य चिकित्सा गराउँदा दृष्टि नै गुमाएकाले आफ्ना दीर्घकालीन वृद्धावस्था ओछ्यानमा नै बिताउने वाध्यता भोग्न परेको थियो | आश्चर्य यस कुरामा मलाई लाग्छ कि उनको अति कुशाग्र स्मरण-शक्तिले आफ्ना छोरा वा कर्मचारीलाई त्यहाँका भीर-पाखातिर कुन ठाउँ, कुन रुखमा, कुन सुनाखरी वा उद्भिद् पाउन सकिन्छ सो बताउनसक्थे | तर अब चौतर्फी विकास भनूँ वा आधुनिकताको शिकार भएर हामी साँगुरिएरगएका छौं | समष्टि-समष्टिमा विभाजित छौं प्रशासनिक सुविधा भन्दा राजनैतिक सुविधा भनौं वा सहुलियतको लागि – रिनाक हाल अर्कोतिर सरेर गएको छ, तारपिन र रोड़ाथाङ्गभन्दा परै | पहिलेका सब हामी केवल मूक दर्शक भई सब हेर्न – बुझ्नभन्दा धेर !
---

हिजै २ फरवरी २०१४-को कुरा हो रिनाक फेरि श्रापित छ अग्निको प्रकोपबाट ! कसैले यो सातौं पटक हो भन्छन् म घरमा आफ्नी श्रीमतीलाई पाँचौं पटक यो हो भन्दै थिएँ | जान्नमा आयो कि सन् २००९मा पनि एक पटक यो दुर्भाग्यको शिकार हुनपरेको थियो रिनाक बजार तर अभाग्यवश स्थानीय विधायक र पर्यटन तथा वन मन्त्रीको अग्नि शमन व्यवस्था स्थापित गर्ने आश्वाशन आश्वाशनमा नै सीमित रहन गएको खबर पनि सुन्नमा आयो | फलस्वरूप, आजसम्मको सबै भन्दा भयङ्कर आगलागीको चपेटमा रिनाक बजार परेको छ | सत्रह घर पूर्णतया: नष्ट-ध्वस्त भएको अन्य कति सम्पति नराम्रो तरिकाले नोक्सान हुनगएको सुन्नमा आएको छ | पूरै त्यो पाखा नै डड़ेलो लागेको र क्षतिको सही आकलन हुन निक्कै कठिन हुने अनुमान छ | सरकारको निगाह झट्ट पुगी तुरन्त राहत प्रदानप्रति ध्यान परोस् भन्ने ध्येयले एक शान्ति पदयात्रा त्यहाँ निकालिएको खबर छ | राजधानीमा आफ्नो नवघोषित ‘ग्राम स्वराज अभियान’ अन्तर्गत् जनता मेलाको व्यस्तता पन्साई मुख्य मन्त्री पनि सरकारी दल-बलका साथ त्यहाँ तुरन्त पुगेर सरकार पक्षबाट राहत तुरन्तै पु-याउने अश्वाशनका साथ अग्नि शमन केन्द्रको लागि स्थान उपलब्ध गराउने आव्हान गरेको खबर साँझ आकाशवाणी अनि नयुमा समाचारमा थाहा लाग्छ | पटक पटकको अभिशापबाट रिनाकलाई मुक्ति दिलाउन मलाई मनमा लाग्छ रिनाक स्कूल छेउ किङ्ग्सा (अपभ्रन्सित ‘किङ्गस्टन’ - अंग्रेजीमा सूचना-पट स्कूलमुन्तिर सड़कमा हुनेगर्थ्यो केही साल अघिसम्म तर अब यो हराए पनि सुपरिचित छ यो नाम) अवस्थित मुमाको जमीन उहाँको अनुमति र स्वीकृति भए साथै त्यहाँ आवश्यक भए अग्नि शमन केन्द्रको निम्ति उपलब्ध गराउने | केही बेरपछि पछिल्लो २००६ सालको अग्नि-प्रकोपबाट शिकार भएकी डा. शान्ति छेत्रीले यो दुःखद घटनाको जिज्ञासासाथ नयुमाको अङ्ग्रेजी समाचारमा फेरि एक पटक हेर्नपर्ने बताउँछिन् | म यस दुःखद घटनाले स्वयम् स्तब्ध रहेको र यो एक भयङ्कर प्रकोप रहेको मात्र भन्न सक्छु | फेसबुकमा ‘टक सिक्किम’द्वारा र ‘द् भ्वाइस अफ् सिक्किम’ले पनि बिहानै चार घर बिग्रेको प्रथम खबर राख्दछ केही विस्तारमा समाचार राखेको भए पनि दिउँसोतिर त्यहाँबाट विनोद दाज्युले दिएको खबर विधानमामाबाट फोनद्वारा जान्दा मात्र पूरै त्यो पाखा यो अग्निकाण्डले प्रभावित भई स्थिति भयङ्कर रहेको थाहा लाग्छ |
पहिलो पटक सन् १९५०मा रिनाक पल्लो बजार पोष्ट अफिसतिर यसरी कोपित हुनपरेको जान्नमा आएको छ तर त्यही दशक केहीपछि १९५७मा हो कि यो देब्रेतर्फ (वर्तमान स्थल तर्फ) - तिब्बत व्यापार पुरै ठप्प नभएकोले कुनै व्यापारीले मट्टीतेलको टीनमा पेट्रोल हाल्ने क्रममा (सुन्नमा आएको) - आगलागी भएको अनि फेरि एक जाड़ो महिनामा बड़ी दोकानभएको हिस्सामा यो भएको | सुन्नमा यो पनि आयो कि अर्को काण्ड वल्लो बजारमा बरको बोटनिर भएको थियो | सन् २००४-मा यो अग्नि प्रकोपको शिकार भएर पल्लो बजारमा डा. शान्ति छेत्री, पुष्पलाल प्रधान, भक्तबहादुर प्रधान, आर.के. प्रधान र तारा प्रधानको घरहरु लहरै सर्वस्व स्वाहा भएको थियो | साल २००९-मा भएको घटनाबारे मलाई धेर थाहा नभएकोले जान्न पर्ने छ |
सन् १९५८ गर्मी महिनातिर रातमा यस्तो अग्नि प्रकोपको कोपभाजन हामी स्वयम् भएका थियौं तर यसको भीषणताको अन्दाज मलाई छैन कारण म यहाँ गान्तोकमा पढ्दै थिए | त्यस बेला हामी रिनाक कोठी/पुरानो चन्द्र नर्सरी तत्कालीन ‘वुडलेण्ड नर्सरी’ छेउको दुइ-तल्ले पहिले चियापत्ती बनाउने घरमा बसेका थियौं | यहाँ हाम्रो सर्वस्व नाश भएको थियो – मुश्किलले मुमाले काखको नानी बहिनी (स्वर्गीय) सुनितालाई जोगाएर निकाल्न पाएका र भर्खरै फेरि गृहस्थी शुरुगरेका बुवालाई खूबै आघात पु-याएको थियो | भएभरका कागजपत्र, दस्तावेज, गरगहना, बहुमूल्य सामानहरु होमिएको थियो यस अग्निकाण्डमा – एकजनालाई गान्तोक अस्पतालमा चिकित्सासमेत गर्नपरेको थियो|
भारतीय मूलधारामा सामेल भएपछि सिक्किम विधान सभाकोलागि रिनाकबाट आठ पटक निर्वाचितहरुमा दोस्रोले चार पटक अनि वर्तमानले दुई पटक लगातार गरी चारजना विधायकहरु रिनाकले पाएको र शुरुदेखि मन्त्री स्तरका अनि एक पटक भूतपूर्व मुख्य मन्त्रीसमेत पाएको रिनाकले के कति अवसर पायो र गुमायो त्यसको लेखा-जोखा यस पटकको यो अग्नि-काण्डले गर्ने हो कि? कतिको विचारमा यो एक विडम्बना हो कि रिनाकवासीहरुले आजपर्यन्त (पहिलोलाई छाड़ी?) एक पटक पनि स्थानीय उम्मेदवार पठाउन नसकेकोले नै यो क्षेत्र अवहेलित भएको हो कि वा आपेक्षित लाभ उठाउनु नसकेको हो ? अपेक्षा र उपेक्षामा अल्झेको रिनाक बजार श्रापित नै हो कि कसो !
___
२३ फरवरी २०१४
फरवरी २१को दिन म पुगेको हुन्छु रिनाक बजारको त्यो अग्नि भष्म भएका खण्डहरहरु हेर्न | उँभोतिर लाग्ने बाटो बन्दगरिएको पाउँछु | कारण जान्न खोज्दा कसैले सुनाउँछ त्यहाँका घरहरु वाहनहरुको आवत-जावतले गर्दा थर्किनाले अझ क्षति पुग्ने सम्भावना भएकोले त्यसो गरिएको थियो | त्यहाँबाट फर्किंदा राज्यमा नवगठित राजनैतिक दल तृणमूल कांग्रेसका नेता आफ्ना दुई-चार सहयोगीहरुकासाथ एक ठाउँ देख्छु, भर्खरै पुगेका हुन् कि |
त्यस दिन म आफ्ना ज्वाईं साहेब बालकृष्ण प्रधानसित हरि भन्सारीका भाई कृष्णको दस दिने शुद्धाईमा सामेल भई आफ्नो अनि परिवारको तर्फबाट शोक संवेदना प्रकट गर्न पुगेको हुन्छु | अग्निकाण्ड भीषण रहेको र प्रभावित हुनेहरुमा धेरैले केही पनि निकाल्न नसकेर सर्वस्व गुमाएको थाहा लाग्छ भने सबैले राहत सबै राजनैतिक दलहरुबाट पाएको जुन हामीले समाचारपत्रहरुमा पढ्नपाएका थियौं सो जान्नमा आउँछ | चुनाउछेक परेकाले त्यसो हुनगएको नत्र पछिल्लो सन् २००६को अग्निकाण्ड यस प्रकारको सहयोग प्राप्त नभएको थाहा लाग्छ | म स्वयम् पनि त्यस समय सिक्किम विधान सभामा सचिव भई कार्यरत् छँदा त्यहाँका अध्यक्ष मार्फत् सरकारलाई अग्नि-पीड़ितहरुलाई राहत जुटाउन एक प्रस्ताव समेत चढाएको तर त्यस बेला केही समर्थन समेत जुड़्न नसकेको र राहतमा दिइएको रकम तुच्छ भएको कारण कतिले सो रकम समेत अस्वीकार गरेको पढ्न-सुन्नमा आएको थियो |
त्यहीँ भेट हुन्छ एक अग्नि-पीड़ित प्रभावित र परिचित व्यापारी-बन्धु नन्दकिशोर अग्रवाल जसको नाम समाचारमा देखे-सुनेको थिएँ - जो भाग्यवश भयावय प्रकोपबाट बाँचेको थाहा लागेर संवेदना प्रकट गर्छु | धेरै दिन पछि भेटेकाले सधैं भेट्दा झैं यस पालि पनि मैले रिनाकलाई साँच्चै नै माया मारेको हो कि भनी सोध्छन् | म भन्छु - कतिको माया गर्छु त्यो मेरो मुटुभित्र नै छ अनि मैले मेरो एक (यही) लेख पनि यस घटनाबारे समर्पण गरेको उनलाई बताउँछु | समय र स्थान हेरी यसभन्दा अरु धेर भन्न उपयुक्त अनि आवश्यक देख्दिनँ |
यस अघि रिनाक पुग्दा स्वर्गीय मामा भीष्म प्रताप प्रधानले १९६०को शुरुमा नै स्थापित प्रथम धान कुट्ने मिलका तारकेश्वर प्रसादसित भेट हुन्छ | सहयोग व्यवस्थित गर्न कुनै राहत समिति यहाँ गठन गरिएको छ कि भनी सोध्छु | त्यस्तो नभएको नकारात्मक जवाफ पाउँछु | धेर जानकारी अरुबाट प्राप्त हुनेछ भनी म शोकित परिवारको घरतर्फ लाग्छु | त्यहाँको विवरण माथि राखिएको हो | यसपालि चुनाव छेक यो दुर्घटना हुनगएकोले सम्बन्धित पक्ष सरकारबाट साथै राजनैतिक दलहरु र सङ्घ-संस्थानहरुबाट पर्याप्त र प्रशस्त सहयोग राशि कतिले पटक-पटक पाएको जान्न पाउँछु | मैले सहयोगमा दिएको राशि नगण्य हुने र आवश्यकता नरहेको बुझेर म पछि सर्छु |
आज फेरि एक राजनैतिक दलका नेता त्यहाँ अघि देखेकोले त्यस्तै गत्तिलो रकम सहयोगमा प्रदान गर्ने रहेछन् भन्ने लाग्छ हामीलाई तर त्यसबारे वा अग्निकाण्डबारे कुनै यस पक्षको कुनै वक्तव्य भोलिपल्ट वा पछि केही पढ़्नपाइँदैन |
अनि म सोँच्द्छु कि कति चाँड़ै सरकारबाट अग्नि-शमन केन्द्र स्थापनाको सहयोग रिनाकले पाउने हो त्यसको लागि जमीन सन् २००६ तिर नै उपलब्ध गराएको साथै स्थानीय विधायक र वर्तमान मन्त्रीले आश्वासन समेत पनि दिएका हुन् | अनि आई पुग्छ अर्को चुनाव – एक आश्वासन सुन्ने र नेता चुन्ने अवसर !
केही समय निकालेर हामी पुग्छौं आफ्नो केही समयदेखि पुन:निर्माण भनौं वा मरम्मतमा रहेको घर हेर्न – त्यसै स्थगित र अलपत्र – वर्षौंदेखि त्यहाँ पानीको अभावमा | गान्तोक फर्किंदा मेरो मनमा कुरा खेलिरहेको हुन्छ पटक-पटक यसरी अग्नि-प्रकोप भोग्न परेको र डढ़्न परेकोले के साँचै नै श्रापित रिनाक हो वा कुपित ‘कालो पहाड़’ - रिनाक नामवाची शब्दको सही अर्थ अनुरूप | मेरै मनको विकृत विचार मात्र हो कि भन्ने पनि लाग्छ | यहाँका सबैको राम्ररी नै गुजर-बसर भएर फलिफाप भएकै छ भन्छिन् मेरी मुमा |
तर मन-मष्तिस्कमा मेरोअघि रिनाक बजार पस्ने चौरस्तामा झट्ट देखेको धेरै अघिदेखिको रुखमा झुण्डिएको अङ्ग्रेजीमा यो लेखेको स्वागत-पट झझल्कोमा बराबर आई नै बस्छ Welcome to Rhenock – The Black Hill अर्थात् कालो पहाड़ - रिनाकमा स्वागत छ !
---
सिक्किम र आसमबाट एकैसाथ प्रकाशित 'हाम्रो प्रजाशक्ति' २५ मार्च २०१३मा पनि यो लेख प्रकाशित छ |