स्थानीय चिन्तन
धरोहर प्रशंसामा
योगसित मेरो सम्पर्क
पुनर्जीवन प्राप्त गर्दै
राजीव शङ्कर श्रेष्ठ
धेरै अघिदेखिको मेरो उद्वेलित मनमा विचार योगमाथि एक लेख प्रस्तुत गर्ने थियो अनि अन्तर्राष्ट्रिय योग दिवस भन्दा अरु कुन त्यस्तो योग्य दिन हुनसक्छ जब कि संसारका अधिकांश देशहरु योगसित सम्पर्क गाँस्न अनि ‘जीवनलाई सम्पूर्ण सक्षमतासाथ जीउन’ २१ जून २०१५को दिन धुमधामसित मनाइरहेका छन् | यस दिन वर्षभरिको सबैभन्दा लामो दिन हो साथै विश्व सङ्गीत दिवस अनि पिता दिवस जुन चाहिं हामी नेवारहरु बुवाको मुख हेर्ने दिन कुशे औंशीको दिन जो यो साल आउँदो १३ सितम्बर आइतवारको दिन पर्दछ | प्रधान मन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय योग दिवस, जसको बीजमन्त्र छ - ‘सद्भाव अनि शान्तिको निम्ति योग’, मनाउने आव्हान गर्नुहुँदा यस्तो भनेका थिए – “योगले जीवन-पद्धति परिवर्तन गर्नुसक्छ अनि जागरुकता ल्याएर जलवायु परिवर्तनसित लड़्न पनि मदत गर्दछ |” साथै “योगले दिमाग र शरीर, विचार अनि कर्म, सञ्यम अनि सम्पन्नता; मनुष्य अनि प्रकृतिसित सामञ्जस्य; स्वास्थ्य अनि कल्याणको लागि समग्रतासाथ एकरूपता अङ्गीकार गरी साकार रुप प्रदान गर्दछ |”
अन्तर्राष्ट्रिय योग दिवसको स्वागतको तयारीमा मानिसहरु खुबै उत्साहित भएको खबर यत्र- तत्र-सर्वत्रबाट प्राप्त भईरहेकोले मलाई यहाँ केही जानकारी यस विषयलाई पुन: ताजा गर्दै हालसम्मको वस्तुस्थिति प्रस्तुत गर्न जमर्को गरिरहेको छु | गत वर्ष २७ सितम्बरको दिन संयुक्त राष्ट्रको महासभामा आफ्नो प्रथमोप्रथम सम्भाषणमा प्रधान मन्त्री मोदीले प्रस्तुत प्रस्तावको आधारमा २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवसको रुपमा मनाउने घोषणा गरिएको छ | योग दिवसको यस प्रस्तावलाई १९३ सदस्य राष्ट्रहरुमध्ये १७५(१७७)ले ७५ दिनको छोटो समयमा समर्थन जनाएको छ | एक अधिकारीको अनुसार इस्लामिक सहकारिता संस्थानका ५७ देशहरुमध्ये ५६-ले पनि आफ्ना सहमति दिएका छन् जसले गर्दा योगको विश्व-व्यापकता स्पष्ट तौरले जान्न सकिन्छ | जब कि पाकिस्तानले समर्थन दिन नमानेको भए पनि प्रस्तावको विरोध पनि गरेन, उनले भने | संसारभरिका १९३ देशहरुमध्ये १९२-ले सो दिन योगका कार्यक्रमहरु आयोजना गरी मनाउने छन् जो एक अर्को कीर्तिमान हो | एकमात्र अपवाद यमन हो जहाँ गृहयुद्धको मार छ | (पाकिस्तानमा सो दिवसको अवसरमा ‘द् आर्ट अफ् लिभिङ्ग’को तत्वावधानमा आयोजित हुने कार्यक्रमहरु पनि उग्रवादीहरुको धम्कीको कारण रद्द हुनुगएको छ |) विश्वभरि २५० करोड़ मानिसले योग गर्ने अनुमान छ जसमा २० करोड़ केवल संयुक्त राष्ट्र अमेरिकामा छन् | उत्तरी गोलार्धमा २१ जून दक्षिणायण संक्रान्ति पर्दछ जुन दिन सालभरिको सबैभन्दा लामो दिन पनि हुँदछ | समारोह उपरान्त दिल्लीमा दुई-दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन पनि आयोजित हुनु गईरहेको छ | (स्रोत : इन डट न्यूज डट याहू डट कम )
अर्को रिपोर्ट अनुसार “प्रथम अन्तर्राष्ट्रिय योग दिवसको उपलक्ष्यमा आफ्नो सन्देशमा संयुक्त राष्ट्रका महासचिव बान की मूनले यसो भने “आफ्नो भारत भ्रमणको बेला आफ्नो पहिलो आसन प्रयास गर्दा यसबाट सन्तोषको सहज अनुभूति भएको पत्तो लागेको थियो | २१ जूनलाई अन्तर्राष्ट्रिय योग दिवस भनी घोषणा गर्दा संयुक्त राष्ट्र महासभाले यस प्राचीन अभ्यासद्वारा समग्रमा लाभ प्राप्त हुने अनि यसमा समाहित सामन्जस्यता संयुक्त राष्ट्रका सिद्धान्त अनि गरिमासित मेल खाएकोले मान्यता प्रदान गरिएको हो |” ... “अनि योगले विभेद गर्दैन; केही मात्रामा सबै मानिसले, आफ्नो शक्ति, उमेर वा क्षमता अनुरूप अभ्यास गर्नसक्छन् | यो म स्वयमले पनि मैले मेरोलागि प्रथम आसन, सिकौरेहरुलाई उपयुक्त वृक्ष अर्थात् ध्रुव आसन अभ्यास गर्दा थाहा पाएँ | मलाई केही क्षण लाग्यो आफ्नो स्थिरता कायम गर्नु तर एक पटक यो गरे पछि योगबाट प्राप्त हुने सन्तोषको सहज अनुभूतिलाई मैले प्रशंसा गरें,” यस्तो उदगार उहाँले आफ्नो सन्देशमा व्यक्त गरे | “योग पारम्परिक पृष्ठभूमिमा आधारित एउटा पुरातन पद्धति हो जसको लोकप्रियता बढ़िरहेको छ जसलाई प्रत्येक क्षेत्रका अभ्यास गर्नेहरुले आनन्द लिनुसक्छन्,” बानले भने | “शारीरिक तथा आध्यात्मिक स्वास्थ्य अनि कुशलता प्राप्त गर्नु योगले ‘एउटा सरल, सुगम अनि समावेशित’ उपाय प्रदान गर्दछ | यसले आफ्नो सहयोगी मानव जाति तथा हाम्रो साझा किपट नक्षत्रप्रति सम्मान गर्न प्रोत्साहित गर्दछ | ... प्रथम अन्तर्राष्ट्रिय योग दिवसलाई स्वागत गर्न विश्व तमतयार भईरहेको अवसरमा राष्ट्रहरुलाई योगाभ्यासद्वारा प्रत्येक व्यक्तिको कल्याण सँगसँगै जनसाधारणको स्वास्थ्यमा सुधार ल्याउन सामूहिक प्रयास, शान्तिमय सम्बन्ध स्थापित गर्नु प्रोत्साहन अनि सबैको निम्ति एक सम्मानजनक जीवन भित्र्याउन बानले आव्हान गरे |” (स्रोत: एनडीटिभी डट कम/इण्डिया न्यूज)

मेरा यहाँका प्रारम्भिक दिनहरुमा सन् १९५८तिर कर्मयोगी मोतीचंद प्रधान*(३० जुलाई १८९३-७ मई १९७७)लाई स्कूल जाँदा बाटोमा पर्ने डेभेलप्मेन्ट एरियास्थित उहाँको सरकारी निवासमा योगाभ्यास गर्दै गर्नुभएको सधैं बिहान झ्यालबाट मैले देख्थें | उहाँ सिक्किम- दार्जीलिङ पहाड़ी भेकबाट मेट्रिकुलेशन गर्नुहुने प्रथम व्यक्ति थिए अनि सर चार्ल्स बेलको अनुसार “भारत, नेपाल, भोटाङ अनि सिक्किमबाट ग्रेजुएट/स्नातक हुने प्रथम नेपाली थिए |” सेवानिवृत्त भएर अन्त्यमा कालेबुङमा उहाँ छँदा सामाजिक/साहित्यिक/आध्यात्मिक क्रियाकलापमा सङ्लग्न भएका थिए अनि भर्खरै स्वर्ण जयन्ती मनाएको ‘नेपाली साहित्य अध्ययन समिति’ उहाँको अगुवाईमा नै स्थापना भएको थियो | त्यही बेलादेखि नै मेरो मनभित्र कताकता योग अनि यसबारे ज्ञान प्राप्त गर्ने आफ्नो उत्कण्ठ अभिलाषा र उत्सुकता रहेको सम्झना छ | स्कूलमा शारीरिक व्यायाम, बागवानी र काष्ठ-शिल्पबारे सधैं मध्यान्हपछि कक्षा हुनेगर्थ्यो अनि शनिवार बिहान सामूहिक तौरले शारीरिक व्यायाम हुनेगर्थ्यो जसमा विद्यार्थीहरु कालो हापेन अनि सेतो कमीज लगाएर (सबै जना खाली खुट्टा) चार विभिन्न समुहमा ए.बी.सी. अनि डी. नाम गरी विभाजित भई खेल मैदानको चार कुनामा अभ्यास गर्थे | स्काउट कक्षा लक्ष्मण छेत्री* सर र पछि १९५८मा टीएनएमा आएपछि जोहन आइजक* सरले लिनेगर्थे तर योगको कक्षा भने थिएन यद्यपि संस्कृत र हिन्दी जस्ता विषयहरु कक्षा ७ र ८-मा पढनेगर्थ्यौं | पछि सन् १९६२ देखि १९६९सम्म दार्जीलिङ सरकारी कलेजमा छँदा पनि त्यस्ता कुनै क्रियाकलाप हुँदैन थियो सिवाय एन.सी.सी. जसमा केही विद्यार्थीहरु भाग लिनेगर्थे | विद्यार्थी छँदा हाम्रो प्राथमिकता साथै लक्ष्य पनि स्वयमलाई सुशिक्षित भई संसारमा प्रवेश गर्न सक्षम बनाउनु थियो | फलस्वरूप हामीहरु स्वास्थ्य वा सामान्य कल्याण भन्दा आफ्नो अध्ययनमा ध्यान केन्द्रित भएकोले गर्दा योग जस्ता अन्जान विषयमा ध्यान पु-याउनु असमर्थ थियौं जुन चाहिं आजभोलि धेरै जना जसले यसप्रति चासो राखी रुचिपूर्वक आफ्नो जीवनको अभिन्न भाग बनाई नियमपूर्वक नियमित रूपले योगाभ्यास गर्दछन् | त्यस बेला योगबारे कसैले केही ज्ञान राख्न चाहे कि त विभिन्न धार्मिक/आध्यात्मिक संस्थानहरुबाट प्रकाशित पत्र-पत्रिका मार्फत् थाहा हुनुसक्थ्यो वा योगाभ्यास गर्नेहरुको सान्निध्यमा नै सम्भव हुनुसक्थ्यो | हामीले त्यसबेला ‘बिटल्स’ भारत आएर ऋषिकेशमा महेश योगी*सित योग सिकेको अनि त्यहाँ बस्दा केही राम्रा साङ्गीतिक रचनाहरु सृजना गरेको सुनेका थियौं | केही वर्षअघि समाचारपत्रबाट यो जानकारी आएको थियो कि उनीहरुमध्ये एक पॅाल मेकर्टनीले आफ्नो अनुभव सुनाउँदै उनले आँखालाई चारैतिर गोलो घुमाउने अभ्यास अझ पनि गरिरहेको अनि यसबाट फायदा भएको पढ़्न पाएर मैले पनि यस अभ्यासलाई स्वीकार गरी अन्य नियमित अभ्यासहरुको साथ आफ्नो दिनचर्यामा सामेल गरेको छु | प्रत्येक बिहानी ओछ्यानमा नै छँदा उठ्नु अघि दुवै आँखा जोरले चिम्म गर्ने अनि अरु बेला धेर बेरसम्म टिभी हेरे वा ल्यापटपमा काम गरे आँखालाई दुवै हल्का तौरले चिम्म-चिम्म गरी अनि दिनमा कम्तीमा पनि तीन पटक अनि बाहिरबाट घर पसेर अनुहार धुँदै आँखामा पानी छ्याप्ने गर्नेगर्दछु – फायदा भएको लाग्छ | बिहान चाहिं आँखा एउटा खोल्सा (आइ-कप)मा पानी राखेर चिम्मचिम्म गर्दछु – यो सानो पात्रसित मलाई विधान मामाले परिचय गराउनु भएको थियो | उहाँले पनि यो आफ्ना बुवा दुर्गा शमशेर प्रधान*बाट जानेका थिए | उहाँ बाजेले आफ्नो दाज्यु राई साहेब रत्नबहादुर प्रधान*सित मिलेर रिनाकमा विश्वप्रसिद्ध चन्द्र नर्सरी सन् १९१०-मा स्थापित गरेका थिए अनि उहाँ प्राकृतिक-चिकित्साका अनुयायी थिए | उहाँले यस ज्ञानलाई सुप्रसिद्ध नेपाली साहित्यकार राधिका राया*को सहयोगमा लेखेर आफ्नो जीवनको उत्तरार्धमा जनसाधारणको कल्याणार्थ छपाएर सित्थै बाँड़ेका थिए | बज्यै जमुना मायाले अझ पनि यस पद्धतिलाई व्यवहारमा ल्याउनु हुन्छ अनि जसजसलाई आवश्यक पर्दछ उनीहरुलाई यस उपयोगी लाभकारी ज्ञानको प्रचार गर्नुहुन्छ | हाम्रा सुपरिचित व्यक्तित्व उद्भिदविद् केशव चन्द्र प्रधानले यसै प्राकृतिक-चिकित्सा पद्धतिको एक उपचार माटो-पानी-सूर्यकिरणबाट तयार गरिएको औषधिबाट आफ्नो कम्मर दुख्ने व्यथाबाट मुक्ति पाएको कुरा एक पटक हामीलाई सुनाएका थिए | सो पुस्तिकाको सम्पूर्ण अंश हामीले रिनाकमा हाम्रो बुवा जयशङ्कर लाल श्रेष्ठको ‘सहस्र चन्द्र दर्शनम्’ (एक हजार पटक पूर्ण चन्द्रको दर्शन मई २००० सालमा ८३ वर्ष ४ महिना पुग्नुहुँदा) अर्थात् ‘जंक्व’को शुभ अवसरमा प्रकाशित ‘स्मारिका’मा प्रकाशित गरेर त्यसरी नै वितरण गरेका थियौं | त्यस बेला बाबा रामदेव अनि पण्डित बालकृष्णको उद्गमन भएको थिएन अनि जस प्रकार हिजआज टेलिविजनद्वारा योग अनि आयुर्वेदबारे व्यापक तौरले जानकारी प्रदान गरिन्छ सो सम्भव थिएन |
मसुरीस्थित राष्ट्रिय प्रशासनिक अकादेमीको प्राङ्गणमा हामी अखिल भारतीय सेवा प्रशिक्षणार्थीको रूपमा प्रवेश गरेर मात्र योगाभ्यासबारे केही ज्ञान प्राप्त गर्न सकियो किनकि शारीरिक व्यायाम तथा भारतीय पुलिस सेवाकाहरुलाई घुड़सवारी जस्ता अन्य क्रियाकलापसित परिचय गराइन्थ्यो | हामीहरुमध्ये कतिपय बिहान अबेरसम्म सुत्ने बानी भएकोले गर्दा सो अभ्यासपछि कोठामा आएर केही बेर रहल निद्रा पु-याउन अझ सुत्ने प्रयास गर्नेगर्थ्यौं | संसारको योग-राजधानी भनी सुपरिचित ऋषिकेशमा स्वामी शिवानन्द*द्वारा स्थापित ‘डिभाइन लाइफ सोसायटी’ सञ्चालित आश्रममा लगेर हामीलाई त्यहाँका यौगिक क्रियाकलापसित सुपरिचित हुने दुर्लभ अवसर प्रदान गरेको थियो | हाम्रो दिवा आहारको व्यवस्था त्यहाँ आश्रममा भएको थियो जहाँ एउटा ठूलो कोठामा हामी सबै भुईँमा पल्टी मारेर लहरै बसेर मन्त्र-उच्चारणको साथ भोजन पस्किएर परमेश्वरलाई यस कृपाको लागि प्रार्थनासहित धन्यवाद टक्र्याउँदै अन्न-ग्रहण गरेका थियौं | श्री स्वामी चिदानन्दद्वारा लिखित पुस्तक ‘प्रेक्टिकल गाइड टु योग’ सँगै ‘पवनमुक्त आसन माला’ अनि ‘शारीरिक पीड़ा विरुद्ध व्यायाम’का विभिन्न योगासनबारे क्रिया-विधि, टिप्पणी, सीमा-निर्धारण अनि लाभहरूबारे जानकारी भएको १४ पृष्ठमा साइक्लोस्टाइल गरिएको पुस्तिका त्यहाँ प्राप्त भएर यता घर फर्केर आएर दैनिक योगाभ्यास गर्नमा अझैसम्म पनि खुबै उपयोगी सिद्ध भएको छ | यस पुस्तिकालाइ मैले इच्छुक मित्र-आफन्तहरुमा वितरण गरेको छु साथै यदि कुनै महानुभाव यसलाई प्राप्त गर्न चाहनुहुन्छ भने यसलाई ईमेल गरेर पठाउन सकिने छ | यसको एक प्रति मैले मेरा बुवालाई दिएको थिएँ जसबाट उहाँले दैनिक योगाभ्यासमा सामेल गरेर लाभ धेरै समयसम्म नै उठाउनु भएको थियो पछि वृद्धावस्थाले व्यवधान उत्पन्न हुनु गएको थियो | मेरी मुमा जो अस्सी पार गरिसकेकी हुन् अझसम्म आफ्नो दैनिक योगाभ्यास नियमित रूपले गर्नुहुन्छ अनि उहाँले अरुहरुलाई पनि यस्तो सलाह दिनुहुन्छ - प्राणायाम अनि आसनहरुको साथमा आहारलाई पनि सन्तुलित राखे जीवनका कठिन क्षणहरु विशेष वृद्धावस्थाका स्वास्थ्य-सम्बन्धित समस्याहरु प्राकृतिक भएकोले गर्दा यी समस्यासित जुध्न र यसबाट मुक्ति प्राकृतिक तौरले नै निवारण गर्नसकिन्छ – यस्तोमा नियमित र निरन्तरताकोसाथ व्यवहारमा ल्याए यही योगाभ्यास नै उपयोगी सिद्ध भई लाभकारी पनि हुन जाँद्छ !
यस दिन आज म मेरा अग्रज टेकचन्द वर्मा*(१७-९-१९२४ – ०३-०३-२००५)लाई श्रद्धापूर्वक स्मरण गर्दछु जसले १९-०३-१९५४मा सिक्किम राष्ट्रियकृत परिवहन (एसएनटी)मा सेवामा प्रवेश गरेका थिए | एक वर्ष जतिको सेवा-विस्तार पाएकाले (एसएनटी)मा एक सलाहकार भएर उहाँ ३१ अक्टोबर १९८३-मा सेवानिवृत्त हुनु भएका थिए | उहाँलाई मैले मेरो स्कूल पढ़्दादेखिनै डेभलपमेन्ट एरियामा देखिआएको अनि उहाँ आफ्नो सेवानिवृत्तिपछि पहेंलो वस्त्र धारण गरेर एक योगीको जीवन यापन गर्नथाल्नु मात्र होइन तर आफुलाई प्रभु सेवामा समर्पित गरी यस अनुकूल सन् १९९५मा एक नयाँ नाम ‘स्वामी महेश्वरानन्द’ समेत स्वीकार गरेका थिए | ऋषिकेशस्थित ‘डिभाइन लाइफ सोसायटी’का योगगुरु स्वामी शिवानान्दका एक समर्पित भक्त थिए | ‘डिभाइन लाइफ सोसायटी’ सिक्किम शाखाका सभापतिको हैसियतमा उहाँले १८वटा योग-शिविरहरु विभिन्न स्थानहरुमा जस्तै, पाल्जर इनडोर स्टेडियम, सेन्ट्रल पाण्डाम, टाशीडिङ्ग, टिङ्गलिङ्ग अनि पाङ्गथाङ्गस्थित सिक्किम सशस्त्र सेना शिविरमा आयोजन गरेका थिए | यस्ता शिविरमा उहाँले एक्युप्रेसर, प्राकृतिक-चिकित्सा, नैतिक शिक्षा, इत्यादि जस्ता विषयमा पनि ज्ञान बाँड़्दथिए | उहाँले आयोजित योग शिविरमा गान्तोक बाहिरबाट आएका स्कूलका विद्यार्थीहरुलाई आफ्नो निवासमा अनि केही स्थानीय होटलहरुमा बस्ने व्यवस्था समेत मिलाईदिन्थे | ‘डिभाइन लाइफ सोसायटी’ मुख्यालय ऋषिकेशमा आयोजित दुई-महिने लामो ‘प्रशिक्षणार्थी योग विषय तालीममा वर्षेनी दुई व्यक्तिलाई आफ्नो प्रयोजनामा पठाउनेगर्थे | उहाँ हाम्रो कार्यालयमा कहिलेकाहीँ घुम्दै आइपुग्थे अनि केही ज्ञानवर्धक सामग्री तथा ती पुस्तक-पत्रिकाबाट हामी पनि लाभान्वित हुन हामीलाई दिएर जानेगर्थे | सन् २००६ सालमा ३५ वर्ष भन्दा धेरको आफ्नो सेवाकालको अन्त्यतिर सिक्किम सरकारको खेलकूद तथा युवा मामिला विभागमा सेवारत छँदा मलाई ऋषिकेशस्थित त्यस आश्रममा तेस्रो पटक फेरि पुगेर आफ्नो श्रद्धा-भक्ति व्यक्त गर्ने साथै कुन प्रकार ‘डिभाइन लाइफ सोसायटी’द्वारा गरिएका सुकार्यलाई यहाँ सिक्किमका युवाहरु तथा जनतामाझ सरकारको भर्खरै सञ्चालित क्षमता-विकास कार्यक्रम अन्तर्गत् फेरि पनि पु-याउने प्रयास कसरी सम्भव हुनेछ सो त्यहाँ पुगेर गर्ने आफै जान्न-बुझ्नलाई एक सुअवसर मलाई प्राप्त भएको थियो | हामी (म र मेरी श्रीमती रञ्जना)लाई त्यहाँ आश्रममा नै बसेर त्यहाँका योगीहरुको दिनचर्यासित परिचित हुने सुअवसर पनि प्राप्त भएको थियो | भोलिपल्ट एक बिहानै त्यहाँको अँध्यारो सभागृहमा मन्चमा गुरुजनको तस्वीर अघिल्तिर प्रज्वलित दीपले एक भिन्दै शान्त आनन्दमय वातावरणको अनुभूति भएको थियो अनि त्यहाँ अलिअलि गर्दै भक्तजनको विस्तारै प्रवेश भई मौनधारण गरी प्रातःकालीन प्रार्थना र भक्तिपूर्ण ध्यानमा तल्लीन भएको एक अलग किसिमको अनुभूति मेरो निम्ति थियो | त्यो वर्ष अपर्याप्त प्रचार-प्रयास साथै समय अभावले गर्दा मैले चिताए अनुरूप त्यहाँ योग प्रशिक्षणमा पठाउन सकिएन | त्यही बेलातिर हामीले खुबै मुश्किलको साथ ३०जना जस्तो युवाहरु भेला गरी मनालीमा प्याराग्लाईडिङ्ग प्रशिक्षणमा पठाउन सकेका थियौं | हाम्रो यस पटकको भ्रमणमा आश्रममा बस्ने प्रबन्ध योगी वर्मा वा स्वामी महेश्वरानन्दका ज्येष्ठ सुपुत्र राजेश वर्माद्वारा ऋषिकेशस्थित ‘डिभाइन लाइफ सोसायटी’ मुख्यालयमा सम्पर्क गरी सहयोग कृपा गरे बापत् सम्भव हुनुगएको थियो |
म स्वयम् भने न कुनै योगी हुनु सकें तर पनि मलाई यस कुरोको सन्तोष छ कि त्यहाँबाट प्राप्त भईरहेको ज्ञानको आधारमा नियमित तौरले दिन्हौँ एक-डेड़ घण्टा जति समय समर्पण गरेर आफैलाई तन्दुरुस्त राख्दै यस सङ्घर्षपूर्ण जिन्दगी सामु आफु उभिनु यस सन्ध्याकालमा केही मात्रामा भए पनि सक्षम भएको छु नत्र भने म यो परिकल्पना पनि गर्न सक्दिनँ कि योगाभ्यास बिना यस संसारको उतार-चढ़ाउ झेल्न-खप्न कति कठिन हुनुजाने थियो होला, निश्चय नै !
दृष्ट्व्य : यो प्रस्तुति लेखकको व्यक्तिगत अनुभव मात्र भएकोले यसलाई कुनै शोध-अध्ययन वा साहित्यिक कार्य नभई केही घट्नाक्रमलाई, जस अन्तर्गत् बिचबीचमा केही गल्छेँड़ो हुँदै, यहाँहरुसमक्ष राख्ने एक तुच्छ प्रयास मात्र भएको र त्यही अनुरूप लिइदिनहुन आग्रह गरिन्छ | कतिपय नाम साथै अङ्ग्रेजीशब्द-अनुवाद सन्दर्भको निम्ति अनि ती सबसित जोड़्ने प्रयासमा आवश्यक भएकोले राखिएका हुन् - यस अतिरिक्त अन्यथा अन्य केही अभिप्राय नरहेको स्पष्ट गर्नचाहन्छु | सुझाउ, संशोधन र अतिरिक्त जानकारीको लागि सम्पर्क गर्नुहोस् इमेल : [email protected] फोन 94340-22677 / 03592-202677 ‘रचना’, मनन् भवन अघिल्तिर, डेभेलपमेण्ट एरिया, गान्तोक ७३७ १०१ सिक्किम भारत |