छोरा - छोरीमा हामी बाँच्न चाहेका हुन्छौं आफ्नो अधुरो जिन्दगी
अप्ठ्याराबाटाहरु हुँदै कठिनाइहरु झेल्दै पनि कतिपय
अघि बढीरहेका नै हुन्छौँ हुर्की-हुर्काउदै सँगै
कति पटक सकेका हुँदैनौ डोरयाउन सँधै ता पनि
आँसुले भरिएका हुन्छन यी नयन
तर उनीहरुका हुन्छन दृष्टि स्वच्छ र कन्चन
अविचलित आफ्ना लक्ष्य र ध्येयप्राप्तिप्रति समर्पित
गर्वान्वित हुन्छौं उनीहरुलाई पाई सबैभन्दा अघि !
कतिपय लक्ष्य के कसो भइ पुग्नसकेका हुँदैनौ स्वयम्
चाहेर पनि आफ्ना सबै प्रयासहरु हुँदाहुँदै
कारण यसरि नै चलिरहेको हुन्छ
र बनिएको संसारको रीत पनि यसै
तथापि लागिपरेका नै हुन्छौं
गर्न परिवारको श्रीवृद्धिमा अति
रचनालाई नै माया र स्नेहको स्रोत ठानी, बनाई
सम्भवमा परिवर्तन गर्न जुटेका हुन्छौं सबै !
धेरै आउछन यस यात्रामा र जान्छन पनि
कोही साथ हुनपुग्छ सहभागी बनी सँधैंभरि
दुख र सुख जे जस्तैमा अनि
हुर्की अग्लिनमा सजिलै सँग-सँगै
स्वयंले नदेखेका ओझल कति
आफ्नो क्षमता अनुकुल सक्षम भई
एक अर्कालाई अंगाल्दै मृत्युपर्यन्त
बाँचिरहेका हुन्छौं समय बाँडी अति उत्तम !
एक अर्काका पूरक बनी स्वयंको कमजोरी पन्साई
संसार बनाएका हुन्छौं आफ्नै अलिक
सँधैं सबै भने जस्ता नभएता पनि -
तिमी अपरिचित साथ नआए सम्मन
जीवन सरल, सुगम भई लक्ष्यप्रति प्रेरित
जब हामी पाउछौं साँचो र तत्पर तिमी
मृदु मुस्कानसहित विश्वस्त, अडिग रही
हाम्रो मुटुभित्र समेत भित्र पुग्ने गरी !
स्वच्छ र निर्मल नाम अनुकुल तिमी
विमल तिमीमा देख्छौं र चाहन्छौं
हाम्रो सपना पूरा हुन् गई सफलतामा विश्वस्त
घाम वा पानी, रात या दिन भाग्यले सँधै दियोस् साथ
नबिर्स कहिले तिमी स्वयं र तिम्रो भाग्य पनि साथ
हामी पनि छौं प्रोत्साहित गर्न नभई पर अलिक पनि
आफ्ना सन्तान सँगै राख्न पाउँदा तिमीसाथ
सँधैं , सदैव र अनन्त सम्म सठीक र सही!
-----