७५औँ जन्म-दिवसको उपलक्ष्यमा विशेष
पारसमणि स्मृति पुरस्कार २०१४ चयनित
काशी-पुत्र दुर्गाप्रसाद – केही क्षण सम्झनामा
राजीव शङ्कर श्रेष्ठ
काशी-पुत्र दुर्गाप्रसाद काशीबहादुरका छोरा अनि म पनि जयशङ्करलालको छोरा – एक समय अल्लो घर-पल्लो घरका हामी छिमेकी, हितैषी| सम्झना छ म बालकै छँदा दुर्गादाईले आइतबार छुट्टीको दिन घरमा भ्यागुता चिर्दैगरेको देखेको र जान्नमा आयो कि उहाँ एक डाक्टर बन्ने धुनमा थिए| ममा पनि डाक्टर बन्ने इच्छा पलायो र पछि दार्जीलिङ सरकारी कलेजमा पढ्दा भ्यागुता मात्र नभई, गनेउला, मुसा, गिनीपिग, परेवा, लामखुट्टे र भुसुना समेत चिरेको – इच्छा थियो डाक्टर बन्ने तर सिक्किम सरकारबाट पढ्ने छात्रवृत्ति पाएर पनि सीट नजुरेकोले त्यो सपना पुरा नहुँदा एम.एस्सी. पढ्दा आफ्ना गुरु डा. विश्वपति दासगुप्ता (१९६७-६८-तिर चार पटक यो डिग्री हासिलगरिसकेका जन्तु-विज्ञान विभागाध्यक्ष र पछि प्राचार्य र त्यही बेला मैले मेरो प्रथम पुस्तक ‘सरल जीव विज्ञान’ उनै गुरुप्रति आभार प्रकटगर्दै प्रस्तुत गरेको थिएँ) झैं शोधकार्य गरी विद्यावारिधि अर्थात् पी.एचडी गरी यो लक्ष्य हासिल गर्ने| न म कुनै एक डाक्टर बन्न सकेँ न दुर्गादाई नै| हाल म सरकारी सेवाबाट फुर्सद पाई केही लेखिराख्ने ताकमा ताकि मेरा पछिकाले यो नभनूँन कि सबै सँगसँगै लगेछन् केही आफ्ना सम्झना पनि यहाँ नछाड़ी| ऐतिहासिक चलचित्र ‘आमा’-को संवाद-लेखनका लागि पुरस्कृत नेपाल सरकारको दस वर्षे जागिर त्यागी, दुर्गादाई लेखन, सम्पादन अनि अनुवादन गरि नै रहेकाछन् केही नछाडी फुर्सदलाई पनि पन्साई – आँखाले भयो, भयो अब भन्दा पनि अझ लागिपरेका छन् विगतका केही वर्ष ‘साहित्य अकादमी’-सित सम्बद्ध भई इतिहास धान्न; आतुर छन् उनी देवेन्द्र भट्टराईले पाइलेखे झैं ‘स्रष्टा र समय’मा साहित्य-छाँयाकार कुमार आलेको चित्रसित|
‘जय स्मारक सम्मान’
दुर्गादाईलाई सन् २००५–मा हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीको तत्वावधानमा प्रथम ‘जय स्मारक सम्मान’ हस्तान्तरण गर्न रत्न पुस्तकका गोविन्दजीको सहयोगमा होटल सङ्गमको सभा-कक्षमा आयोजित अलङ्करण समारोहमा नेपालका अनेकौं दिग्गज साहित्यिक महारथीहरुको समागमभएको अवसर थियो | अक्षय तृतीया ११ मई २००५को दिन ‘नेपाली साहित्य परिषद्, गान्तोक’-को प्रेक्षा-गृहमा सुपरिचित साहित्यकार महानन्द पौड्यालको प्रमुख अतिथ्यमा रचना रजत् जयन्तीको अवसरमा ‘रचना कथा अनुष्ठान’-को लोकार्पणसँगै यहाँ गान्तोकमा आयोजित अलङ्करण समारोहमा केही कारणवश उपस्थित हुनसकेकाले साहित्यकार बन्धु प्रद्युम्न श्रेष्ठलाई यो जिम्मालाउने काम सुम्पिएको थियो| केही दिनपछि पारिवारिक कारणवश म आफै काठमाडौँ जाने कामपर्दा र दुर्गादाई पनि त्यहीं हुनभएको थाहा लागेर किन यसै बेला अवसर छोपेर यो धितो उहाँलाई त्यहीँ नै नसुम्पिने भन्ने हाम्रो निर्णय भयो|
१८ मई २००५ साँझ यस रमाइलो विशेष साहित्यिक समारोहमा मुख्य अतिथि वयोवृद्ध साहित्यकार अंगूर बाबा जोशीका बाहुलीबाट दुर्गाप्रसाद श्रेष्ठलाई नेपाली साहित्यप्रति आजीवन सेवा पु-याएबापत् ‘जय स्मारक सम्मान’द्वारा अलङ्कृत गरिएको थियो| सभाध्यक्ष थिए अर्का वयोवृद्ध साहित्यकार विशिष्ट ‘काशीबहादुर स्मृतिग्रन्थ’का सम्पादक कृष्णप्रसाद पराजुली| चर्चित समालोचक मोदनाथ ‘प्रश्रित’, लोकप्रिय गीतकार रत्न शम्सेर थापा, लगायत त्यहाँ भेला भएका थिए नगेन्द्रप्रसाद शर्मा, दान पराजुली, पुष्कर लोहनी, महेश बाँसकोटा, विष्णु प्रभात, मुक्तिनाथ शर्मा, समीर सागर, लक्ष्मण वियोगी, व्याकुल पाठक, अशोक बाँसकोटा, रामेश्वर राउत मातृदास, आनन्दप्रकाश नेपाल, तुलसी भट्टराई, संजय कुमार श्रेष्ठ, सुरेन्द्र राज नोख्वा, माधव शर्मा, सरस्वती कुंवर, मिनु श्रेष्ठ, ध्रुव मधिकर्मी, टीका मगर, विजय श्रेष्ठ, संजीव श्रेष्ठ, पूजा कर्माचार्य, रमेश खकुरेल, दिव्य गिरी, गोविन्द प्रसाद श्रेष्ठ, शैलेन्द्रप्रकाश नेपाल, माधव पौडेल, रोहित श्रेष्ठ, अभिषेक श्रेष्ठ साथै अन्य अनेकमा कुमार आले र अर्का प्रतिभावान युवा त्यहाँ थिए ‘नेवाटेक’का सुभाष प्रजापति (हाल सिटल, अमेरिकामा / नेपालमण्डल डट कमका सर्जक)-लाई सम्झिन्छु – तर सबको यहाँ स्थानाभावले गर्दा नाम दिन असमर्थ भएकोमा क्षमाप्रार्थी छु| रचना रजत जयन्ती कथा प्रतियोगिता २००४-मा पुरस्कृत सिक्किम हिमाली भेकका प्रतिनिधि कथाहरुको सँगालो ‘रचना कथा अनुष्ठान २००५’-मा विशिष्ट सम्मिलित दिव्य गिरीलाई स्मृति-चिन्ह र सँगालोको एक प्रति प्रदान गरियो| सम्मानित व्यक्तित्वहरुले आ-आफ्ना मन्तव्य राखेपछि पराजुलीले अध्यक्षीय सम्बोधन राखेर रमेश खकुरेलद्वारा कुशलतापूर्वक सञ्चालित समारोहको बीट मारे| यहाँ यतिका दिग्गज महानुभावहरुको उपस्थितिले दुर्गादाईप्रतिको प्रेम, श्रद्धा र सम्मान देखेर उहाँ नेपालमा पनि उत्तिकै लोकप्रिय छन् भन्ने अनुमान सहजै गर्न सकिन्छ!