श्रापित रिनाक – कुपित कालो पहाड़
राजीव शङ्कर श्रेष्ठ
रिनाक जसको वक्षस्थलमा मेरो शैशव बित्यो, यौवन हुर्कियो र आज यस उमेरमा पुगी सम्झना गर्दा यो मेरो जन्म-स्थल नै थियो कारण मेरो मावली यहीं हो | मेरी मुमाको अकस्मात दुःखद निधन पछि उहाँकी कान्छी बहिनी इन्दिरासित उहाँकै आग्रहमा मेरो बुवाको दोस्रो विवाह सन् १९५४मा भएको हो | विवाहको हीरक जयन्ती यो वर्ष तर दस वर्ष अघि बुवाले हामीलाई छाड़ेर जानुभएको हो | उहाँहरुको छत्र-छायाँमा यहाँसम्म पुग्नपाएको साथै रिनाकबाट दुइ-दुइटी मुमा एउटै परिवारबाट पाएकाले त्यस परिवारप्रति म दोहोरो आभारी छु | अनि म लेखिरहेकै हुन्छु गद्य र पद्य दुवैमा – यी दुइको तुलना देवकी र यशोदाको स्थान सिक्किम र भारतसित – एकले जन्माए र अर्कीले हुर्काए |
केही वर्षअघि मेरो गाउँ आरीटारबाट केही जोशिला युवा भाइहरु मलाई त्यस ठाउँ बारे केही ऐतिहासिक तथ्यहरुको जानकारी लिनआएका थिए तर आफु अनभिज्ञ रहेको र खोज-शोध-अध्ययन गर्नुपर्ने बताएको थिएँ | उनीहरु त्यहाँ पर्यटन व्यवसायमा प्रवेश गरी क्षेत्र-विकासको मुहान खोल्नमा जुटेका थिए | हामीले यहाँ गान्तोक आफ्नो घरमा बुवाको सलाहमा ‘रैनबसेरा पाहुना घर’ नामको साथ यस व्यवसायमा प्रवेश गरेकोले यहाँ आइपुगेका एक पर्यटकलाई आरीटारमा पदयात्रा अर्थात् ट्रेकिङ्गको लागि असल अनि उपयुक्त ठ-याई पठाएको र हाम्रै घरमा – आजको परिप्रेक्ष्यमा ‘होमस्टे’ - बसाएका थियौं | आज आरीटार एक लोकप्रिय पर्यटन-स्थल हुनगएको छ | यहाँ हरेक वर्ष राम नवमीको छेक लामपोखरी उत्सव आयोजना गरेर उत्साहजनक तरिकाले फस्टाएको छ पर्यटन व्यवसाय त्यहाँ | मलाई लाग्छ यहाँको प्रभाव प्रवाह भई हाल जलुक पनि सिक्किमको पर्यटन मानचित्रमा खूबै राम्ररी स्पष्ट तौरको साथ चिन्हितहुँदैआएको छ | गर्व लाग्छ त्यस क्षेत्रमा यी सब फलदायक प्रयास र परिणामहरु देखेर | गर्व लाग्छ हाम्रा पिता-पूर्खाले सही निर्णय लिई यस पाखा-पखेरु वन-जङ्गल फाँडेर आफ्नो प्राणको बाजीसमेत लगाएर समुन्नत ढङ्गले यस ‘कालो पहाड’ कहिल्याउने रिनाकलाई आफ्नो पौरख र दूरदर्शितापूर्ण योगदानले सिक्किमलाई सिक्का मात्र दिएनन् पछि यो व्यवसाय समाप्त भएपछि त्यहाँको अनुकूल हावा-पानीको फायदा उठाउँदै विश्व प्रसिद्ध चन्द्र नर्सरी स्थापित गरी त्यस समय आफ्नो सुझबुझले फल-फूल उद्योगद्वारा आफनो, आफ्नो परिवारको मात्र नभई सानो हिमाली राज्य सिक्किमलाई पुष्प उद्योग जगतमा प्रतिष्ठापित गरी विश्वको मानचित्रमा राखे |
फलस्वरूप, तत्कालीन सरकारले त्यहाँ डाक र तार घर सो समयमा नै शुरु गरे अनि आई पुगेका हुन्छन् यहाँ रिनाकमा जन्म लिन नेपाली सहित्य जगतका सुप्रसिद्ध कथाकार शिव कुमार राई | केही पछि अर्का साहित्यकार हर्क जङ्ग सिँह छेत्री यहाँ डाक बाबु भई सेवारत हुन् पुग्छन् | सिक्किममा आदिकवि भानुभक्त आचार्यको पूर्णाङ्ग सालिग सन् १९८१मा राजधानीमा स्थापित भएको हो | तुरन्तै अर्को सालिग १९८३ सालमा रिनाक बजारमा निर्माण हुनपुग्छ टक्सारी चन्द्रवीर नेवारद्वारा स्थापित श्री श्री श्री धनेश्वर शिवालय महादेव मन्दिर परिसरमा उहाँका नाती स्वर्गीय भीष्म प्रताप प्रधानको विशाल र उदार हृदयताले अनि त्यहाँका कर्मठ र समर्पित साहित्य-प्रेमीहरुको पहल र प्रयासमा | ऐतिहासिक रिनाकको शोध-अनुसन्धान कार्य गर्दा स्थानीय वा साहित्यिक इतिहास लेख्नपरे यी तथ्यहरु राख्न अति जरुरी छ | यदि यहाँ कसै व्यक्तिले या कुनै सङ्घ वा संस्थानले यसबारे कुनै अध्ययन आधारित लेखन-प्रकाशन गर्छ भने यो एक महत्वपूर्ण पाटा हो हाम्रो समाज अनि गौरवको | यो बिना सब कुरा अधुरो ठहरिने छ |
उहिले यी सब ठाउँ सिल्क रुटमा पर्ने कालेबुङ, अलगढ़ा, पेदोङ्ग, रेशी भई रिनाक पुगेपछि उकालो आरिटार यता गुम्बा-डाड़ा हुँदै चन्दने, हात्तिछेड़े र रचेला छाड़ी उता ओरालो चुङ्गथाङ्ग गढ्ढी, दलपचन्द, रङ्गेली, लामातेन, फदामचेन, जुलुक, कुपूप, जलेपला, शेराथाङ्ग आदि रिनाक वरपरका भएकाले रिनाक नै लाग्ने | सम्झना आउँछ मेरा बुवा कसरी एक पटक आफ्ना ससुरा राई साहेब रत्न बहादुर प्रधानसित जलुक - कुपूप हुँदै शेराथाङ्गसम्म सुनाखरी फूल-उद्भिद्-वनस्पतिको खोज-अनुसन्धान अभियानमा घोड़ा-सवारी साधन बनाई दल-बलकासाथ गएका थिए | उहाँका भाई बाबु दुर्गा शमशेर प्रधानले सीतापुर उत्तर प्रदेशमा नेत्र-शैल्य चिकित्सा गराउँदा दृष्टि नै गुमाएकाले आफ्ना दीर्घकालीन वृद्धावस्था ओछ्यानमा नै बिताउने वाध्यता भोग्न परेको थियो | आश्चर्य यस कुरामा मलाई लाग्छ कि उनको अति कुशाग्र स्मरण-शक्तिले आफ्ना छोरा वा कर्मचारीलाई त्यहाँका भीर-पाखातिर कुन ठाउँ, कुन रुखमा, कुन सुनाखरी वा उद्भिद् पाउन सकिन्छ सो बताउनसक्थे | तर अब चौतर्फी विकास भनूँ वा आधुनिकताको शिकार भएर हामी साँगुरिएरगएका छौं | समष्टि-समष्टिमा विभाजित छौं प्रशासनिक सुविधा भन्दा राजनैतिक सुविधा भनौं वा सहुलियतको लागि – रिनाक हाल अर्कोतिर सरेर गएको छ, तारपिन र रोड़ाथाङ्गभन्दा परै | पहिलेका सब हामी केवल मूक दर्शक भई सब हेर्न – बुझ्नभन्दा धेर !
---