प्रेस विज्ञप्ति
अक्षय तृतीय २ मई २०१४
दुर्गाप्रसाद श्रेष्ठ
अभिनन्दन ग्रन्थ
अति विशिष्ट साहित्यिक महानुभावहरुको दीर्घकालीन आजीवन योगदानको सराहनामा केही कृतज्ञता व्यक्तगर्ने हाम्रो स्वस्थ परम्पराको क्रमलाई निरन्तरता दिँदै यस पटक हामीले नेपाली साहित्य पत्रिका ‘उदय’का सम्पादक दुर्गाप्रसाद श्रेष्ठप्रति समर्पित एक अभिनन्दन ग्रन्थ तयार गर्ने अठोट गरेका छौं | यो सर्वविदित छ कि उहाँले आफ्नो निरन्तर अथक साहित्य सेवा फलस्वरूप नयाँ सहस्राब्दी प्रवेशसँगै जनवरी-फरवरी सन् २०००मा आफ्ना पिता स्वर्गीय काशीबहादुर श्रेष्ठले सन् १९३७मा स्थापित नेपाली साहित्यिक संकलन ‘उदय’को पहिलो अङ्कको तस्वीर आवरणमा राखिएको पूर्णाङ्क १०० प्रस्तुत गरेका थिए | अनेकौं आर्थिक कठिनाई र स्वास्थ्य-असुविधा झेल्दैभएपनि गत वर्ष १५० विशेषाङ्क दिँदै क्रमशः अब १५३औँ अङ्क प्रस्तुत भइरहेको छ | ‘हैंसेमा होस्टे’ भनेझैं सन् २००३देखि सञ्चालित हाम्रो प्रयास ‘उदय बचाऊ अभियान’द्वारा प्राप्त नेपाली साहित्य जगतका मूर्धन्य साहित्यकार तथा साहित्य अनुरागीहरुको सहयोग र समर्थन बटुल्दै ‘उदय’लाई यस साल ७७औँ वर्ष प्रवेश गर्न-गराउनमा महत्वपूर्ण उत्साहजनक अनि प्रशंसनीय भूमिका निर्वाह गरेको कुरा यहाँ स्मरणीय छ |
सन् २००५-मा करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा ‘जय स्मारक सम्मान’ नेपाली साहित्यप्रतिको आजीवन दीर्घकालीन सेवाको कदर गर्दै साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई १८ मईको दिन काठमाडौँ नेपालमा एक भव्य साहित्यिक समारोह आयोजित गरी वरिष्ठ साहित्यकार एवं समाजसेवी अंगूरबाबा जोशीको बाहुलीबाट उहाँलाई अलङ्करण गरिएको थियो | सन् २०१०मा कुवैटबाट ‘स्पन्दन’द्वारा ‘दुर्गाप्रसाद श्रेष्ठ विशेषाङ्क’ प्रकाशित छ | नेपाली साहित्य सम्मेलन, दार्जीलिङद्वारा सन् २०१२मा नै ‘दियालो पुरस्कार’ले सम्मानित गर्ने घोषणा गरेको छ | नेपाली साहित्य अध्ययन समिति, कालेबुङले यसै वर्ष २६ फरवरीको दिन ‘पारसमणि पुरस्कार २०१४’ उहाँलाई नै प्रदान गरेर एक सही अनि योग्य व्यक्तिलाई मात्र नभएर इतिहास बनिनगइरहेको ‘उदय’ - पूरा एक संस्थानलाई नै पुरस्कृत गरेको छ भन्दा अत्युक्ति नहोला | इतिहास एक पटक फेरि दोहरिँदै यस पुरस्कारको हस्तान्तरण पनि त्यस्तै एक साहित्यिक अलङ्करण समारोहमा यसै साता काठमाडौँमा हुने छ | हाम्रा प्रतिनिधि प्रद्युम्न श्रेष्ठ अगावै त्यहाँ पुगिसकेकाछन् |
‘दुर्गाप्रसाद श्रेष्ठ अभिनन्दन ग्रन्थ’को निम्ति समर्थनमा यता भारत तथा छिमेकी राष्ट्र नेपाल र विदेशमासमेत बसेका उहाँका समस्त साहित्यकार र साहित्य अनुरागी मित्र, परिवारजन र शुभचिन्तकहरुलाई आफ्ना व्यक्तिगत संस्मरण अनि उनका योगदान/कृतिहरुमाथि आफ्ना शोध/अध्ययनपूर्ण लेख, विश्लेषण, आदि पठाउनहुन सहयोग आमन्त्रित गर्दछौं | यस प्रकारको सहयोगले मात्र हाम्रो यो परियोजना सम्भव भई विस्तृत अनि सम्पूर्ण हुनसक्नेछ | यसर्थ सबैले आआफ्ना सहयोग यथाशीघ्र वा ३० सितम्बर २०१४सम्म निम्नलिखित ठेगानामा पठाइदिनहुन हार्दिक विनम्र अनुरोध गर्दछौं |
करुणा देवी स्मारक धर्मार्थ गुठीको पक्षमा
(राजीव शङ्कर श्रेष्ठ)