स्थानीय चिन्तन
जीवन रङ्ग अनेक
बनिन्दै बिग्रिन्दै मेरो पुस्तक
राज्य-दिवसप्रति समर्पित
राजीव शङ्कर श्रेष्ठ
प्रत्येक वर्ष राज्य दिवस आउँदा मलाई मेरो यस दिनप्रति समर्पित सिक्किमको इतिहास अनि यहाँको विधान सभा अनि विधायिकी प्रणालीको विकासबारे मेरो पुस्तक “सिक्किम : थ्री डिकेड्स टुवर्ड्स डेमोक्रेसी” अर्थात् ‘सिक्किम : प्रजातन्त्रतर्फ तीन दशक’ कसरी बनिन गयो भन्दा पनि यो कसरी बिग्रनुगएको सम्झनाले नै मन पिरोल्छ | यस अनौठो दुनियाँमा अन्य धेरै जस्ता विद्वानहरू झैं टाउको नदु:खाउनुमा नै बुद्धिमानी हुन्थ्यो कि अनि व्यर्थको कष्ट झेल्दै वाराणसीको ४० डिग्री सेल्सियसको प्रचण्ड गर्मी खपेर रेलद्वारा पटक-पटक भ्रमण गरेर पनि सिक्किम विधान सभामा पवन पावन दलाई लामाको ऐतिहासिक भ्रमणको समेत यस पुस्तकमा समावेश गर्ने जमर्को गरेँ | उहाँ त्यहाँको सदनमा प्रवेश गर्नसाथ अघिल्तिर भित्तामा सुसज्जित चित्रबारे केही दोष रहेको बताइदिने कृपा गर्नुभएको थियो | त्यहाँको दीर्घामा तयार गरिएको यो पुस्तक कहीं-कतै अपशकुनले ग्रसित त थिएन अहिले एक दशकपछि जीवन सन्ध्याको यस उमेरमा पुगेर राज्य दिवसको अवसरमा यसो पुस्तकको परिणाम हेर्दा मलाई यस्तो लाग्छ | नत्र भने यसको सफलताको लागि अति आवश्यक शुभकामना सन्देश सबै सम्बन्धित महानुभावहरुबाट प्राप्त गरी पुस्तकको शोभा र गरिमामा वृद्धि नगरिएको पनि होइन |
सरकारप्रति म कृतज्ञ छु किनकि मलाई सिक्किम विधान सभामा प्रतिनियुक्ति गरी त्यहाँ सेवा गर्ने अवसर मात्र नभई त्यहाँ पुगेको केही दिनमा नै मैले श्रीलङ्काको भ्रमण गरी त्यहाँ एक महाधिवेशनमा सामेल हुने दुर्लभ सुअवसर पनि प्राप्त गरेको थिएँ | यो मेरो जीवनको आनन्ददायी सर्वश्रेष्ठ स्थानान्तरण थियो जसको सुमधुर सम्झना अझसम्म साँचेर राखेको र प्रिय छ | नत्र भने त्यहाँ मअघि खटिएका मेरा एक मित्रले भन्नेगर्थे त्यहाँ राजनेताहरुमाझ, जहाँका हरेक कर्मचारीहरुसमेत राजनीति गर्नमा खप्पिस छन्, त्यति लामो अवधिसम्म म कसरी टिक्नसकें | म स्वयम् मात्र नभई मेरा कतिपय मित्रहरु पनि यस कुरामा आश्चर्य प्रकट गर्थे कि म जस्तो सरल प्रवृत्तिको अनि राजनीतिदेखि अलग्ग बस्ने व्यक्ति त्यस राजनेताहरुको गुँड़मा कसरी पुग्नगयो !
कहिलेकाहीं म आश्चर्यचकित हुन्छु कि के महिनौं आधा रात अबेरसम्म बसेर अनि एक बिहानै उठेर पुस्तक लेखेर सो महान् दिवसका लागि तयार गर्ने ती सब प्रयास गर्नयोग्य पनि थियो कि ! मलाई आशङ्का थियो कि मेरा अथक परिश्रमप्रति कहींकतै षड्यन्त्र त भई रहेको छैन | त्यसर्थ मैले पूर्व-अनुमति प्राप्त गरी प्रारम्भ गरिएको मेरो यस परिकल्पनालाई सन् २००४-को निर्वाचनपछि त्यहाँका नव-नियुक्त शीर्षस्थसित यसलाई निरन्तरता दिँदै मेरो समर्पित प्रयास सुचारु राख्ने फेरि पनि आदेश प्राप्त गरेको थिएँ | मेरो यस सुप्रयासलाई असमयमा नै तुहाउने हो कि भन्ने आशङ्का लागेर नै पुस्तकलाई सह-प्रकाशनको रूपमा प्रस्तुत गर्ने अनुमतिका साथ यस प्रायोजनाको लागि केही अग्रिम राशि पनि यसको मुद्रणअघि अन्तिम क्षणमा स्वीकृत गराई प्राप्त गरेको थिएँ | पाण्डुलिपिलाई समय-समयमा हेरेर आफ्नो सलाह-विचार दिनुको लागि अधिकारीहरुको तीन-सदस्यीय समिति पनि गठन गरिएको थियो | यति मात्र नभई यो पाण्डुलिपिको सिङ्गै फाइल शीर्षस्थलाई घरमा गई परिवारकासाथ आराम तथा विस्तारपूर्वक हेरिदिने आग्रह अनि केही सुझाउ-सलाह भए जान्न पाउँ भन्ने अनुरोधको साथ प्राय:जसो प्रत्येक सप्ताहान्त दिनेगर्थें | यस सन्दर्भ-ग्रन्थमा के थिएन र - वर्तमान पृष्ठभूमि, पूर्व-इतिहास, विधायिकी-विकास, राज्यप्रेम/देशभक्ति सबै विषय-वस्तु नै थिए | कि नहुनुपर्ने आपत्तिजनक सामग्री राखिएका थिए – उसो हो भन्ने उहाँहरुसित अग्रिम रूपमा सो बताइदिने अधिकार अनि हटाइदिने मेरो सेवा पनि उपलब्ध थियो | यतिका यत्नपूर्वक कदम चालिएको भए तापनि यस्तो परिणाम देखेर नै मलाई आज अब यस्तो लाग्न थाल्यो कि साँच्चै के यो पुस्तक बनिन रोक्न नसकिएकोले नै बिगारिनगएको हो |
राज्य दिवस तारिख १६ मई २००५-को अवसरमा लोकार्पण गरिनुपर्ने मेरो यो पुस्तक खुबै व्यक्तिगत प्रयास अनि अनेकौं विन्ती फलस्वरूप धेरै समयपछि अन्त्यमा एक अति साधारण तरीकाले केही स्थानीय सञ्चार कर्मीहरुको उपस्थितिमा हुनुगएको थियो | यसको कारण तत्कालीन अध्यक्ष अति व्यस्त भएको कारण उहाँले यो कृपा गर्नको लागि समय निकाल्न असमर्थ भएका थिए | त्यस वर्षको शुरुमा गरिने बजेट सत्रको लागि तत्कालीन राज्यपाललाई औपचारिक सम्बोधनको निम्ति अध्यक्षको साथमा निमन्त्रणा गर्नजाँदा त्यो वर्ष तीन दशक पूरा हुनाले विशेष भएकोले सो अवसरमा सबै राज्यहरुमा आसीन राज्यपालहरुलाई निम्त्याएर भव्यताका साथ राज्य दिवसको यहाँ मनाइने कुरा पनि अवगत गराएका थिए | तथापि त्यस्ता कुनै समारोह हुनु गएन | केही महिनापछि संसद भवनमा आयोजित सबै राज्यका विधान सभा अध्यक्षहरुको महासभामा सबै उपस्थित अध्यक्ष, उपाध्यक्ष र सचिवहरुलाई यो पुस्तक उपहार स्वरूप दिने निर्णय भयो | यसको निम्ति अध्यक्ष, उपाध्यक्ष र सचिवले आफ्ना प्रतिरुपलाई दिनु आवश्यक शुभेक्षा-पत्र पनि तयार गरिएको थियो | यद्यपि दिल्ली प्रस्थान गर्ने अघिल्लो रात अध्यक्षद्वारा टेलिफोन गरेर पुस्तकको बण्डलहरु नलैजाने निर्देशन हुन्छ | मसित केही प्रति साथ लगेको थिएँ र त्यहाँ पुगेर तत्कालीन लोक सभा अध्यक्ष सोमनाथ च्याटर्जीलाई टक्र्याउने अनुमति माँग्दा मैले व्यक्तिगत रूपमा मेरो निजी तर्फबाट त्यो गर्न सक्ने आदेश हुन्छ | यही नै मेरो लागि वास्तवमा नै “एक गर्वको क्षण” हुनुजान्छ !
भारतका तत्कालीन राष्ट्रपति सिक्किम भ्रमणमा आउने निश्चित भए पछि उनका कार्यालयबाट सिक्किमको विधान सभाबारे जानकारी माँगीपठाएकाले मैले राष्ट्रलाई समर्पित सेवा व्यक्त गर्न यही पुस्तक पठाउने मौका पाएको थिएँ | केही समयपछि चाँड़ै नै मैले अर्को अवसर यो पुस्तक राष्ट्रपति ए.पी.जे. अब्दुल कलामलाई सिक्किम विधान सभामा सम्बोधन गर्न आउनु हुँदा व्यक्तिगत रूपले टक्र्याउने सौभाग्य प्राप्त गरेको थिएँ | यसको साथमा मैले निम्नलिखित कविता पनि पुस्तकमा राखेको थिएँ जसको प्राप्ति सूचना स्वरूप मैले उहाँको नवीनतम पुस्तकमा पनि सो कविता राखेर उहाँको शुभेक्षासाथ हस्ताक्षर प्राप्त गरेको थिएँ | मूल कविता र यसको रुपान्तर यहाँ प्रस्तुत छ:
I owe you all! सबैप्रति म ऋणी !
I owe the blood to my father आफ्नो बुवाप्रति खूनको लागि ऋणी छु
‘Cause I have to pass it on the bloodline to the eternity. किनकि अनन्तको लागि वंशज कायम राख्नुछ
I owe to my mother as well for the milk आफ्नी मुमाप्रति पनि ऋणी कारण दूध
She has fed me with all through these years. मलाई खुवाएकी थिइन् वर्षौं-वर्षसम्म
I owe these all to my motherland for all I received so far अहिलेसम्म प्राप्त यी सबैका लागि म
आफ्नो मातभूमिप्रति ऋणी छु
To make worth of life I am here in this world. यस संसारमा मलाई जीवन-योग्य बनाए बापत्
It’s more so for I have two mothers यो अझ धेर जरुरी हुनुजानेछ कारण मेरा दुइ मुमा छन्
If realized to care - यदि यसो विचार पु-यायौं भने
The one who gave me birth (Sikkim) and एक जसले मलाई जन्म दिइन् (सिक्किम) अनि
The other who rears me up till this day (India)! अर्की जसले मलाई हुर्काइन्-बढ़ाइन् आजसम्म (भारत)
To repay my society whatever received all these years समाजलाई पनि फर्काउनु छ जेजति पाएँ यी सब वर्षहरु
I am so in hurry before it is too late and waiting till the end. यसर्थ मलाई आतुरी छ यो बिना अबेर अन्त्यसम्म नपर्खी
God’s providence is my inheritance and ईश्वर-कृपा मैले पाएको छु मेरो वंश अनि
His grace is forever उहाँको दयादृष्टि रहोस् सदा
For everything is eternal in the nature किनकि प्रकृतिमा प्रत्येक कुरा चिरस्थायी छ
As the majestic and divine Kanchenjungha विशाल अनि दैविक कञ्चनजङ्घा
Protecting and standing behind अटल र अडिग पछि खड़ा छ हाम्रो सुरक्षामा
to fear and care. भय राखी स्वयम् होशियार बसौं |
To the eternity अनन्तसम्म
I owe you all! सबैप्रति म ऋणी !
त्यस ताका मैले तत्कालीन राज्यपाललाई मेरो यो पुस्तक भेट गर्न जाँदा उहाँले हाम्रा एक सहकर्मी*बारे अप्रसन्नता व्यक्त गर्दै उनको अधीनस्थ संस्थानको एक प्रकाशनमा जे लेखे/गरे त्यो एक जिम्मेवार अधिकारीको लागि अशोभनीय/अनुचित ठह-याएका थिए | राज भवनद्वारा मेरो पुस्तकलाई समर्थन व्यक्त गर्दै त्यहाँ आउने अतिथिहरुलाई उपहार स्वरूप दिनु किनिदिएका थिए | दुइ दिग्गज महानुभावहरु शिव शङ्कर* अनि चौधरी रणधीर सिँह*सित त्यहाँ राज भवनमा दुइ-दुइ पटक सेवा प्रदान गर्ने सुअवसर प्राप्त गरेको थिएँ तर मेरो सेवाकालको यस महत्वपूर्ण पक्षलाई कार्मिक विभागले मेरो सेवा-विवरणमा नराखिदिएकोले मन अझैं पनि खिन्न छ |
यस पुस्तकमा परम पावन दलाई लामाको भ्रमणका तस्विरहरु प्रकाशित गरिएका हुनाले मलाई उहाँलाई सो टक्र्याउने र उनको एक पटक फेरि आशीर्वाद ग्रहण गर्ने आन्तरिक इच्छा थियो | सन् २००६ सालमा प्याराग्लाइड़िङ्गको तालीम व्यवस्था मिलाउनु सरकारी कार्यवश मनालीजाँदा बाटोमा धर्मशाला जाने अवसर प्राप्त भएको थियो | तर उहाँ विदेश भ्रमणमा भएकाले मैले सो मौका नपाउनाले त्यहाँ मेक्लियोडगञ्ज अवस्थित उहाँको पुस्तकालयमा भेट चढ़ाएको थिएँ | मेरो त्यस भ्रमणमा मलाई पालमपुरको ‘हिमालय जैव सम्पदा प्रौद्योगिकी संस्थान’मा पुगेर मैले विज्ञान एवम् प्रौद्योगिकी विभागमा सेवारत छँदा प्रस्तुत पुस्तक ‘विकासको गोरेटो : ग्रामीण प्रौद्योगिकी’ तयार गर्नमा त्यहाँबाट प्राप्त सहयोग-समर्थनको लागि धन्यवाद चढ़ाउनु सकेको थिएँ |
प्रकाशनको अहिले एक दशक बितेर यसमा अर्को एउटा नयाँ आयाम थपिन गएको छ तर जेजस्तो मेरो पुस्तकले झेल्न प-यो त्यसलाई बिगारिएको भन्न पनि म हिचकिचाउँदिनँ | आज आफ्नो जीवन यात्रामा साँझ पख यहाँ पुगेर सम्झनाको गोरेटोमा यसो लाग्दा यसको सर्वोत्तम पल त्यस “एक गर्वको क्षण” शीर्षक तस्वीरमा कैद भएको लाग्छ | भनिन्छ एक तस्वीरले हजारौं शब्द बोल्दछ अनि वास्तवमा पनि - यस लेखकको मुहारमा व्यक्त हर्षोल्हास र प्रसन्नता हर्नुहोस् अनि त्यस विपरीत त्यहाँ उपस्थितहरुमा कसै अन्यको उदासीनता हर्नुहोस् – मैले यहाँ केही लेखिराख्न आवश्यक देख्दिनँ !
---
सन् २०१२ साल राज्य दिवसको अवसरमा ‘सिक्किम सेवा रत्न’ उपाधिले सुशोभित भीमबहादुर गुरुङ्ग (जन्म १९२९) हाम्रो ३५ वर्षीय पुरानो पारिवारिक व्यापारिक प्रतिष्ठान ‘रचना’मा पनि आएका थिए | उहाँले रमणलाई ‘सिक्किम : थ्री डिकेड्स टुवर्ड्स डेमोक्रसी’ केही समय अघिदेखि एक खुबै उपयोगी सन्दर्भ ग्रन्थ हुनुगएको र यस बिना उहाँ काम-कुरा गर्न नसक्ने भएको विज्ञ विचार व्यक्त गरेका थिए | उहाँले यो कुरा पनि जानकारीमा ल्याएका थिए कि सन् १९७३ सालको मई ८ सम्झौता हस्ताक्षर गर्ने १५ व्यक्तिहरुमा अब उहाँ एक मात्र त्यस ऐतिहासिक घटनाका जीवित साक्षी हुन् |
पुस्तक विमोचन भएको केही दिनपछि सिक्किम विधान सभाका तत्कालीन अध्यक्षले यसको एक प्रति उहाँलाई हेर्न अनि विचार/टिका-टिप्पणी व्यक्त गर्न दिएको कुरा मलाई भनेका थिए | यतिका दिनहरुमा उहाँका बहुमूल्य विचारहरु जान्ने-बुझ्ने अवसर उपरोक्त भेट नहुन्जेल भएको थिएन | उहाँसित भएको आफ्नो प्रति कसैले पढ़्न माँगेर लगेको तर न फर्काइदिएकोले, जुन प्राय:जसो असल उपयोगी पुस्तकसित हुनेगर्छ अनि सो व्यक्ति यसको नयाँ मालिक हुनु गएकोमा खुशी हुन्छ भने, श्री गुरुङ्गले कष्ट उठाउनु परेको थियो |
आफ्नो विलक्षण स्मरण-शक्ति प्रदर्शन गर्दै उहाँको रमणका हजुर-बुवा जयशङ्कर लाल श्रेष्ठ*सित सन् १९५८मा नै भेट भएको सम्झना गरेका थिए | मेरा बुवाले आफ्नो ससुराली गाउँ रिनाकमा शिक्षाको किरण फैलाउन आफ्नो जीवन सो बेलादेखि नै अर्पण गरेका थिए | यो स्वयम् पनि एक ऐतिहासिक स्थल मात्र नभएर यहाँका राइ साहेब रत्नबहादुर प्रधान* र दुर्गाशमशेर प्रधान* दुइ भाइले आफ्ना पिता टक्सारी चन्द्रवीर नेवार*को स्मृतिमा सन् १९१० सालमा स्थापित विश्व-विख्यात चन्द्र नर्सरीले सिक्किमलाई विश्वको पुष्प-उद्योग मानचित्रमा सुस्थापित गरी चिन्हित गरेका थिए | श्री गुरुङ्गले दुइ परिवारहरुमाझ भएको स्निग्ध, सद्भाव र मैत्रीपूर्ण सम्बन्धको पनि जिक्र गरेका थिए |
श्री गुरुङ्गको प्रसङ्गले मलाई “च्याखुङ्ग डायरी १९५८” तर्फ डो-याउँछ जसका लेखक बद्रीनारायण प्रधान*(१९२७-२०१०) हुन् जसलाई डा. इन्द्रबहादुर राईले ‘एक सक्रिय राजनैतिक कार्यकर्ता, एक अध्ययनशील व्यक्ति, एक गम्भीर साहित्यिक लेखक एक अति इमानदार पुरुष’को रूपमा चिन्हित गरेका छन् | यो पुस्तक हाम्रो ‘जय स्मृति शोध ग्रन्थालय’मा सुसज्जित अनि सुरक्षित छ | अस्सीको उमेर पार गरेकी मेरी मुमा इन्दिरालाई पनि यो पढ़ेर खुबै आनन्द लागेको र पुराना सम्झनाहरु ताजा भएर आफैलाई कालेबुङका आफ्ना सन्तान, परिजन अनि साथीहरुसित, जसमा कन्भेन्ट स्कूल पढ़्दा श्रीमती शङ्ख गुरुङ्ग* पनि थिइन्, एक पटक फेरि हुनुपाएको अनुभव गरेकी थिइन् |
विश्वास लाग्दैन कि यसको अघिल्लो वर्ष श्री गुरुङ्गले मलाई फोन गर्दा उहाँले स्वयमलाई भूतपूर्व मुख्यमन्त्री भनी परिचय दिएका थिए | उनले कालेबुङका एक पुराना परिचितलाई उनको पुस्तक छपाउन ‘रचना’बाट प्रकाशित गर्न प्रबन्ध मिल्छ कि भन्ने जिज्ञासा राखेका थिए | मैले खेद व्यक्त गर्दै असमर्थता जनाएको थिएँ किनकि पुस्तकको बिक्री-वितरण समस्या भएकोले गर्दा हामी लक्षितवर्ग अर्थात् पाठकहरुसमक्ष पुग्न असमर्थ भएका हुन्छौं यद्यपि यसतर्फ हाम्रो प्रतिष्ठानको हरदम अथक प्रयास रहेको हुन्छ |