दिवङ्गत साहित्यकार शरद् छेत्रीको ६६ औँ जन्म जयन्ती २० जून २०१३ बिहिवारको दिन नेपाली साहित्य सम्मेलन दार्जीलिङको सुधपा प्रेक्षा-गृहमा ‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पण समारोहमा
करुणा देवी स्मारक धर्मार्थ गुठीको पक्षबाट श्री राजीव शङ्कर श्रेष्ठद्वारा प्रस्तुत स्वागत भाषण
आदरणीय मुख्य अतिथि श्रद्धेय श्री कृष्णसिंह मोक्तान, सभाध्यक्ष श्री गोपीचन्द्र प्रधान, विशिष्ट अतिथि श्री प्रेम प्रधान अनि विशेष अतिथि श्रीमती शोभा छेत्री तथा मञ्चमा आसन ग्रहणगरेका साहित्यिक महानुभावहरु साथै उपस्थित सज्जन अनि महिलावृन्द
सर्वप्रथम म यहाँ हाम्रा संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठ लगायत हामी सबैका दिवङ्गत पितृहरुको अनि स्वर्गीय शरद् छेत्री पुण्य-स्मृतिमा केही क्षणको मौन धारणकासाथ श्रद्धाञ्जलि अर्पण गर्नहुन आह्वान गर्दछु| धन्यवाद!
यहाँहरुलाई म, राजीव शङ्कर श्रेष्ठ, मेरो व्यक्तिगत साथै हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठीको पक्षबाट श्रद्धासाथ स्वागत अभिवादन टक्र्याउँदछु र यहाँहरु सबैले आज यसरी पाउँकष्ट गर्नभइ यस ‘शरद् छेत्री स्मृतिग्रन्थ’ लोकार्पण समारोहको शोभा अनि गरिमा बढाई दिनुभएकोमा हार्दिक कृतज्ञता अर्पण गर्दछु|
म स्वयम् एक कुशल वक्ता नभएकोले क्षमा-याचनासाथ मेरो यो लिखित उद्-गार यहाँहरुको अनुमतिकासाथ यहाँ राख्दैछु|
---
साहित्यिक महानुभावहरुको विशिष्ट उपस्थितिको यस दुर्लभ अवसरमा साहित्यबारे हाम्रा विभूति कविकेशरी चित्तधर ‘हृदय’, जसको १०७ औँ जन्म-जयन्ती भर्खरै मनाइयो, यस साहित्यिक महानुभावहरुको सुखद् उपस्थितिको दुर्लभ अवसरमा साहित्यबारे हाम्रा विभूति कविकेशरी चित्तधर ‘हृदय’-लाई स्मरण गर्दै उहाँकै एक पंक्तिकासाथ श्रद्धाञ्जलि अर्पण गर्दछु :
साहित्य
“भाँडो शरीर मसिको, मसि रक्त बन्छ,
मस्तिष्क कागज भनि अनि सिद्ध हुन्छ
नाडी महाकलमले जुन भाव लेख्छ
'साहित्य' त्यै उचित भन्नु अवश्य पर्छ l”
कविकेशरी चित्तधर 'हृदय'(ने.सं. १०२६-११०२)
शारदा वर्ष १ सङ्ख्या ७ संवत् १९९२
(साभारकविकेशरी चित्तधर 'हृदय'- जीवनी र व्यक्तित्व)

RSS Feed