पितृ-पक्षको पुनीत पावन अवसरमा श्रद्धान्जलीस्वरूप
राजीव शङ्कर श्रेष्ठ
बुवा प्रति म हुन्नँ ऋणमुक्त कदापि
कारण पाएको छु उनीबाट रक्तबीज, अनन्त सम्मन् वंशज कायम राख्नलाई
मुमा प्रति पनि म ऋणमुक्त हुन्नँ कदापि
कारण दुध चुसेको छु मैले अनि हुर्काएकी छिन् वर्षौं उनीले मलाई
आज पर्यन्त यी सबैका लागि छु म आभारी आफ्नो मातृभूमिप्रति
कारण संसार नै पाएकोमा छु मैले अनि यस अमुल्य जुनी
यो तब अझ हुन् जान्छ खप्न-सहन दोबर गह्रौं कठिन अनि
कारण जब बुझ्छौं कि छन् दुई आमा मेरा पनि
एक - सिक्किम - जसले जन्म दिईन् मलाई अनि
अर्की - भारत - जसले हुर्क्याईन् पालन पोषण गरि
कारण ऋणी म छु सबैप्रति !
समाज जसले दिएको छ सबै आज पर्यन्त जे जति
यसैले म आतुरीमा छु अबेर नगरी-नपर्खी अन्तिम घडी
ईश्वरको वरदानस्वरूप पाएको छु विरासतमा सृष्टि
उनैको अनुकम्पा अनि दयादृष्टि लिई विशिष्ट अति
कारण प्रकृति नै अनन्तको हो एक अद्भुत रीति
महान् र पावन कंचनजंघा पर्वत शिखर जति राखी आकांक्षा र जिती
सुरक्षामा र सतर्क रही सधैं समर्पित यसप्रति
राख्न जरुरी छ भय-दृष्टि र यत्न अति
युगौं-युगौं सम्म, अनन्त-अनन्त सम्म कष्ट झेल्दै-सहँदै-बाँच्दै खटी
फर्काउन परेका यी गुणहरु अपरम्पार समय अब रहेको छैन कति

भारतका महामहिम राष्ट्रपति ए पी जे अब्दुल कलाम सन् २००५-मा सिक्किम भ्रमणमा आउनु हुँदा आफ्नो पुस्तक
Sikkim : Three Decades towards Democracy को एक प्रति संगै टक्र्यायिएको "I owe you all!" कविताको नेपाली प्रस्तुति स्वीकार गर्नुहोस् -
पितृ-पक्षको पुनीत पावन अवसरमा श्रद्धान्जलिस्वरूप!