इन्द्रजात्रा मनाउँदै – सिक्किममा नेवारहरु
- राजीव शङ्कर श्रेष्ठ
सिक्किमका महामहीम राज्यपाल श्री श्रीनिवास पाटिल र प्रथम महिला श्रीमती रजनी देवी पाटिलले इन्द्रजात्राको पावन अवसरमा सिक्किमका जनता विशेषत: नेवार जातिप्रति न्यानो शुभकामना पठाउने दया गर्नुभएको छ| यस कृपादृष्टिले हामी अनुग्रहित छौं र समस्त सहनागरिकहरुसित यो शुभ सन्देश फैलाउन चाहन्छौं औ समाजको बृहतर हितमा यस पूजाको अवसरमा समस्तजनलाई वरदानका साथै सुरक्षा र मेल-मिलाप प्रदान गरुन्|
हामी हाम्रा सम्माननीय मुख्यमन्त्री महोदय अनि सिक्किम सरकारप्रति सन् १९९५मा हाम्रो नेवार भाषालाई यहाँका अन्य भाषाहरु सरह राज्य भाषाको मान्यता प्रदान र त्यस पश्चात् यसको समृद्धि र विकासमा टेवा अनि साथै भर्खरै सन् २०११मा इन्द्रजात्रा लाई सार्वजनिक विदाको घोषणा गर्नु भएकोमा हामी कृतज्ञता व्यक्त गर्दछौं| यस गुणप्रति आभारी भई हामी हरेक अवसरमा र प्रत्येक समारोहमा यस महान् दयादृष्टिप्रति धन्यवाद टक्र्याउन र हाम्रो संवर्धना जनाउन सदैव उत्सुक र सदा तत्पर स्वयमलाई पाउँछौं|
इन्द्रजात्राबारे हामी फेसबुकमा नेवा: म्हसिका (नेवा: परिचय) पृष्ठबाट यो अंश उद्धृत गर्दछौं:
“हामी नेवार एक सभ्य जाति भएकाले नै हाम्रा विभिन्न चाड-बाड र उत्सवहरू प्राचीन कालदेखि नै तत्परताका साथ मनाइरहेका छौं| सालभरि नै यी चाड-बाडहरु मनाइरहेका हुन्छौं, ‘इन्द्रया पुन्हि’(इन्द्रको पूर्णिमा) काठमाडौँमा मनाइने यी मध्ये एक ठूलो त्योहार हो| समय अन्तरालमा यो त्योहार येंया पुन्हि अनि इन्द्रजात्रा भनी परिचित भयो| ‘या’ वा ‘जात्रा’ संस्कृत शब्द ‘यात्रा’बाट आएको हो| इन्द्रजात्रा जसको अर्थ ‘सवारी’ वा ‘यात्रा’ हो - यो हाल एक चर्चित विषय भएकोले म त्यसबारे केही उद्धृत गर्ने अवसर छोप्दै यहाँ उल्लेख गर्न चाहन्छु|
“यो उत्सव लिच्छवी राजा गुणकाम देवले प्रारम्भ गरेको भन्ने विश्वास गरिन्छ जब कि विभिन्न रथ यात्राहरु अनि अन्य प्रावधानहरुको चलनका लागि मल्ल राजा जय प्रकाश मल्लप्रति श्रेय जान्दछ|हनुमान ढोका अवस्थित पुरानो राजमहल अघिल्तिर योशिं स्तम्भ खडा गरेर त्योहार शुरु हुँदछ अनि त्यसलाई त्यही स्थानमा ढालेर अन्त हुँदछ| यस अवसरमा ‘आजु द्यो’ वा ‘आकाश भैरव’को मुखुण्डा प्रदर्शित गरिन्छ अनि देवताहरुका राजा इन्द्रको मूर्तिसँगसँगै पूजा गरिन्छ| सवभकु, लाखे, महाकाली, पुलूं किसी, देवी नाचहरु यस अवसरमा नचाईन्छ| दिवङ्गत आत्माहरुको सम्झनामा ‘उप्पाकु (उपाउ)’ नाच पनि देखाइन्छ| त्यसरी नै दश अवतार पनि प्रदर्शित गरिन्छ साथै ‘डाकिनी’ नाच पनि देखाइन्छ| काठमाडौँमा विभिन्न ठाउं हरुमा चढाइएको ‘समय बजी’को भव्य प्रदर्शनी पनि गरिन्छ|
“यो चाड़ काठमाडौँ का नेवार जातिका सबै जात र थरका अनि साथै विभिन्न गुठीहरूले खटाइएका आफ्ना-आफ्ना जिम्मेवारीको निर्वाह गर्नका साथै एक अर्कालाई सहयोग पु-याएर सुचारुपूर्वक व्यवस्थापन गरी त्योहारलाई संयुक्तरुपमा सफलतासाथ सम्पन्न गर्दछन् | यस प्रकार यो चाड एक त्योहार मात्र नभई नेवार जातिमाझको धार्मिक र सांस्कृतिक मेल-मिलापको एक अवसर अनि साथै प्रतीक पनि हो|” (शब्द साभार: मार्क श्रेष्ठ र अरुण श्रेष्ठ वुजु )
त्यही स्रोतका एक मित्रले सम्झना गराउँछन् कि इन्द्रजात्रा दिवस चाहिँ त्यो दिन हो जब कि नेवारहरुले आफ्ना राज्यहरु पृथ्वी नारायण शाहको अघि परास्त भई केही शताब्दी अघि गुमाएका थियौं| मेरा मित्रहरु यसबारे अझ जान्न उत्सुक हुनुहुन्छ भने तल दिइएकोबाट छोटकरीमा थप जानकारी प्राप्त गर्नुहोस्:
नेवार राज्यहरुको पतन – केही अंश जर्मन लेख ‘नेपालको लुप्त इतिहास’बाट
अष्ट्रियन पत्रकार डा. हान्स जर्ज बेहरले जर्मन भाषामा लिखित आफ्नो पुस्तक ‘नेपाल गेस्चेंक देर गोत्तर’ अर्थात् ‘नेपाल – ईश्वरको उपहार’मा नेवार राज्यहरु कसरी गोर्खाहरुअघि पराजित भए इतिहासको लुकाइएको पाटालाई उजागर गरेका छन्| भिएना अष्ट्रियामा जन्मेका तर हामबर्ग जर्मनीमा बस्ने डा. बेहरद्वारा लिखित पुस्तकलाई चकना नेपाम्हीले अंग्रेजीमा अनुवाद गरेका छन् भने यसको नेपाल(नेवार)भाषामा रुपान्तर विनोद सायमि ‘अला’ले गरेकाले इतिहासको लुकाइएको घटनाक्रम हालै प्रकाशमा आएको छ| कि ता हाम्रा धेरै जस्ता इतिहासकारहरुलाई यी घटनाक्रमबारे केही ज्ञान थिएन वा अनभिज्ञ थिए नभए १८औं शताब्दीमा नेपाल मण्डल भित्रका नेवार राज्यहरु कुन घटनाक्रम अन्तर्गत् पतन हुनगए त्यसबारे तथ्य राख्न अनिच्छुक थिए| यस पुस्तकमा दिइएको बयानले नेपाल एकीकरणको प्रचलित धारणाको विरोध गर्दै अस्त-ध्वस्त पारेकोछ| (स्रोत : द् नेवाः, हामबर्ग, जर्मनी)
---