कृतज्ञ छौं, धन्यवाद सबैप्रति !
कृतज्ञ छौं हामी दुवै यहाँ आएर पाएका माया ममता स्नेह सबै अति
शब्द पाउनु गाह्रो भयो बोझिल मन वर्णन गर्न यी सब नै पाए जति
कम हुने छैन सम्झनामा लिईगएका छौं नबिर्सन अब सबै जे जति
आँखा भरी आउँछन् , कृतज्ञ छौं - धन्यवाद हाम्रो सबै नै प्रति !
आमा भन्छिन् यही त हो उमेरसँगै घुम्ने र गई भेट्ने पनि
जीवन भरी त संघर्ष गरेकै हो जुझ्दै बाझ्दै झेल्दै सबै अति
अब रहेका केही दिनहरु किन न बिताउँ हामी केही सँगै बसी
के रह्यो र लानु छ हामीले, पुण्य कमाउँ फर्काई समाज प्रति !
जीवनको सार के रहन्छ यदि खुशी छैनन् आफ्नैहरु हामी पनि उनीहरुप्रति
केही बाटा बिराए, यी पनि हुन् यदि चाहेमा गरौँ न पिता-पुर्खाका स्मृतिमा पनि
आज हुन् गएको स्थापना न्हुँ दं ११३१ म़ा गिरिजा ज्ञान गुठी म्हपुजाम़ा सँगै बसी
सफल यहाँसम्म, आऔं न सबै सँगै अब प्रण निर्भर छ गर्नमा सुकार्य चाहे जति !
थाहा छ कठिन यी सब गर्न र बिर्सन ती उहिलेका कटु स्मृतिहरू पनि
यस उमेरमा सफल जब केही कम छैनौं हामी जोड्न र संघर्षम़ा गरी केही
झुक्ने-झुकाउने प्रयास होइनन् बरु जुट्ने-जुटाउने यस गुठीमा यी सबैप्रति
धन कमायौं मन पनि किन नदिऔं फर्काउन गुण समयमा सचेत भई अब केही !
दाईहरुमा ओम् अघि आउँछन् साथ भाई अच्युत सबै यी कुरा बुझी
चिन्छन् सबैले तर गर्न परेका छन् केही ठोस काम कुरा सब मिली
मैले के धेर भन्नु र जब जीवनको दर्शन र धर्म समर्पित छन् यस अघि
देखाउनु छ प्रयास परिणत गरी, उत्सुक शुभकामना छँदै छन् यसप्रति!
किजापुजा सँगै बसी गरेका छौं माया स्नेह बाड़ेका नै हौँ सानै देखि
भूल कहीं कतै कतिपय हुन् गए होलान् भन्न र सुन्न सुनाउनु पनि
ठुलाका कटु वचनलाई असल सही जीवनका पाठ हुन् ती सबै भनी
कहिले कोशिश नगरौं आफैं ती तिता, लागेका चोट गहिरो भए पनि!
समाज अघि छ आफ्नै र घर परिवार एक-एकले बनेको यो समाज पनि
घर सँग-सँगै संगालौं मन जिती साथ दिनेको र आफ्नाहरूका पनि यस अघि
धेरै के गुनासो गरौँ अब म जानु छ टाढा कहिले फर्किने वा न फर्किनेमा नपरी
मुटुभरी माया सम्झनाको लगेका नै छौं मृत्यु पर्यन्त नफर्काउने सक्ने गरी !
राजीव शङ्कर श्रेष्ठ
-----