कालेबुङलाई समर्पित
फेरि पनि धन्यवाद, प्रज्वल - राजीव शङ्कर श्रेष्ठ
बेलायतको अक्सफोर्ड हिन्दू अध्ययन केन्द्रसित सङ्लग्न लेखक, आफ्नो पहिलो कथा-सङ्ग्रह ‘द् गोर्खास् डटर‘द्वारा संसारभरि नै सुपरिचित २९-वर्षीय प्रज्वल पराजुली अक्सफोर्ड र न्यूयोर्कमा समय बॉड़-चुड़ गर्न व्यस्त कहिलेकाँही भने उम्केर हिमालको काखमा अवस्थित आफ्नो प्रिय गृह-नगर गान्तोक आइपुग्छन्| यस पटक यही २० देखि २२ दिसम्बर उनी आफ्नो दोस्रो पुस्तक ‘लेण्ड व्हेयर आई फ्ली’ उपन्यास यहाँ आफ्नो अति प्रिय स्थल रचना पुस्तकमा लोकार्पित गर्न आइपुग्छन्| दिल्ली, गोवा, मुम्बई अनि चेन्नईमा लोकार्पित गरी गान्तोक आइपुगेका प्रज्वल आगामी दिनहरुमा कोलकता, फेरि चेन्नई, बेंगलोर, पुणे, फेरि मुम्बई हुँदै बेलायत फर्किनेछन्|उनको यो नयाँ उपन्यास गान्तोक साथै कालेबुङ अनि डेड़-वर्षीय अद्विक व्यास शर्मालाई - जसलाई यस पुस्तकबाट गम्भीर प्रसङ्ग पढ़ेर सुनाउँदा हाँसिदिन्छ - तीनैलाई समर्पित छ| त्यसपछिका थप दुई दिन पनि यतै व्यस्त रहेका प्रज्वल मसित समय निकालेर भेट गर्छन् – त्यही केही रमाईला क्षणका कुरा यहाँहरु समक्ष प्रस्तुत छ|
सिक्किम शीतकालीन उत्सवमा प्रस्तुत सिक्किमेली चेली नेवार वेशभूषामा भएको एक चित्र स्थानीय दैनिक ‘सिक्किम एक्सप्रेस’बाट आफ्नो फेसबुक ‘नेवार्स इन सिक्किम’ पृष्ठमा राखिरहेको हुन्छु - रमण मलाई प्रज्वल आइपुगेको खबर गर्दछ र भेट्न तल झर्छु| विशालकाय शरीर अझ अग्लो भएको पाउँछु यस एक वर्ष पछि – सफलता साथै प्रसिद्धि पाएर! गोर्खाली खादा लगाइदिएर स्वागत अभिनन्दन जनाउँदछु हाम्रो यस युवा गौरवलाई अनि बधाई दिन आइपुग्छिन् मेरी श्रीमती रञ्जना पनि| पोहोर साल यसै ताका प्रथम पुस्तक लोकार्पण गर्नआएका बेला यसरी नै भेट हुँदाको रमाइलो क्षणलाई चिरस्मरणीय बनाउन हाम्रो वेब साइट करुणागुठी डट कममा हाम्रो एक तस्वीरसित यो उद्गार लेखेर राखेको थिएँ – ‘यहाँको सफलता नै हाम्रो सफलता हो!’ यस पटक त्यही क्रमलाई अघि सार्दै म प्रज्वललाई भन्छु – ‘यहाँको उपलब्धि नै हाम्रो उपलब्धि हो!!’
आफुले गर्दैगरेको काम मन पराएर गरे मात्र उपलब्धि लगातार सम्भव हुँदछ|
बार्ट कोन्नोर