सिक्किममा नेवारहरु र करुणागुठी – एक परिचय नेपा: पासा पुच: अमेरिकायेद्वारा संयुक्त राज्य अमेरिका मेरिल्याण्डको गैथर्सबर्गमा आयोजित नेपाल संवत् ११३६ भिन्तुना तथा २४औँ वार्षिकोत्सवमा २१ नवम्बर २०१५ को दिन करुणादेवी स्मारक धर्मार्थ गुठी, सिक्किमको पक्षमा राजीवशङ्कर श्रेष्ठद्वारा प्रस्तुत ~ ~ ~
ज्वजलप्पा/नमस्कार ! न्हु दँ-या भिन्तुना !!
नेपा: पासा पुच: अमेरिकायेको २४औँ वार्षिकोत्सव साथै नेपाल संवत् ११३६ भिन्तुनाको रमाइलो अवसरमा आयोजित यस भव्य समारोहका आदरणीय मुख्य अतिथि महोदय, माननीय अध्यक्ष महोदया साथै यसका कर्मठ पदाधिकारी तथा सदस्यगण अनि उपस्थित सज्जन तथा महिलावृन्द - यहाँहरु सबैलाई मेरो सादर हार्दिक अभिवादन साथै नयाँ सालको लागि मङ्गलमय शुभकामना ! विशाल भारतको सुदूर राज्य सिक्किमबाट आज म यहाँहरुसमक्ष मलाई दिइएको विषय ‘सिक्किममा नेवारहरु र करुणागुठी’बारे केही कुरा टक्र्याउने सुअवसर पाएकोमा कृतज्ञता प्रकट गर्दै यसलाई नेपाल भाषामा प्रस्तुत गर्न नसकेकोमा क्षमा माँग्दै नेपालीमा नै राख्ने अनुमति चाहन्छु | जन्मदायिनी स्वर्गीय मुमा लगायत हाम्रा पिता-पूर्खाहरु तथा यस संस्थाका दिवङ्गत सदस्यहरुको पुण्य-स्मृतिमा साथै यस वर्ष नेपालको महाभूकम्पबाट ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै मेरो यो वक्तव्य प्रारम्भ गर्दछु |
इतिहासका पानाहरु यसो पल्टाएर हेर्दा सिक्किममा नेवारहरुले आफ्नो अस्तित्व अनि पहिचान स्थापित गर्न हाम्रा पिता-पूर्खाले साहसिक कदम र अटूट लगनको साथ यस हिमाली राज्यलाई महान् योगदान पु-याएका थिए तर त्यही सफलताको बलिवेदीमा आफ्नो मातृभाषा केही पुस्ताअघि नै चढ़ाएकाले नै हामीले यसलाई गुमाइआएका हौँ भन्ने मलाई आज लागेको छ | यसलेगर्दा आज यसरी बोल्ने ठाउँमा आएर वा आफ्ना हकहरुबारे बोल्न पर्दा पनि केही बोल्न नसक्दा हाम्रो मुखबाट जिब्रो नै कसैले थुतेर लगेको अनुभव गर्नु स्वाभाविक लागेको छ | सिक्किममा नेवारहरुको प्रवेश सन् १८४० सालतिर नेपाल खाल्डोबाट दार्जीलिङ हुँदै यहाँ सिक्किम निम्त्याइएर आएका लक्ष्मीदास र भाइ चन्द्रवीर नेवारले सिक्किममा १८६५मा ताँबा खानी खनेर सरकारको पैसा बनाउन टक्सार चलाएकाले ‘टक्सारी’ उपाधिले प्रसिद्ध भए | धान रोप्ने उन्नत तरीका सिकाएकाले कृषि क्षेत्रमा उनको अभूतपूर्व योगदान थियो साथै राजस्व सङ्कलन प्रणाली पनि शुरु गरेका थिए | टक्सारी चन्द्रवीरका छोरा राई साहेब रत्नबहादुर प्रधानले आफ्ना भाइ दुर्गाशमशेर प्रधानसित मिलेर सन् १९१० सालमा आफ्ना यशस्वी पिताको नाममा विश्वप्रसिद्ध ‘चन्द्र नर्सरी’ स्थापित गरेर आजभन्दा एक सय वर्षअघि नै सिक्किमलाई संसारभरि परिचित गराएका थिए | यसको कीर्तिले आकर्षित तत्कालीन भारतका गभर्नर जनरलकी श्रीमती लेडी लिनलिथ्गोले १९४०-सालमा यहाँ भ्रमण पनि गरेकी थिइन् | इतिहास-पुरुष गणेशमान सिँह आफ्नो निर्वासित जीवनको केही समय सिक्किममा ७० वर्षअघि चन्द्र नर्सरीमा टाइपिष्ट कृष्णमानको रूपमा अज्ञातवासमा बिताएका थिए | राई साहेब स्वयम् पनि तत्कालीन महाराजाद्वारा गठन गरेका सिक्किम सलाहकार सभामा नियुक्त हुनुहुने प्रथम नेपाली सदस्य थिए भने उहाँका कान्छा छोरा मोहनप्रताप प्रधान सिक्किम सरकारमा र भारतभरि नै कुनै राज्यको मुख्य सचिवको गरिमामय पदमा पुग्नहुने नेपाली जातिबाट प्रथम व्यक्ति अनि सिक्किम नेवार गुठीका संस्थापक-अध्यक्ष पनि थिए | उहाँपछि टक्सारी वंशजकै राई साहेब भीमबहादुर प्रधानका महिला छोरा यहाँ येल विश्वविद्यालय शिक्षित केशवचन्द्र प्रधान सिक्किम सरकारका मुख्य सचिव र सिक्किम नेवार गुठीका अध्यक्ष रहेका समाजका एक सुप्रतिष्ठित व्यक्तित्व हुनुहुन्छ | मेरा दुवै मुमाहरु यसै टक्सारी परिवारबाट हुन् | साँखुका मूलवासी हाम्रा पिता-पुर्खाहरु भारतको बेतिया, मिर्जापुर हुँदै बनारस पुगेर चौखम्भामा सन् १८८६सालमा व्यापारिक प्रतिष्ठान ‘हरिशङ्करलाल रामशङ्करलाल नेपाली’ स्थापित गरे र यो ‘नेपाली कोठी’को नामले प्रसिद्ध भयो | बुवा जयशङ्करलाल श्रेष्ठ (१९१७-२००३)-को बनारसबाट दार्जीलिङ पुगेका पण्डित धरणीधर कोइरालाद्वारा राई साहेब रत्नबहादुरसितको परिचयले नै यस टक्सारी परिवारमा वैवाहिक सम्बन्ध गाँसिन गयो | ‘नेपाली कोठी’को एक शाखा कालेबुङ दस माइल कोड़ामल बिल्डिङ्गमा थियो | सन् १९५६मा तिब्बत-व्यापार सँगसँगै हाम्रो व्यापार पनि बन्द भएपछि ससुराली गाउँ रिनाकमा आएर बुवाले शिक्षा-क्षेत्रमा आफैलाई समर्पित गरी उल्लेखनीय योगदान पु-याए | सन् १९९५ सालमा बुवाद्वारा स्थापित करुणादेवी स्मारक धर्मार्थ गुठीको सञ्चालकको हैसियतमा म यहाँ मुमा इन्दिराको आशीर्वाद लिई आज यहाँहरुअघि यसरी प्रस्तुत छु |
सिक्किम आगमनको साथै टक्सारी चन्द्रवीरले ‘कालो पहाड़’को नामले परिचित त्यस अभेक ठाउँमा वन-जङ्गल फाँड़ेर, गाउँ-बस्ती बसाएर, रिनाक बजार अनि त्यहाँ श्री ३ धनेश्वर शिवालय मन्दिर र सिक्किमकै पहिलो सामाजिक संस्था ‘रिनाक नेवार गुठी’को स्थापना गरेका थिए | यहाँ भजन मण्डलीद्वारा गायन र नाटक मञ्चनको साथै लाखे नाच अनि जन्माष्टमीमा रथयात्रा निकाल्ने परम्परा पछि १९५०-को दशकसम्म थियो | सन् २००० साल मई महिनामा करुणागुठीको तत्वावधानमा अनि रिनाक नेवार गुठी र सिक्किम नेवार गुठीको सहयोगमा संस्थापक-बुवा जयशङ्करलाल श्रेष्ठ र मुमा इन्दिरादेवीको सहस्र चन्द्र दर्शनम् अर्थात् महारथारोहण वा जंक्वको सुअवसरमा तीन दिनको बृहत् कार्यक्रमसाथ सिक्किमको इतिहासमा पहिलो पटक नव-स्थापित ‘नेवा: भाषा र संस्कृति विद्यालय’बाट प्रशिक्षित परम्परागत नेवार वेशभूषामा सुसज्जित कलाकारहरुद्वारा धिमे बाजा र लाखे नाचसहित भव्य रथयात्रा निकालिएको थियो | यस ऐतिहासिक अद्वितीय रथयात्राले पुरानो परम्परा पुनर्स्थापना भई सिक्किममा इन्द्रजात्राको रूपमा प्रेरित भएर आएको लाग्छ भने सन् २०१२देखि सो दिन सरकारी विदा घोषित छ | यसले तीस वर्षअघिको हाम्रो साहसिक प्रयास सफल भई यो एक माइलखुट्टी सार्थक हुनुगएको लाग्छ | सन् १९८२ सालमा हामी युवाले सिक्किममा अन्य जात-जातिहरुकै झैं हाम्रो पनि एक राज्यस्तरीय सामाजिक संस्था ‘सिक्किम नेवार गुठी’को नाममा हुनुपर्छ भन्ने शङ्खनाद गरेको तर तत्कालीन सरकारबाट उचित सहयोग-समर्थन नभएकोले पछि १९९४ सालमा मात्र नयाँ सरकार गठनसाथ यसको विधिवत पञ्जीकरण हुनुगएको थियो | अर्को वर्ष १९९५ सालमा राज्यका भोटे, लाप्चे र नेपाली भाषाहरु सरह नेवार लगायत अन्य पाँच/छ स्थानीय भाषालाई पनि राज्य भाषाको रूपमा आधिकारिक मान्यता प्राप्त भयो | हाम्रा धनाढ्य भाषा र संस्कृति चिनाउने उद्देश्यले बुवा जयशङ्कर लाल श्रेष्ठको मार्गदर्शनमा अनि मेरी श्रीमती रञ्जनाको सहयोगमा हामीले सन् १९९६ r २००१-मा ‘नेवा: वर्ण, लिपि र भाषा परिचय’ प्रकाशित गर्नका साथै स्थानीयहरुलाई नेवार भाषा सिक्न कक्षा सर्वप्रथम प्रारम्भ गरेका थियौं | त्यस समय सिक्किम सरकारको सूचना एवम् जन सम्पर्क सचिव छँदा सरकारी मुखपत्र ‘सिक्किम हेरल्ड’को एउटा नयाँ संस्करण नेवार भाषामा पनि आफ्नो सम्पादनमा शुभारम्भ गरेका थियौं | यसमा नेवार भाषा सँगसँगै नेपालीमा पनि एक स्तम्भ/’कलम’ राखेर पढ़्न-बुझ्न सजिलो बनाइएको चलन पछि काठमाडौँबाट प्रकाशित ‘लायकु’मा अझ देखिए पनि ‘सिक्किम हेरल्ड’मा सो हराएर गयो - यसको उपयोगिता बुझेनन् कि ठानेनन् ! सिक्किम नेवा: गुठीको मुखपत्र ‘नेवा:’ पनि त्यही समयतिर सम्पादित/प्रकाशित गरी हाम्रो धनाढ्य भाषा, पाक-कला, रीतिथिति, कला र संस्कृतिको राज्यव्यापी गतिविधिको प्रचार-प्रसार मात्र नभई गुठीको क्रियाकलापमा पारदर्शिता स्पष्ट भएको थियो | यसको अन्तिम अङ्क सन् १९९७मा भारतको स्वतन्त्रताको स्वर्ण जयन्तीको अवसरमा सिक्किम सरकार संस्कृति एवम् धरोहर विभागद्वारा आमन्त्रित पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल भाषा मंका खल:द्वारा गान्तोकमा प्रस्तुत तीन-दिवसीय भव्य नेवा: संस्कृतिक साँझप्रति समर्पित थियो जसको एक झलक र सिक्किमको दुर्लभ सिक्का ‘फेसबुक नेवार्स इन सिक्किम’ पृष्ठमा सधैंभरिका लागि हामीले सुरक्षित राखेको देख्न सकिन्छ |
स्वर्गीय बुवाका केही सपनालाई साकार गर्ने क्रममा समाजलाई फर्काउन करुणागुठी अन्तर्गत् हाम्रा केही निजी प्रयास मात्र हुन् | दार्जीलिङ सरकारी कलेजबाट सन् १९६७ साल बी. एस्सी. अनर्स सिद्धाएर वीरगञ्ज निनीको घर जाड़ो महिनाको बिदामा आउँदा त्यहाँ माईस्थान विद्यापीठमा पढ़ाउने अवसर पाएको थिएँ | त्यहाँ नेपाली भाषामा बायोलोजीको पाठ्यपुस्तकको अभाव देखेर मैले ‘सरल जीव विज्ञान’ तुरन्त तयार गरी राष्ट्रिय प्रकाशनलाई छाप्न दिको थिएँ | सो आधार-पुस्तक पढ़ेर नेपालका विभिन्न स्थानबाट धेरै विद्यार्थी पछि डाक्टर वा वैज्ञानिक बन्न प्रेरित भए होलान् अनि तीमध्ये कोही यता अमेरिका वा काठमाडौँमा सेवारत छन् भने कुनै आश्चर्य नहोला | सिक्किममा हामीले भाषा भुले तापनि सामाजिक रीतिथिति र परम्परा साथै सांस्कृतिक धरोहरलाई उहिलेदेखि नै निरन्तरता दिँदै परम्परागत तौरले विधिवत् दशैंमा मोहनीसहितको टीका लगाई र तिहारसम्म आकाश-बत्ती बालेर म्ह: पूजा र किजा पूजा मण्डप बनाई गर्नेगरेको बाल्यकालदेखिको सम्झना मलाई छ | सन् १९९०-को दशकतिर काठमाडौँबाट इन्द्र-जवाहर गुठीबाट प्राप्त सत्यमोहन जोशी लिखित ‘म्ह: पूजा’ पुस्तक व्यापक प्रचार-प्रसारको निम्ति सिक्किम-दार्जीलिङ पहाड़मा वितरण गरेका थियौं | पछि २०१० सालमा यो पुस्तक कतै नपाउँदा नीलम प्रधानाङ्गको अनुरोधमा गुठी अष्ट्रेलियासमेतलाई हामीले यसको नेपाल भाषा संस्करण पठाएका थियौं | लोकगीतहरुको सँगालो भीम तुलाधरको ‘नास:’ केसेट पनि काठमाडौँबाट धेरै संख्यामा किनेर लगी हामीले सित्थैमा वितरण गरेका थियौं |
सन् १९८०-मा बुवाद्वारा स्थापित ‘रचना पुस्तक’ले समाजमा विशिष्ट योगदान पु-याएकोलेनै यसै वर्ष भारत मात्र नभई दक्षिण एशियाकै सर्वश्रेष्ठ पुस्तक पसलमा प्रतिष्ठित भएकोमा हामीलाई गर्व लागेको छ | ‘नेवा: वर्ण, लिपि र भाषा परिचय’ (१९९६) अनि ‘नेवार हामी यस्तै छौं’ (२०१०) जस्ता जातिगत क्रियाकलापमा मात्र हाम्रो गतिविधि सीमित नराखी करुणागुठीले कम दाम धेर ज्ञानको ग्रामीण प्रौद्योगिकीमाथि ‘विकासको गोरेटो’ सीडी रोमसहित सन् २०००-मा प्रकाशित गरेको छ | रचना रजत् जयन्ती कथा प्रतियोगिताबाट सर्वश्रेष्ठ २५ कथाहरु सिक्किम हिमाली भेकका प्रतिनिधि युवा हस्ताक्षरको रूपमा ‘रचना कथा अनुष्ठान २००५’ पनि प्रकाशित छ | सोही साल प्रकाशित मेरो ‘सिक्किम- थ्री डिकेड्स टुवर्ड्स डेमोक्रेसी’ एक उपयोगी सन्दर्भ-ग्रन्थ रहिआएको छ | समय अभावले सबै कुरा यहाँ वर्णन गर्न सम्भव नहुनाले इच्छुक महानुभावहरुलाई कृपया हाम्रो वेब साइट करुणागुठी डट कम हेर्नहुन आमन्त्रित गरिन्छ | यसमा ‘जय स्मृति शोध ग्रंथालय’बारे पनि जानकारी छ | सन् १९३७देखि बनारसबाट प्रकाशित नेपाली साहित्य सङ्कलन ‘उदय’को समर्थनमा ‘उदय बचाऊ अभियान’ थालेको र भर्खरै १५५ औं अङ्क प्रकाशित छ | ‘करुणागुठी डट कम’को अनलाइन उद्घाटन वर्ल्ड नेवा: अर्गनाइजेशनको तत्वावधानमा हाम्रा विज्ञजन त्रिभुवन तुलाधर, दयारत्न शाक्य र डा. बालगोपाल श्रेष्ठको तत्पर समर्थन र सहयोगमा अगस्त २०१० सालमा अनि पहिलो जनवरी २०११को दिन दयारत्न शाक्य लिखित ‘नेवा: भाय् लर्नर’ सीडी सहित पुस्तकको लोकार्पण बाहेक वेब साइट ‘नेवार्स इन सिक्किम’को विधिवत् उद्घाटन शङ्खधर सिरपा समितिका अध्यक्ष पद्मरत्न तुलाधरको बाहुलीबाट मध्यपुर ठिमी नेपालमा भएको थियो | यी सबै नेवार हितका लागि समर्पित महानुभावहरुप्रति गर्वपूर्वक कृतज्ञता यहाँ व्यक्त गर्न पाउँदा हामी स्वयमलाई भाग्यशाली ठान्दछौं | हाम्रा ग्रुप पेज ‘नेवार्स इन सिक्किम’ र ‘करुणागुठी’ फेसबुकमा सक्रिय छन् |
सन् २००५मा रचना रजत जयन्तीको अवसरमा हामीले करुणा गुठीका संस्थापक-बुवाको स्मृतिमा ‘जय स्मारक सम्मान’ र मुमा करुणाको नाममा ‘करुणा स्मारक सम्मान’ शुभारम्भ गरेका थियौं | यसअघि २००४सालमा सिक्किम आएर हामी नेवारहरुबारे शोध-अध्ययन गरे बापत् आभार प्रकट गर्दै डा. बालगोपाल श्रेष्ठको अभ्यर्थना गरेका थियौं | यही वर्ष मार्चमा यसै शोध आधारित प्रकाशित उनको पुस्तक ‘नेवार्स अफ् सिक्किम’को लागि हार्दिक बधाई र धन्यवाद यस मञ्चबाट फेरि पनि टक-याउँद्छु |
हामी नेवारहरु पराकालदेखि नै सिक्किम राज्यमा मात्र नभई संसारका विभिन्न भागमा पुगी जुनै ठाउँ जुनै हैसियतमा सेवारत भए पनि स्थानीय प्रशासन र सरकारप्रति निष्ठा र समर्पण भावसाथ समाज र देशको हितमा योगदान पु-याई आएका छौँ | आज अमेरिकामा पनि यहाँहरुको सफल र असल जीवन यही विशिष्टताको प्रमाणस्वरूप प्रत्यक्ष देख्नपाएको छु | सुदूर पश्चिम अमेरिकाबाट मेरा एक हितैषीले मलाई यहाँ सबै सङ्घ-संस्था एकै लक्ष्य प्राप्तिका लागि समर्पित भएकाले कुनै एकतर्फ नढल्केर मध्यस्थता राख्ने सलाह दिएका थिए तर मैले यहाँ सबै जना एक अर्कासित मिलेर एकअर्काको कार्यक्रममा प्रेमपूर्वक सहभागी भएको हेर्न पाएँ | उहाँहरु सबै ‘सिक्किममा नेवारहरु र करुणागुठी’बारे केही जान्न उत्सुक देखे | यस्तै हो भने कुनै दिन हामी नेवारहरु यहाँ अमेरिकामा भएका सङ्घ-संस्थाहरु माझ मात्र नभई विश्वको कुनै भागमा बस्ने एकै मञ्चबाट मिलेर काम गरी हाम्रा प्रतिभाहरु अनि नेवार संस्कृतिलाई संसारमा नै शीर्ष स्थानमा पुगेको हेर्ने दिन पनि आउला भन्ने कुरामा विश्वस्त छु l हामी नेवारहरु केवल चाड़बाड़को अवसरमा भेला भई रमाइलोका लागि एकबद्धता, बन्धुत्व र सहभागिता प्रकट गर्न मात्र नभई हालै नेपालमा गएको महाभूकम्प जस्तो हाम्रो विकट परिस्थितिमा पनि जुट्न र जुध्न सक्षम भएका छौँ | ऐतिहासिक धरोहर साँखु लगायत नेपालका सांस्कृतिक सम्पदाहरु पुनर्स्थापना गर्न पनि समर्थ र सफल बनौं यही बुद्धि, विवेक, विचार र शक्ति हामी सबैलाई पशुपतिनाथले आशीर्वाद प्रदान गरून् मेरो भक्तिपूर्वक प्रार्थना पनि छ |
यस महान् दिवसको उपलक्ष्यमा समस्त सिक्किमवासीहरुको प्रेम र सदभावनाको रूपमा करुणागुठीको पक्षबाट यहाँ अमेरिकामा विगत केही दशकदेखि हाम्रो धनाढ्य संस्कृति र परम्परालाई भावी सन्तानमा समेत पु-याउने सुनिश्चित गर्दै उल्लेखनीय समाज-सेवा गरिआएको योगदान ध्यान राखी रजत् जयन्ती प्रवेश-वर्षमा यहाँहरुको अथक परिश्रम र निरन्तर समर्पित सेवाको सराहनामा नेपा: पासा पुच: अमेरिकाये-लाई ‘करुणा स्मारक सम्मान’द्वारा सम्मानित गर्नमा हामीलाई गर्व लागेको छ | यस प्रयासद्वारा यस्ता सुकार्यहरु भविष्यमा अझ विस्तृत र सफल भई झ्याङ्गिएर कीर्ति संसारभरि नै फैलिन पुगोस् यही हाम्रो आन्तरिक चाहना अनि हार्दिक शुभकामना पनि छ | यसद्वारा अन्तर्राष्ट्रिय बन्धुत्व र सदभावना अझ बढ़्नको साथै यहाँ उपस्थित महानुभावहरुप्रति साथै विश्वभरी छरिएर बसेका समस्त नेवार बन्धुहरुलाई नयाँ साल नेपाल संवत् ११३६को शुभ उपलक्ष्यमा न्हु दँया भिन्तुना सँगै सुस्वास्थ्य र दीर्घायुको मङ्गलमय कामना टक्र्याउँदछौं | वर्ल्ड नेवा: अर्गनाइजेशनको पनि हामी पक्षधर भएकाले यस अन्तर्राष्ट्रिय गुठीलाई कुनै पूर्वाग्रह बिना सहयोग र समर्थन गरी यसका उद्देश्य र लक्ष्य प्राप्तिमा होस्टेमा हैंसे गर्न सबैलाई विनम्र आग्रह र आह्वान गर्दछु | आउँदो साल २५, २६ र २७ मार्चमा वर्ल्ड नेवा: अर्गनाइजेशनको दोस्रो महाधिवेशन यहाँ वाशिङ्गटन डीसीमा आयोजना हुने जान्न पाएर पनि हामीलाई खुबै खुशी लागेको छ |
अन्त्यमा, केही भूलचुक भएमा माफ़ माँग्दै यहाँहरुले आफ्नो बहुमूल्य समय साँचेर धैर्यपूर्वक सुनिदिने कृपा गर्नु भएको साथै मलाई माया गरेर यहाँ यसरी प्रस्तुत हुने दुर्लभ अवसर दिनुभएकोमा नेवा: पासा पुच: अमेरिकायेको कर्मठ दक्ष टोली लगायत सबै महानुभावहरुलाई एक पटक फेरि धन्यवाद टक-याउँदै मेरो यस वक्तव्यलाई यहीं शेष गर्ने अनुमतिसाथ बिदा चाहन्छु | सुभाय् / धन्यवाद!
Nepa: Pasa Pucha: Amerikaye with The Newars in Sikkim and Karunaguthi
The Newars in Sikkim and Karuna Guthi – A Brief Introduction ~ ~ ~ Key Note Address delivered by Rajiva Shanker Shresta of the Karuna Devi Smarak Dharmarth Guthi on the occasion of the Nepal Sambat 1136 Bhintuna and 24th Anniversary of the Nepa: Pasa Pucha: Amerikaye held on Saturday 21st November 2015 at Gaithersburg, Maryland USA Dedicated to the restoration of Heritage of Nepal
Jwajalappa/Namaskar! Nhu Dan Nepal Sambat 1136-ya Bhintuna
Respected Chief Guest of this august gathering, honourable Special Guest, honourable President of the Nepa: Pasa Pucha: Amerikaye, its executive and other members, distinguished guests, ladies and gentlemen,
On the auspicious occasion of the Nepal Sambat 1136 Bhintuna and 24th Anniversary of the Nepa: Pasa Pucha: Amerikaye I extend warm greetings on my own behalf and on behalf of our Karuna Guthi from the remote Himalayan state of Sikkim in India. It is a rare privilege for me to be before you addressing on this auspicious day but regret my inability to speak in Nepal Bhasha and seek your kind permission to make this presentation on the topic assigned to me - the Newars in Sikkim and Karuna Guthi in Nepali language grateful for being invited here.
On the outset I would like to offer my heartfelt tributes in fond memory of my late Muma Karuna Devi while remembering those who lost their life in the recent Nepal Earthquake and the departed members of this august body and all our forefathers for their contributions to Sikkim making what it is today out of this tiny Himalayan kingdom that could help them to establish themselves securing a unique identity that made the Newars in Sikkim prominent often enviable though very small numbered. In the process we, however, lost our mother language offered to the altar of this success over the generations. As a result when an opportunity came like this to speak or on the occasion most demanding we found dumbstruck as if our tongue had been snatched off to go voiceless.
Retracing the history - In 1840s the Newar brothers Chandrabir and Laxmidas migrated from the Kathmandu valley came to Sikkim invited from Darjeeling and were called Taksari by the people having brought about sea change in the society by starting a mint/Taksar for the Government in 1867 opening copper mines there. They were also known for the pioneering work in the field of agriculture by introducing a more scientific form of terracing in the paddy cultivation system then prevalent in Nepal. They also initiated the Nepalese tenure system that remained in effect until 1950. Rai Bahadur Ratna Bahadur Pradhan with his brother Durga Shamsher Pradhan established The Chandra Nursery in fond memory of their illustrious father in 1910 that put Sikkim in the world floriculture map (read The Chandra Nursery Centenary – A Tribute on www.karunaguthi.com) bringing Vicerine Lady Linlithgow, wife of the then Governor General of India, there in 1940. Flamboyant Ganesh Man Singh spent some time working incognito as Typist Krishnaman there while in self-imposed exile. Rai Saheb himself was the first person to be included in the Sikkim Council by the then Maharaja of Sikkim from the Nepalese community while his younger son Mohan Pratap Pradhan became the first chief secretary to the government of Sikkim from this community to reach such a coveted post in the whole country. He was also the Founder President of the Sikkim Newar Guthi. Another scion of this illustrious dynasty to follow him and become the chief secretary of the Government of Sikkim as well as the president of the Sikkim Newar Guthi was the Yale University educated Keshab Chandra Pradhan, the second son of Rai Saheb Bhim Bahadur Pradhan remembered for his contributions towards the forest there. Much respected elderly - he is an inspiration to many and mentor to the present generation. Both of my Muma belong to this family while our forefathers were from Sankhu in Nepal. They came to Banaras via Betia and Mirzapur to establish in Chaukhambha the firm Hari Shanker Lall Ram Shanker Lall Nepali in 1886 to be popular as Nepali Kothi. It was through Pandit Dharnidhar Koirala from Banaras in Darjeeling known to Rai Saheb Ratna Bahadur who introduced my Buba Jai Shanker Lall Shresta (1917-2003) to get married in this family. Nepali Kothi had a branch office in Kalimpong but with the closure of Indo-Tibet Trade in 1956 ours also came to end that made my Buba to settle down at Rhenock and dedicate rest his life to the cause of education there. He founded the Karuna Devi Smarak Dharmarth Guthi in fond memory of his first wife in 1995. I proceed further with blessings from my Muma Indira before this august gathering.
Understanding well the role religious activities play amalgamating the society, on arrival in Sikkim at a place known as the Black Hill Taksari Chandrabir encouraged settlement clearing wild forests of its dangerous denizens amidst scuffles equalled to battle by some and establishing Rhenock bazar, therein Sri 3 Dhaneshwar Shivalaya Mahadev Mandir and Rhenock Newar Guthi perhaps the first social body ever there. Every evening in the temple Bhajan/Aarati was sung with beating of drums and cymbals, LakheyNaach and dramas performed while Janmashtami had rathajatra taken out till 1950s. In May 2000 Karunaguthi had organized with Rhenock Newar Guthi and Sikkim Newar Guthi Sahasra Chandra Darshanam or Maharatharohan i.e. Jankwa of its founder-father Jai Shanker Lall with Muma Indira Devi three-day-long celebrations. Newly trained artistes from the Newa: Language and Culture Institute, Namthang made maiden appearance in traditional attire performing Dhime Baja, Lakhey Naach in this procession. It was a historic unprecedented procession that some believe inspired Indrajatra in Sikkim - also declared as government holiday in 2012 – a milestone to reach in three decades of our bold step. In 1982 we youth had propounded and made clarion call that we should have a state-wide socio-cultural organization in the name and style of Sikkim Newar Guthi like many other communities had in the state but the lackadaisical attitude of the government made its registration possible only in 1994 when the new government came. Next year in 1995 Newar along with five/six other languages was accorded the status of official language at par with Bhutia, Lepcha and Nepali. For introducing our rich language and cultural heritage on our Buba’s advice with my wife Ranjana’s help, Karunaguthi brought out Newa; Varna, Lipi ra Bhasha Parichaya in 1996/2001. She had also conducted first ever Newar language class in Gangtok. I was then the Information and Public Relations Secretary in the Government to give its official organ Sikkim Herald the first ever facelift in four decades of its existence while a new edition for the Newar language was also brought on my editorial efforts. Here I had introduced a column in Newar language alongside another in Nepali making it easier to read and understand the text. This mode was adopted in Kathmandu still seen in Layakoo weekly while back home they are without. Around this time that Newa: the official mouthpiece of Sikkim Newar Guthi was brought out for transparency and accountability and to promote language and culture. Its last issue was dedicated to the Newa: Cultural Evening held by the Nepal Bhasha Manka Khala: on invitation of the state Culture and Heritage department as part of the Golden Jubilee of India’s Independence celebrations in 1997. A glimpse of historic Sikkim coin and this occasion is immortalised on our Facebook page Newars in Sikkim.
Though the Newars in Sikkim lost our mother tongue long time back, we have been preserving and promoting social customs and traditions keeping the flame of the cultural heritage glowing over the generations. To elucidate, using Mohani during the Dashain or lighting the Akash-batti till Tihar while Mha Puja or Kija Puja observed till late night in our childhood also. Anaras and Odalko Roti the Newar specialties considered by many to be from the Rhenock family now seen served along with double-circled Selroti very popular throughout Sikkim and outside. Newar Food Stalls attract many in fete and festivals there. We had distributed copies of Satyamohan Joshi’s Mha Puja in Sikkim and Darjeeling hills during 1990s free courtesy Indra-Jawahar Guthi. We had sent our copy of its Nepal Bhasha edition to Guthi Australia on request from Neelam Pradhanang in 2010. We had similarly distributed free copies of Bhim Tuladhar’s Nasa: for its beautiful folk songs purchased from Kathmandu. We had made a video on Mha Puja celebrated by us in the US, Nepal and Sikkim and uploaded with the link https://youtu.be/5uxM52O8KVE.
Our humble efforts are to see some of the dreams of the founder-father fulfilled in giving back to the society through Karuna Guthi. It started with Saral Jiva Vigyan, Biology textbook in Nepali written in 1967 and published by the Rashtriya Prakashan in Birgunj might have helped many students in Nepal to be a doctor or scientist. Rachna Books established by my Buba in 1980 contributed much to the society and is declared as the ‘South Asia’s Bookstore of the Year’ recently. Without restricting/limiting efforts to benefit the Newars only, we have published books like Vikasko Goreto with CD Rom, Rachna Katha Anushthan,Sikkim: Three Decades towards Democracy,etc. Space does not allow all the details here but request to visit our website www.karunaguthi.com and know about Jai Smriti Shodh Granthalaya, Uday Bachau Abhiyan and Jai Grameen Pustakalaya Yojana. Presently in Sikkim the Newar language is taught in some government schools teachers provided with textbooks prepared while plans are to take it up to college levels. Many have gone to Tribhuvan University for their Masters in Nepal Bhasha in past several years. A sum of Rs. 50,00,000/- was provided by the Government for the Newar Bhavan and efforts are renewed to build the Newar Art and Culture Centre at Gangtok with massive fund collection drive. Sikkim Newar Guthi extended financial support to the Nepal Earthquake victims while Nepal has been a big support to our efforts always - institutionally and individually also. They also held a seminar in Gangtok inviting eminent Newah scholars from Nepal in 2013.
Our website www.karunaguthi.com was launched online in August 2010 with the help of Tribhuvan Tuladhar, Dayaratna Shakya and Dr. Bal Gopal Shrestha under the World Newah Organization fold while Daya Ratna Shakya’s Newah Bhaye Learner published by us was launched along with our website NewarsInSikkim.com by the president of Shankhadhar Sirpa Samiti Padma Ratna Tuladhar on 1st January 2011 in Madhyapur Thimi Nepal. Beside the page Newars in Sikkim and separate profile Karuna Devi Smarak Dharmarth Guthi, we have the group Karunaguthi on the Facebook. ~ ~ ~ A well-wisher from the far west USA urged me that let my participation not displease the other group both devoted to the cause common in the area and better be cautious enough maintaining a balance. Welcoming such a valued view, contrary to what was perceived nothing otherwise to observe but both equally positive and interested in knowing about the Newars in Sikkim and Karunaguthi and we ‘all were working very hard to preserve the Newar identity and traditions’ and ‘as the oldest Newah organization in the USA the NPPA was also working diligently for past 24 years to promote and preserve Newah identity. Since this was to be ‘a great cultural event with traditional Newah food, forum, cultural programme and festivities’, there was no question of depriving ourselves of such a rare opportunity to be with them in solidarity. Soon a day might come when both, rather more such organizations in the US or elsewhere come together, work in unison taking the Newah people excelling and culture ahead to greater heights.
Newars are known since days immemorable not only in Sikkim but the world over as the loyal and trustworthy race serving the state and government whosoever in power for the overall benefit of the society and the country, wherever we reached keeping our traditions and culture alive. In the US also we find them working well-settled and successful for over last three generations prove this unique trait we share in common. We gather not only to celebrate the festivals together but also come forward on occasions of distress like in the recent Nepal Earthquake to express our support in solidarity to face such natural calamity. We pray Pashupatinath to bless us with wisdom, conscience, thoughts and strength to overcome and cope with in order to reconstruct the cultural heritage lost thus destroyed.
Karunaguthi had felicitated Dr. Bal Gopal Shrestha in 2004 grateful for coming to Sikkim for his research on the Newars and congratulate him for his book The Newars of Sikkim published this year. On the occasion of Rachna Silver Jubilee 2005, we instituted two awards Jai Smarak Samman and Karuna Smarak Samman for recognizing outstanding contributions to the society made by a person or organization. Considering their remarkable contributions, Karunaguthi would like to take this rare opportunity to felicitate the Nepa: Pasa Pucha: Amerikaye on this auspicious occasion of 24th Anniversary entering the Silver Jubilee year and Nepal Sambat 1136 and award them with much love and goodwill from the Newars in Sikkim, Karuna Smarak Samman in recognition of their dedicated efforts continued to preserve and promote the Newah cultural heritage, tradition and customs working together making the difference in the community as a whole significantly over the past several years. This little effort of ours might help inspire and further motivate each other to undertake such good works more dedicated and vigorously so that their name and fame reach far and wide with universal brotherhood and understanding increased. We would like to extend our New Year Greetings for a healthy and prosperous long life to all those present here and to fellow Newars spread the world over. Here, I would also like to request you all to come forward without any prejudice to support the efforts of the World Newah Organization in achieving the goals. I am glad to share here that their second convention is being held here from March 25th to 27th next year in Washington DC.
Before I end I must thank you all for sparing your valuable time to be here with us and to listen to me patiently and also thank the wonderful team the Nepa: Pasa Pucha: Amerikaye for giving me this rare opportunity to share my views. I take your leave thanking you all profusely once again.
भक्तपुर सडक महोत्सव–२०६९ प्रेस विज्ञप्ति २०६९ भाद्र २८
भक्तपुरलाई सफा, स्वच्छ, सा“स्कृतिक नगर, पर्यटकीय गन्तव्यस्थल र शिक्षा एवं संस्कृतिको केन्द्र बनाउने हाम्रो लक्ष्य हो । यो लक्ष्य पूरा गर्न हामीले भक्तपुर नगरपालिकाको विकास निर्माणको काम जनताको सहभागिता र जनश्रमदानमा पारदर्शी, मितव्ययी र आर्थिक अनुशासनका साथ सम्पन्न गर्दै आएका छौं ।
आठौं शताब्दीमा स्थापना भएको भक्तपुर नेपालको प्राचीनतम शहर हो । १२ औं देखि १५ औं शताब्दीसम्म यो शहर नेपालको राजधानी शहर थियो । १५ औं देखि १८ औं शताब्दीमा चारैतिर पर्खालले घेरेर किल्लाको रुपमा विकास गरिएको भक्तपुर काठमाण्डौं उपत्यकाको जेठो शहर हो । भक्तपुरको लायकु, पा“चतल्ले मन्दिरक्षेत्र, दत्तात्रय क्षेत्र र चांगुनारायण मन्दिर क्षेत्रको ऐतिहासिक र सांस्कृतिक महत्वलाई उच्च मूल्यांकन गर्दै सन् १९७९ मा युनेस्कोले ती क्षेत्रलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको छ । यसकारण भक्तपुर “जीवित सम्पदा” र “जीवित संग्रहालय”को रुपमा चिनिन्छ । भादगाउंले कालो टोपी, हाकुपटासी, माटाको भांडाकुंडा, हस्तकला, जुजु धौ परम्परादेखिको भक्तपुरको प्रमुख उत्पादन हो । भक्तपुरका जनताको सरसफाइ र सम्पदा संरक्षणमा भएको योगदानलाई सम्मान गरी युनेस्कोले सन् १९९८ मा ूत्जभ ँष्चकत ज्यलयचबदभि ःभलतष्यलू पुरस्कार प्रदान ग¥यो । भक्तपुर नगरपालिकाको पारदर्शी गतिविधिलाई कदर गरी त्चबलकउभचबलअथ क्ष्लतभचलबतष्यलब िले सदाचारको टापु ९क्ष्कबिलम या क्ष्लतष्नचबतथ० ले विभुषित ग¥यो । हाम्रो परम्परागत उत्पादनलाई कायम राख्नु र हामीले पाएको अन्तर्राष्ट्यि सम्मान कायम राख्नु हामी सबैको साझा जिम्मेवारी हो ।
भक्तपुर ११९ वर्ग कि.मि क्षेत्रफलमा फैलिएको छ । २ वटा नगरपालिका र १६ वटा गाविस रहेको यस जिल्लामा २ लाख २५ हजार जनसंख्याको बसोवास छ । मुख्यतया नेवार, बाहुन, क्षेत्री र तामाङहरु बसोबास रहेको यस जिल्लाका २ वटा नगरपालिकामा नेवारहरुको वहुसंख्यक वसोवास छ । यहांको सांस्कृतिक र ऐतिहासिक सम्पदाहरु नेवारी जीवनशैली र परम्परामा आधारित छ । यहांको काष्ठकला, धातुकला, प्रस्तरकला, चित्रकला, मृत्तिकाकला आदि नेवारहरुको उत्कृष्ट कला हो । नेवारी परम्परागत नाचगान, बाजागाजा, दाफा भजन, चाडपर्व र जात्राले भक्तपुरको सांस्कृतिक वैभवता दर्शाउंछ । भक्तपुरको कला र संस्कृतिलाई उच्च मूल्यांकन गर्दै सन् १९२९ मा नेपाल आएका बेलायती यात्री इ.ए. पावेलले भक्तपुरको लायकु क्षेत्रको अवलोकनले संसारको आधा भाग घुमे सरह हुने उल्लेख गर्दै यसको संरक्षण गर्नु पर्ने बताएका थिए । नेपालका एक विद्वान एवम् साहित्यकार जगदीश शम्सेर राणाले भक्तपुरलाई नाचगानको राजधानी बताएका थिए । नेपालका एक मित्र वरिष्ठ स्वीस भूगर्भशास्त्री टोनी हेगनले सन् १९९८ मा भक्तपुर सफा शहर हो अन्य शहरले यसको अनुकरण गर्नुपर्छ भनेका थिए ।
हाम्रा मित्रहरुको भक्तपुरबारे मूल्यांकनबाट उत्साहित भएर हामीले पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति नारा तय गरी सम्पदा संरक्षणमा जनतासंगै लागिपरेका हौं । यहांका वास्तुकलाका उत्कृष्ट नमूनाको रुपमा रहेका मठ–मन्दिर, बहा–बही, दरवार–सत्तल, पाटी–पौवा, ढुड्डेधारा–पोखरी आदि जिर्णाेद्धारमा हामी लागेका हौ । परिणाम हरेक वर्ष भक्तपुर आउने लाखौं स्वदेशी र विदेशी पर्यटकहरु यहांको ऐतिहासिक र सांस्कृतिक सम्पदाहरुको उत्कृष्टता प्रत्यक्ष अवलोकनबाट मोहित भएका छन् । यसरी हाम्रो कला र संस्कृति पर्यटन उद्योगको आधार नै बनेको छ ।
भक्तपुर नगरपालिकाले स्थानीय जनताको सहयोग र सहभागितामा २०५४ सालमा पा“च दिन लामो भक्तपुर महोत्सव सफलतापूर्वक सम्पन्न गरेको थियो । भक्तपुरको कला र संस्कृतिको संगसंगै यहा“को उत्पादन प्रवद्र्धन गर्न भक्तपुर नगरपालिका, जिल्ला विकास समिति भक्तपुर र भक्तपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा यही असोज ६ गते एक दिन भक्तपुर सडक महोत्सव २०६९ सम्पन्न गर्न गइरहेका छौ । यो महोत्सवले भक्तपुरको कला संस्कृति संरक्षण र यहा“को उत्पादन प्रवद्र्धन गर्न थप सहयोग पुग्ने हामीले आशा गरेका छौं ।
महोत्सवमा भक्तपुरको ऐतिहासिक र सांस्कृतिक नाचगानहरु मुख्यतः भैल प्याखं, देवी प्याखं, फाकंदाली, माक प्याखं, लाखे प्याखं, नौबाजा आदि दरवार क्षेत्र, टौमढी क्षेत्र र दत्तँत्रय क्षेत्रमा महोत्सवको दिन प्रदर्शनी हुनेछ । नगरको गाईजात्राको बाटोमा दिनभरी नै बांसुरी बाजा र धिमे बाजाको प्रतियोगितासहितको परिक्रमा हुनेछ । महोत्सवको प्रमुख आकर्षण देहायबमोजिम हुनेछ ः
१. उद्घाटन एवं समापन समारोहसहित सा“स्कृतिक कार्यक्रम (लायकु) २. हस्तकलाको जीवन्त प्रदर्शनी (पाहा“छे) ३. हस्तकला प्रदर्शनी (लायकु) ४. खाना महोत्सव (पद्म स्कुल) ५. नौका विहार (नःपुखु) ६. मध्यपुर थिमीको सा“स्कृतिक एवं व्यवसायिक प्रदर्शनी (तेखापुखु) ७. नेवार जीवन शैलीको प्रदर्शनी (नासमना) ८. सेरामिक्सको परम्परागत एवं नया“ उत्पादनको जीवन्त प्रदर्शनी र भजन (तालाक्व) ९. कृषि उत्पादन प्रदर्शनी (गःहिति) १०. सा“स्कृतिक नाचगानको प्रदर्शनी (टौमढी) ११. सहकारीहरुको गतिविधि प्रदर्शनी (टौमढी) १२. दही र योमरी प्रदर्शनी (गोल्मढी) १३. बौद्ध प्रकाशन, सम्यक बुद्ध र हलिमलि प्रदर्शनी (झौरबही) १४. दहि महोत्सव (इनाचो) १५. स्थानीय सा“स्कृतिक नाचगानको प्रदर्शनी (दत्तात्रय) १६. स्थानीय हस्तकला प्रदर्शनी (दत्तात्रय) १७. नेवारी जीवन शैली प्रदर्शनी (सूर्यमढी) १८. सा“स्कृतिक कार्यक्रम (सूर्यमढी) १९. नौका विहार र नेवारी खाना उत्सव (कमलविनायक) २०. शैक्षिक प्रदर्शनी (खौमा पद्म हाइ स्कुल) २१. विद्युतीय सामग्री प्रदर्शनी (अरनिको सभाभवन) २२. चिकेन एण्ड एग फेस्टिभल (लायकु) २३. बासुरी र धिमे बाजा प्रतियोगिता शुरु हुने स्थान (नगरपालिका भवन अगाडि, लायकु) २४. पुस्तक प्रदर्शनी (लायकु, लामो पाटी) २५. चित्रकला, छ्वाली कला, फोटो र पौभा प्रदर्शनी (लायकु, लामो पाटी)
महोत्सव अवधिभर विशेष शान्ति सुरक्षा, ट्राफिक र दमकलको व्यवस्था गर्न जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेका छौं । महोत्सव अवधिमा लोडसेडिड्ड नर्गा नेपाल विद्युत प्राधिकरण र खानेपानीको सुचारु राख्न काउखालिलाई आग्रह गरेका छौं । एम्वुलेन्स तदारुक अवस्थामा राख्न नेपाल रेडक्रस सोसाइटी भक्तपुरमार्पmत सम्बधित सबै निकायलाई अनुरोध गरेका छौं । प्रदर्शनीमा हेर्न आउनेहरुको सुविधाको लागि नगरको चारैतिर देहाय बमोजिमको स्थानमा सवारी साधनको पार्किड्डको व्यवस्था गरिएको छ ः
१. सानो व्यासी २. बेखाल ३. कमलविनायक ४. टुमचो ५. च्यामासिंह ६. लिवाली ७. महेश्वरी ८. भेलुखेल ९. राम मन्दिर (भुलांचा) १०. भार्वाचो ११. मिनिबस पार्क १२. थथुबही
नगरका देहायका स्थानमा प्राथमिक स्वास्थ्य सेवा उपचारको व्यवस्था गरिएको छ ः
१. लायकु २. गोल्मढी ३. दत्तात्रय ४. सूर्यमढी ५. टौमढी ६. तालाक्व ७. तेखापुखु
नगरका देहायका स्थानमा खानेपानीको व्यवस्था गरिएको छ
१. इताछें २. लायकु ३. भोलाछें ४. क्वाठण्डौ ५. सूर्यमढी ६. दत्तात्रय ७. गोल्मढी ८. तालाक्व ९. तेखापुखु
नगरका देहायका स्थानमा सूचना केन्द्रको व्यवस्था गरिएको छ ः
१. लायकु २. च्याम्हासिंह ३. दत्तात्रय ४. गोल्मढी ५. टौमढी ६. तालाक्व ७. भार्वाचो ८. व्यासी ९. भोलाछें १०. कमलविनायक
नगरका देहायका स्थानमा शौचालयको व्यवस्था गरिएको छ ः
१. लायकु २. व्यासी ३. बेखाल ४. कमलविनायक ५. च्याम्हासिंह ६. दत्तात्रय ७. टौमढी ८. राममन्दिर ९. मिनिबस पार्क १०. नगरका केही विद्यालयहरु र निजी घरहरु
बसपार्क, खानेपानी, सूचना केन्द्र, शौचालय र विभिन्न स्टलहरु ब्रोशरको नक्सामा संकेत देखाइएको छ । महोत्सवको प्रर्वद्धन गर्न मजदुर दैनिक, एभिन्युज टेलिभिजन र ङातापोल एक्सप्रेस दैनिकले प्रचारप्रसार शुरु गरिसकेको छ । महोत्सवको दिनभरी नगर क्षेत्रमा नेपाल टेलिकमले निःशुल्क ध्क्ष्ँक्ष् को व्यवस्था गर्नेछ ।
महोत्सव सफलतापूर्वक सम्पन्न गर्न ११ सदस्यीय आयोजक समिति र २०५ सदस्यीय मूल आयोजक समिति समेत गठन भएको छ । यही भाद्र २३ गते शनिवारका दिन नेपालका वरिष्ठ कलाकारहरुको सहभागितामा चित्रकला कार्यशाला गोष्ठी सम्पन्न भईसकेको छ । उक्त कार्यशाला गोष्ठीमा तयार भएका चित्रहरु सडक महोत्सवका दिन लायकुमा प्रदर्शनी गरिनेछ ।
महोत्सवलाई मध्यपुर थिमी नगरपालिकाले विशेष सहयोग गरेको छ भने नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल पर्यटन बोर्ड र नेपाल टेलिकमले प्रवद्र्धन गरेको छ । महोत्सवका सह(आयोजकहरुमा भक्तपुर मिनिबस सेवा समिति, भक्तपुर घरेलु तथा साना उद्योग संघ, भक्तपुर साना तथा मझौला व्यवसायी संघ, भक्तपुर कुखुरा पालक व्यवसायी संघ, भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघ, भक्तपुर निर्माण सामग्री व्यापार संघ, भक्तपुर निर्माण व्यवसायी संघ, नगरकोट नाल्डुम पर्यटन विकास समिति, भक्तपुर ईटा उद्योग व्यवसायी संघ, भक्तपुर ट्रक व्यवसायी संघ, भक्तपुर पर्यटन विकास समिति, नेपाल सुनचांदी व्यवसायी संघ, भक्तपुर, अरनिको पर्यटन प्रर्वद्धन संघ, मध्यपुर यातायात सेवा समिति, नेपाल सेरामिक्स सहकारी संघ, भक्तपुर, भक्तपुर खुद्रा व्यापार संघ, भक्तपुर रेडिमेड व्यापार संघ, भक्तपुर कपडा व्यवसायी संघ, भक्तपुर औद्योगिक क्षेत्र उद्योग संघ, भक्तपुर किराना तथा खाद्य व्यवसायी संघ, भक्तपुर सौन्दर्यकला व्यवसायी संघ, नेपाल कपडा तथा सिलाई व्यवसायी संघ, भक्तपुर पार्टी प्यालेस तथा क्याटरिड्ड संघ, भक्तपुर वन पैदावार उद्योग व्यवसायी संघ, टुरिज्म इन्टलेक्चयुयल सर्कल, युवा पर्यटन विकास समिति, प्रगतिशील मिश्रित नगर कृषक समूह, इशान, जिल्ला सहकारी संघ भक्तपुर आदि रहेका छन् ।
भक्तपुर सडक महोत्सव स्वदेशी र विदेशी पर्यटकहरुको लागि प्रमुख आकर्षण हुने अपेक्षा गरिएको छ । समग्रमा भक्तपुरको कलासंस्कृति, सम्पदा, मौलिक उत्पादन र जीवनशैली प्रर्वद्धन गरी पर्यटन उद्योग, घरेलु तथा साना, मझौला उद्योगको विकासको साथै जिल्लाकै आर्थिक विकासमा विशेष मद्दत पुग्ने आशा गरिएको छ ।
यहा“हरु सबैबाट समेत भक्तपुर सडक महोत्सव २०६९ भव्यताका साथ सफल पार्न आ—आफ्नो क्षेत्रबाट योगदान हुने आशा एवम् विश्वास लिएका छांै । धन्यवाद! Source : Facebook रमेश ग्वाछा Gramesh Newa Pasa (Newa Sansar) http://www.facebook.com/photo.php?fbid=3114186153298&set=o.269705429718170&&relevant_count=1&ref=nf
Source : Kantipur, Kathmandu - Courtesy : Dr. Bal Gopal Shrestha
Kashi Bahadur remembered in Varanasi UJJWAL PRASAI
VARANASI, INDIA, OCT 15 - The Sahitya Academy of New Delhi organised Kashi Bahadur Shrestha’s Birth Centenary Seminar at Varanasi on Thursday and Friday. The seminar mainly focused on the writings of the legendary Nepali literary figure. The widely known editor of Udaya, a popular literary magazine that continues to be published from Varanasi to this day, Shrestha was also a noted novelist. Renowned writers from Nepal, Assam, Darjeeling, Meghalaya, and Sikkim had gathered for the seminar at Varanasi’s Garde Auditorium.
“I was much elated when my article was first published in Udaya in 1956. Shrestha has encouraged many writers like me in this way,” Bairagi Kainla said speaking at the programme. Kainla, the chancellor of the Nepal Academy, was the keynote speaker at the opening ceremony. Senior Nepali writer Kamal Mani Dixit also spoke of Shrestha’s contributions in fostering Nepali literature from Varanasi. Anjoo Saran Upadhyaya, the Nepal Chair of the Banaras Hindu University said, “We are proud to have figures like Shrestha in Varanasi, who really contributed to the development of Nepali language and literature. J Ponnudurai, officer of the Sahitya Academy, informed those present of the academy’s publication of an English language biography of Shrestha.
Scholars from Nepal and India presented papers on the writings of Shrestha. These were focused on Shrestha’s two novels Usha and Bachan. Scholars also mentioned Shrestha’s mentorship in bringing new writers to the fore through his magazine. Scholars like Abhi Subedi, Kumar Koirala, Jeevan Namdung, Pratap Chandra Pradhan also commented on Shrestha’s personality. Posted on: 2011-10-16 07:29 Source :http://www.ekantipur.com/the-kathmandu-post/2011/10/15 Courtesy : Dr. Bal Gopal Shrestha
Participation in Shankhdhar Sakhwa Sirpa Function
New Year Day 2011 starts in Nepal with Shankhdhar Sakhwa Sirpa Function at Thimi, Kathmandu, when Sinha Swan Khalak and Nepalmandal.com will be awarded for the NS Year 1130 and 1131 respectively for their contributions to the Newar cause.
We have supported
2008 Uttar Purvanchal Divya Bharati monthly, Sikkim, India
2007 Triphala Rashtriya Pustakalaya, Birtamod, Jhapa, Nepal 2006 Bhawani Ghimire for his life-long efforts to the Bhanu monthly, Kathmandu, Nepal
A successful life doesn't require that we've done the best, but that we've done our best.
Our Events
2010 Released Newar: Haami Yastain Chhaun at the 9th Convention of the Newar Organization of America Potomac, MD, USA - 30th May 2010
2005 Jai Smarak Samman awarded to Durga Prasad Shrestha in Nepal Rachna Katha Anushthan to announce winners of the Silver Jubilee Story-writing Competition was organized. The eminent Nepali litterateurs in the Panel of Judges viz., Sharad Chettri, Gupta Pradhan, Dr. Shanti Chettri and Subhash Deepak were felicitated with Karuna Devi Smarak Samman 2004 Felicitations to Dr. Bal Gopal Shrestha of Leiden University, the Netherlands with CNAS Tribhuvan University, Nepal on his successful completion of his research co-sponsored by the Cambridge University, United Kingdom on Ritual Transformation in the Diaspora : The Newars in Sikkim 2003 Launched library movement in remote villages - Jai Pustakalaya Abhiyan Started reference library - Jai Smriti Shodh Granthalaya Started Uday Bachau Abhiyan to save the Nepali literary quarterly now in 73rd Year of publication
2000 Organized the Sahsrachandra Darshanam / Maharatharohan or Jankwa of Founder Buba Jai Shanker Lal Shresta & Muma Indira Shresta