३० जुलाई २०१३
श्रद्धाञ्जलि – स्वर्गीय मोतीचन्द प्रधानप्रति
राजीव शङ्कर श्रेष्ठ
सिक्किम दार्जीलिङ कालेबुङ पहाड-अभेकका नै भाग्योदय
ओझेल के-कसो परिगए किञ्चित अविचल कर्मठ योग्य
कर्तव्य-पथमा सदैव अग्रसर प्रथम पुरुष समाजका असहाय
शिक्षा-समाज सेवाका अग्रणी थिए अनि त हाम्रो सौभाग्य
अथाह दर्शन-ज्ञान समुद्रभित्र डुबिबसे हाम्रा हीरा नाम मोती
चन्द भनौं वा चाँद थिए उनी ज्ञान, विवेक र सीपका धनी
लक्ष्मी-चन्द्र वंशज एक उज्ज्वल नक्षत्र खुबै लोकप्रिय गुणी
लम्किंदै गए बेपर्वाह अटल समाज-राज्य सेवामा समर्पण गरी
नेपाली साहित्य सम्मेलन डो-याउँदै दशकौं अनि वर्षौं अघि
हिमालय कला मन्दिर, प्रणामी मन्दिर, प्रबुद्धानन्दलाई साथ दिई
यता नामग्याल तिब्बती अध्ययन संस्थानसित सम्बद्ध भई
सेवानिवृत्त अथकित नेपाली साहित्य अध्ययन समिति दिई
सन् १९२९मा नै नेपाली भाषा शिक्षा मान्यताका पहिलो सूत्राधार
पछि १९६६मा भाषा-मान्यताको अर्जी चढाउने अध्यक्ष-हस्ताक्षर
रामकृष्ण अनि कृष्णमूर्तिका अनुयायी कर्मयोगी सरल सागाहार
प्रकृतिबाट स्वास्थ्य-लाभको शिक्षा र योगाभ्यासको गरे सर्व-प्रचार
हिमाली भेकबाट प्रथम मेट्रिक र स्नातकको नागरिक अभिषेक
बङ्गाल लोक सेवाका प्रथमोप्रथम साथै सिक्किमका एक सेवक
झा र भट्टाचार्य सरहका इतिहासविद् लाभान्वित कतिपय अनेक
हाम्रा हीरा चम्के सीपभित्रै - प्रसिद्धि अन्यको स्वार्थसिद्धि अतिरेक
धेरैले चिनेर अनि उनका गुण बुझेर पुग्थे समक्ष ज्ञान प्राप्त गर्न
समाजको हित ध्यान सर्वोपरी राखी निम्त्याई मान-सम्मान गर्न
सभा-समारोहका थिए उनी शोभा पुग्थे सबैको गरिमा वृद्धि गर्न
खट्किँदो थियो केही आजपर्यन्त त यो श्रद्धाञ्जलि समर्पित गर्न
स्वर्गीय मोतीचन्द प्रधानबारे आफ्ना लेख, संस्मरण वा रोचक जानकारी अनि सामग्री कृपया पठाउनु भई हाम्रो प्रयास सफल पारिदिनहुन विनम्र निवेदनकासाथ
सम्पर्क ठेगाना ‘रचना’, डेभलपमेन्ट एरिया, गान्तोक, सिक्किम E-mail : [email protected] / phone 03592 202677/94340 22677
'Nothing can stop the man with the right mental attitude from achieving his goal;
nothing on earth can help the man with the wrong mental attitude.'
Thomas Jefferson