नव दुर्गा परिचय --- कैलाश पर्वतका ध्यानी शिवकी अर्धाङ्गिनी माता सती पार्वतीलाई नै शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता, कात्यायिनी, कालरात्रि, महागौरी, सिद्धिदात्री आदि नामले जानिन्छ। यीबाहेक पनि उनलाई अनेक नाम दिइएको छ - जस्तै दुर्गा, जगदम्बा, अम्बे, अम्बिका, शेरावाली आदि। यिनका दुइ छोरा छन् - गणेश र कार्तिकेय। यहाँ प्रस्तुत छ माताका नौ अवतारको परिचय : नवदुर्गा - १. शैलपुत्री : शैलपुत्रीको अर्थ पर्वत वा पाहाड़की पुत्री। सतीको रूपमा यो माताको पहिलो अवतार थियो । २. ब्रह्मचारिणी : ब्रह्मचारिणी अर्थात् जब उनले ब्रह्मको आचरण गरेर तपश्चर्याद्वारा शिवलाई पाएकी थिइन्। पतिबाहेक कसैसँग सहवास नगर्ने पनि ब्रह्मचारिणी हुन् । ३. चन्द्रघण्टा : चन्द्रघण्टा अर्थात् जसको टाउकोमा चन्द्राकार तिलक छ। ४. कूष्माण्डा : ब्रह्माण्डलाई उत्पन्न गर्ने शक्ति प्राप्त गरेपछि कूष्माण्ड भन्न थालियो। कूष्माण्ड भनेको कुभिण्डो हो । कुभिण्डो आकारको भुँड़ीमा अण्डदेखि ब्रह्माण्डसम्मै समेट्नसक्ने मानिएको हो । एउटा बिञा समान एउटा संसार हो । ५. स्कन्दमाता : उनको छोरो कार्तिकेयको नाम स्कन्द पनि हो, यसकारण उनी स्कन्दकी आमा भनिन्छिन्। छोरा-छोरीले नाम कमाए आमा-बाबुलाई छोरा-छोरीका नामले पनि चिनाउँछन् । ६. कात्यायिनी : महर्षि कात्यायनको तपस्याबाट प्रसन्न भएर उनले यहाँ छोरीको रूपमा जन्म लिएकी थिइन्, यसरी कात्यायिनी भनिइन्। ७. कालरात्रि : आमा पार्वतीले काल अर्थात् सबै प्रकारका सङ्कट नाश गरिदिन्छिन् भनीकन कालरात्रि मानिएकी हुन्। सप्तमीको राति देवीले कालको रूप लिएर आउने हुनाले कालरात्रि भनिएकी हुन् । यो महाकाली रूप हो । ८. महागौरी : माताको रङ पूर्णत: गौर अर्थात् गौरो छ, यसकारण महागौरी भनिइन्। यो महागौरी लक्ष्मीको रूप हो । ९. सिद्धिदात्री : जो भक्त पूर्णत: उनीप्रति समर्पित रहन्छ, उसलाई सबै प्रकारका सिद्धि दिन्छिन्। यसैले सिद्धिदात्री भनियो। यो सरस्वतीको रूप हो । यथा – प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी। तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।। पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति च। सप्तमं कालरात्रीति महागौरीतिचाष्टकम् ।। नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः। उक्तान्येतानि नामानि ब्रह्मणैव महात्मना ।। अग्निना दह्यमानस्तु शत्रुमध्येगतोरणे। विषमे दुर्गमे चैव भयार्ताः शरणं गताः।। न तेषां जायते किंचिदशुभं रणसंकटे। --- स्रोत : दिवाकर प्रधान, काशी हिन्दू विश्वविद्यालय चित्र : साभार फेसबुक, अरुण लक्ष्मी जोशी
0 Comments
Leave a Reply. |
Warm Welcome
to www.karunaguthi.com SILVER JUBILEE YEAR 1997 - 2022 celebrating 25 years dedicated A humble effort to pay back the society we belong to and owe so much too LET THERE BE LIGHT OF KNOWLEDGE EVERYWHERE ज्योत से ज्योत जलाते चलो प्रेम की गङ्गा बहाते चलो ~~~ ~~~ ~~~ जय स्मृति शोध ग्रन्थालय Jai Memorial Research Library proud to include in this UPDATE THINKING LOCAL Rajiva Shanker Shresta INDRAJATRA 2023 SIKKIM
|
Karuna Devi Smarak Dharmarth Guthi © 2010