अन्तरदेशीयदेखिअन्तर्राष्ट्रिय इन्द्रजात्रासम्म राजीव शङ्कर श्रेष्ठ
कुनै पनि जाति वा समाजलाई राज्य, राष्ट्र अनि विश्वकै कल्याण र हितमा एकताको सुत्रमा बाँधेर सङ्गठित भई उन्नतिको दिशातर्फ अग्रसर हुन र सेवा पुरयाउन गुठीको खुबै महत्वपूर्ण भूमिका भएको अङ्गीकार गरेर र यहाँ निम्त्याएर नै सिक्किमलाई आफ्नो नयाँ घर बनाउन आएका हाम्रा पुर्खाहरुमा प्रथमको रुपमा टक्सारी चन्द्रवीर नेवारले रिनाकमा जुन प्रकारले विरोध र सङ्घर्षको सामना गर्नपरयो सो आज इतिहासको पानाहरुमा निहित छ र आफ्नो पराक्रमी सुझ-बुझ र दूरदर्शिताद्वारा विजय प्राप्त गरे उप्रान्त त्यहाँ रिनाक गुठीको स्थापना सर्वप्रथम भएको थियो l दिनभरिको मेहनत र काम कुरा सिद्ध्याएर साँझ सबै भेला भई सुख-दु:ख बाँड़-चुड़गरी एक अर्कालाई सहयोग-भ्रातृत्व बन्धनमा बाँधी राख्न एक आश्रयको रुपमा मन्दिरले अर्को महत्वपूर्ण भूमिका खेल्ने हुनाले त्यहाँ बजारमा श्री ३ धनेश्वर शिवालय महादेव मन्दिरको स्थापना भएको थियो. यस्तै नै अनुभव भारतीय सेनाबाट सेवामुक्त भएपछि आफ्नो गाउँ रालेगण सिद्धिलाई एक नमुना गाउँको रुपमा स्थापित गरी स्वयम् समेतलाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्न सक्षम भएका अन्न हजारेले सन् २०००सालमाहामी उहाँसित भेट गर्न पुग्दा हामीलाई सुनाएका थिए l उहाँ रिनाकमा किंगस्टन, चालिसे, आदि ठाउँहुँदै जुलुक आफ्नो गाड़ी हाँकेर राष्ट्रको सुरक्षामा सेवारत भएको कुरा स्मरण गरेका थिए l यस मन्दिरमा भजन, कीर्तन, नाटक आदि प्रेरणाप्रद भक्ति-भावका क्रिया-कलापमा संलग्न भएर अन्य गतिविधिहरुद्वारा गाउँको विकास गरेका थिए ती दुवै इतिहास पुरुष टक्सारी चन्द्रवीर नेवार र वर्तमानमा अन्ना हजारेले l जुन प्रसिद्धि र यश रिनाकको विश्व विख्यात चन्द्र नर्सरीले एक सय वर्ष अघि आफ्ना पिताको स्मरणमा राई साहेब रत्न बहादुर प्रधान र बाबु दुर्गा शमशेर प्रधान दुई भाइले स्थापित गरी स्वयम् समेत हिमाली राज्य सिक्किमलाई चुल्याईलगेका थिए त्यही वर्तमानमा अन्ना हजारेले प्राप्त गरेको दृष्टान्त प्रत्यक्ष प्रमाण हामीसित छ l
मेरा स्वर्गीय बुवा जय शङ्कर लाल श्रेष्ठले मलाई यसै सन्दर्भमा हर हमेशा अर्ती दिन्थे, "कुनै पनि सामाजिक संस्थामा राजनीति वा राजनैतिक तत्व मूलद्वारबाट प्रवेश गरे त्यसको एकता र अखण्डतालाई उम्केर जानु कुनै झ्यालको पनि आवश्यकता हुँदैन र यो ससाना प्वालहरु बाट कता कता बाहिरेर जान्छ l" अर्को कुरा उनले भनेका थिए - “यस्तो गुठीमा यदि विघटनकारी तत्वहरु देखा परे आफु त्यससित कदापि सहभागी नहुनू l"
सन् १९९४ मा आई हाम्रो इच्छा र आशा अनुरुप सिक्किम नेवा: गुठीको स्थापना हुन गयो स्वर्गीय मोहन प्रताप प्रधानको अध्यक्षतामा l म उहाँ लगायत समस्त दिवङ्गत र अग्रज सबै महानुभावहरुलाई यस समय स्मरण गर्छु र श्रद्धाञ्जलि अर्पण गर्दछु l सन् १९९५ मा भाषा मान्यता प्राप्त हुन्छ र सिक्किम सरकारलाई कृतज्ञता ज्ञापन गर्न हाम्रो करुणा देवी स्मारक धर्मार्थ गुठी अन्तर्गत् "नेवा; वर्ण, लिपि र भाषा परिचय" लगत्तै अर्को साल १९९६ मा तीन हजार प्रति र फेरि २००१ मा दुई हजार प्रति यहाँ सिक्किम, छिमेकी दार्जीलिङ आदि ठाउँमा मात्र सीमित नभई छिमेकी राष्ट्र हाम्रो पितृ-भूमि नेपालमा समेत बृहत रुपमा स्वीकार भएर आज पनि यसको माँग हुँदा हामी स्वयम् लाई आफ्नो जाति प्रति केही सेवा समर्पण गर्न सकेको आत्म-सन्तोष हुन्छ l तर दुर्भाग्य यो छ कि यस पुस्तिकाको बिक्री-वितरण बापत् कतिले रकम बुझाउने आवश्यकता ठानेनन् भने आज यहाँ आई दुई शब्द लेख्न भन्न समेत निरर्थक ठान्छन् हाम्रा बुद्धिजीवीहरु जब कि हामीलाई यसै सङ्कलनद्वारा हाम्रो धनाढ्य भाषा, वर्ण, लिपि र संस्कृतिका कतिपय पक्षहरुसित वास्तवमा परिचय गराउन सम्भव र सक्षम भएकोमा समाज र जाति साथै राज्य र राष्ट्रप्रति केही ऋण र गुण थोरै मात्रामा भए पनि फर्काउन सकेको र त्यस पछिका अनेकौं क्रिया-कलाप, गतिविधि र प्रतिक्रियात्मक भेटघाटद्वारा कतिपय पुस्तक र पठन सामग्री प्रस्तुत र समर्पित गर्नु मात्र नभई आज आफ्नै दुई चार वटा विभिन्न वेब-साइटद्वारा सिक्किम र सिक्किमवासी नेवारहरुको पहिचान विश्व भरि नै राख्न यहीं अभिप्रेरित भई सब समर्पण गर्नसकिएकोमा सिक्किम भूमि, सिक्किम सरकार र सिक्किमका समस्त महानुभावहरुप्रति कृतज्ञता व्यक्त गर्दछौं l
समय धेरै गुमायौं कतिपय प्रतिकूल परिस्थिति, राजनैतिक र व्यक्तिगत स्वार्थले ग्रसित नेतृत्व र आपसी वैमनश्य अनि अतिशय अतिरन्जिता आफ्नै यशोवृद्धि, आदि अनावश्यक गतिविधिहरुमा l यदि सिक्किम नेवा: गुठीको यस्ता कुनै समाज अहितकर क्रिया कलापको सहभागिताले आर्थिक वा सामाजिक हुनगएको छ भने त्यसको सही जाँच-बूझ साथै उपचार हुनुपर्छ l अझ पनि अवान्छनीय तत्वहरु हामी भित्र हाम्रै भई हामीहरुको अहितमा काम गरे पनि नगरे पनि वा निष्क्रियतासाथ सम्बद्ध रहेको छ भने उनीहरुले पनि आफ्नो अन्तरात्मालाई नियालेर हेर्नु पर्छ, चिन्तन, मनन् र साक्षाकार गरी आफ्ना अन्तरात्माको चित्कारलाई सुनेर र बुझेर आफै त्यहाँबाट पन्सिनु नै हाम्रो नेवार जातिको बृहत हितमा हुनेछ l नत्र ता यी सबले हाम्रा युवा भाई-बहिनीहरुलाई गलत सन्देश र गलत सङ्केतका साथै गलत दिशानिदेश दिनेछ र यस समाज सेवा वा गुठीप्रति आस्था हराई यसबाट विमुख हुनेछ l यति मात्र नभई हाम्रा भावी पिढीले कदापि माफ गर्ने छैन हामीलाई र वर्तमान कर्ताधर्ताहरुलाई कारण हाल हाम्राहरु देखेर पनि नदेखेको, सुनेर पनि नसुनेको, पढेर पनि नपढेको र बुझेर पनि नबुझेको गरी यस्तै अकर्मक गतिविधि अन्तर्गत् समय गुजारी रहेका छौं यस यात्रामा - सङ्क्षेप हो यही हाम्रो तीन दशकको यात्राबारे मूल्याङ्कन - अन्तरदेशीय देखि अन्तर्राष्ट्रिय सङ्लग्नता भएको इन्द्रजात्राको रमाइलो छुट्टीमा जमघट हुने सुअवसर प्राप्त हुनेभएकोमा सबै प्रति आभार अनि धैर्य र ध्यानपूर्वक सुनेर समय दिनुभएकोमा धन्यवाद साथै अतिशयोक्ति अनि भूलचुक भएमा क्षमा-याचनासाथ!
..
आइतवार २३ जुलाई २०१२ गान्तोकमा सिक्किम नेवा: गुठीको नयाँ कार्यालय भवन उद्घाटन अवसरमा प्रस्तुत वक्तव्य