स्मृतिमा स्वर्गीय मोतीचन्द प्रधान
विगत केही समयदेखि मेरो मनमा चलिरहेको खुल्दुली जुन यहाँहरु धेरैको ध्यानबाट पनि टाढिन गयो होला त्यसैलाई प्रस्तुत गर्न म एक सुअवसरको ताकमा थिएँ जहाँ एक सही मञ्च र सठीक स्थान जसमा अधिकांश दर्शक सम्बन्धित भई म मेरो लक्षित समूह पाउन सकूँ !
अवसर स्वर्गीय मित्र अनि स्वनामधन्य सहित्यकारप्रति समर्पित हाम्रो “शरद् छेत्री स्मृतिग्रन्थ” लोकार्पण समारोह, नेपाली साहित्य सम्मेलन, दार्जीलिङको सुधपा प्रेक्षागृह अनि जहाँ साहित्य र समाजका व्यक्तित्वहरुको दुर्लभ उपस्थिति थियो | मेरो स्वागत भाषणको अन्ततिर दार्जीलिङ, सम्मेलन र महानुभावहरुलाई धन्यवाद टक्र्याउनअघि मैले यो राख्न धृष्टता गरेको थिएँ -
मोती “जाँदा जाँदै मलाई यो तथ्य यहाँ राख्नबाट स्वयम्-लाई रोक्न सकिनँ कि हाम्रा एक पुर्खाले यस नेपाली साहित्य सम्मेलन, दार्जीलिङ को स्थापना तथा प्रारम्भिक कालमा जुन महत्वपूर्ण सेवा-योगदान पुर्-याइआए उहाँलाई शायद हामीले कहिंकतै जानीनजानी बिर्स्यौं कि! ती महापुरुष हुन् स्वर्गीय मोतीचन्द प्रधान जसलाई सिक्किमकाले दार्जीलिङका हुन् भन्छन् र यता दार्जीलिङकाले सिक्किमका वास्तवमा उहाँ दुवैका साथै कालेबुङका पनि हुन् कारण उहाँको नेपाली साहित्य अध्ययन समितिको स्थापनामा पनि प्रमुख भूमिका छ| यहाँ २६.७.१९३१ देखि २६.७.१९३२ दोस्रो र पछि ७.१०.१९३९ देखि २३.५.१९६५ सम्म चौथो अध्यक्षको रूपमा दुई दशकभन्दा धेर सेवा पुरयाए तर खै यसप्रति कृतज्ञता वा आभार प्रकट अझ यहाँ सम्म आइपुग्दा पनि कहीं कतै उल्लेख सम्म न भएको यस महान् व्यक्तित्वको!”