अन्तरदेशीयदेखिअन्तर्राष्ट्रिय इन्द्रजात्रासम्म राजीव शङ्कर श्रेष्ठ
कुनै पनि जाति वा समाजलाई राज्य, राष्ट्र अनि विश्वकै कल्याण र हितमा एकताको सुत्रमा बाँधेर सङ्गठित भई उन्नतिको दिशातर्फ अग्रसर हुन र सेवा पुरयाउन गुठीको खुबै महत्वपूर्ण भूमिका भएको अङ्गीकार गरेर र यहाँ निम्त्याएर नै सिक्किमलाई आफ्नो नयाँ घर बनाउन आएका हाम्रा पुर्खाहरुमा प्रथमको रुपमा टक्सारी चन्द्रवीर नेवारले रिनाकमा जुन प्रकारले विरोध र सङ्घर्षको सामना गर्नपरयो सो आज इतिहासको पानाहरुमा निहित छ र आफ्नो पराक्रमी सुझ-बुझ र दूरदर्शिताद्वारा विजय प्राप्त गरे उप्रान्त त्यहाँ रिनाक गुठीको स्थापना सर्वप्रथम भएको थियो l दिनभरिको मेहनत र काम कुरा सिद्ध्याएर साँझ सबै भेला भई सुख-दु:ख बाँड़-चुड़गरी एक अर्कालाई सहयोग-भ्रातृत्व बन्धनमा बाँधी राख्न एक आश्रयको रुपमा मन्दिरले अर्को महत्वपूर्ण भूमिका खेल्ने हुनाले त्यहाँ बजारमा श्री ३ धनेश्वर शिवालय महादेव मन्दिरको स्थापना भएको थियो. यस्तै नै अनुभव भारतीय सेनाबाट सेवामुक्त भएपछि आफ्नो गाउँ रालेगण सिद्धिलाई एक नमुना गाउँको रुपमा स्थापित गरी स्वयम् समेतलाई अन्तर्राष्ट्रिय ख्याति प्राप्त गर्न सक्षम भएका अन्न हजारेले सन् २०००सालमाहामी उहाँसित भेट गर्न पुग्दा हामीलाई सुनाएका थिए l उहाँ रिनाकमा किंगस्टन, चालिसे, आदि ठाउँहुँदै जुलुक आफ्नो गाड़ी हाँकेर राष्ट्रको सुरक्षामा सेवारत भएको कुरा स्मरण गरेका थिए l यस मन्दिरमा भजन, कीर्तन, नाटक आदि प्रेरणाप्रद भक्ति-भावका क्रिया-कलापमा संलग्न भएर अन्य गतिविधिहरुद्वारा गाउँको विकास गरेका थिए ती दुवै इतिहास पुरुष टक्सारी चन्द्रवीर नेवार र वर्तमानमा अन्ना हजारेले l जुन प्रसिद्धि र यश रिनाकको विश्व विख्यात चन्द्र नर्सरीले एक सय वर्ष अघि आफ्ना पिताको स्मरणमा राई साहेब रत्न बहादुर प्रधान र बाबु दुर्गा शमशेर प्रधान दुई भाइले स्थापित गरी स्वयम् समेत हिमाली राज्य सिक्किमलाई चुल्याईलगेका थिए त्यही वर्तमानमा अन्ना हजारेले प्राप्त गरेको दृष्टान्त प्रत्यक्ष प्रमाण हामीसित छ l