बिमारीसित जुद्धै भए पनि उनले लेख्न छाडेका थिएनन् यद्यपि यसबारे कुरा गर्दा र 'हाम्रो ध्वनि' लगायत अन्य पत्र-पत्रिकामा उनका लेख, कविता, आदि पढ्न पाएको भन्दा ती सब कतिपय अघि लेखिएका हुन भनेका थिए l लेख्न त उनले छाडेका थिएनन् र उनका छिमेकी साहित्यकार गोपीचन्द्र प्रधानले पनि पुष्टि गरेकाले मैले हाम्रा बहिनी सुनिता र उनका पति दुवैको वाहन-दुर्घटनामा अकस्मात निधन भएकोमा उनको स्मरणमा एक लेख "उदयचन्द प्रधानप्रति श्रद्धाञ्जलि"का लागि अनुरोध गर्दा उनले यथासमय पठाउनका साथै फोनगरि पुग्यो-पुगेन निधो गर्न खबर गरेका थिए र पछि मैले पाएको खबर दिएको थिएँ l यसबाट उनको यस सरल प्रवृत्ति साथै व्यवहारिकता र शालीनता स्पष्ट हुँदछ l
शरद्को आफ्नै शब्दमा (एक डायरीबाट प्राप्त अप्रकाशित अनि “शरद् छेत्री स्मृतिग्रन्थ”-मा पनि सम्मिलित) उत्तर यस्तो छ –
“मानव-जीवन अन्तर्गत अनुभव गरिएका विविध पक्षहरु अनि प्रभावहरुको कलात्मक अभिव्यक्ति हो साहित्य|”
यो उनको दूरदर्शितापूर्ण महानता नै हो कि वा कुनै दैविक वरदानले अभिप्रेरित उनले आफ्ना प्रकाशित-अप्रकाशित अनेकौं लेख, अन्तवार्ता, कथा, कविता, आदि सामग्रीलाई संकलितगरि आफनो जीवन कालमा नै पुस्तक आकारमा प्रकाशितगरि नेपाली सहित्य भण्डारलाई धनाढ्य तुल्याउने अमुल्य योगदानमा अन्तिम समयसम्म उनी लागिरहे खुबै सफलतापूर्वक l नयाँ वर्ष २०१२को उपलक्ष्यमा आफ्नो कथा सङ्ग्रह "विकीर्ण तरङ्गहरु" हामीलाई दिएका थिए भनें अझ कतिपय यता-उति परेका लेखिएका सामग्रीको सङ्ग्रहमा उनी जुटेका कुरा अन्तिम भेटमा भनेका थिए अनि उनको अन्त्येष्टि क्रियाको दिन परिवारजनबाट थाहा लाग्छ कि उनको निधनको दुई साता अघि मात्र आफ्नो जन्मदिवसमा अन्तिम पुस्तक “केही विवेचना केही समीक्षाहरु” स्वयम् हस्ताक्षरित गरी हामीलाई दिइगएका छन् | उहाँको यही समर्पित साहित्यिक निष्ठाप्रति निहाल भएर नै हामीले हाम्रो “शरद् छेत्री स्मृतिग्रन्थ” आज दिवङ्गत विभूतिको ६६ औँ जन्म जयन्तीको पुनीत अवसरमा यहाँ यसरी लोकार्पण गर्न सौभाग्य जुटाएका छौं|
यस पुनीत कार्यमा हामी कुनै व्यक्तिगत ध्येय वा महत्वाकांक्षा नराखिएको र उहाँबाट रचना रजत जयन्तीको शुभ अवसरमा सन् २००४-मा आयोजित कथा प्रतियोगिताको अन्तिम निर्णायक भएर जुन अति महत्वपूर्ण योगदान र सहयोग हामीले पाएका थियौं त्यसप्रति कृतज्ञ भएर नै “रचना कथा अनुष्ठान २००५”सित यो आज यसरी दिवङ्गत मित्रप्रति हामीबाट श्रद्धाञ्जलिस्वरूप श्रद्धा-सुमन अर्पण गर्ने तुच्छ प्रयास मात्र गरेका हौं - “शरद् छेत्री स्मृतिग्रन्थ”! उहाँका कृतिहरु हाम्रो लागि अमूल्य हुन् र आउँदो पिढीलाई विरासत स्वरूप प्राप्त भएकोलाई नै यस प्रस्तुतिलाई हाम्रो हिमाली धरोहरको श्रंखला ४ अन्तर्गत् हाम्रा संस्थापक बुवा स्वर्गीय जय शङ्कर लाल श्रेष्ठको ११ औँ स्मृति-दिवसको पुण्य अवसरमा समर्पित गर्ने जमर्को गरेका हौँ/छौं|
"कथाका कामधेनु" भनी कहल्याइएका शरद् छेत्री अब हामी माझ रहेनन् तर उनको स्मृति र योगदान प्रचुर र प्रशस्त छन् उनलाई अमर बनाउनका लागि र उनको असामयिक निधनले हाम्रो समाज र नेपाली साहित्य जगत् लाई वास्तवमा एक अपूरणीय क्षति हुन गएको छ l हालसालै कतिपय साहित्य अनुरागीहरुले उनका यी गुण तथा महत्व बुझेर नै लेख, आदि लेख्न शुरुगरेको कुरा पत्र-पत्रिकातिर प्रकाशित सामग्रीबाट हामी थाहा पाउँछौं l उनको साहित्यको गहन शोध - अध्ययन गरेर यस क्षतिलाई केही मात्रामा परिपूरण गर्न सकिन्छ कि र यसो गर्नसके यसले नै उनको दिवङ्गत आत्मालाई केही शान्ति प्रदान गर्नका साथै यस महान् साहित्यकारप्रति हाम्रो वास्तविक श्रद्धाञ्जलि हुनजानेछ भने अतिशयोक्ति नहोला ! ञ्
अन्तमा, कतिपय अवाञ्छनीय कारणवश हामीले यस“शरद् छेत्री स्मृतिग्रन्थ”-लाई अनेकौं विघ्न-वाधा, अड्चन र किचलो पारगरि यस आकार र प्रकारमा अन्तिम क्षणमा प्रकाशित गर्नपर्ने वाध्यतालाई हाम्रा विज्ञ महानुभावहरुले यो जे जस्तो भयो सो एक दिवङ्गत मित्रप्रति हामीबाट श्रद्धा-सुमन अर्पण गर्ने तुच्छ प्रयास मात्र गरेका हौं र यसलाई यसरी नै स्वीकार गर्नभए हामीलाई समर्थन मात्र नभइ सहयोगकासाथै भविष्यमा अझ यस्ता पुनीत सुकार्य गर्न सदैव प्रेरणा र प्रोत्साहन प्राप्त हुनेछ| दार्जीलिङबाट हामीले उच्च शिक्षासँगसँगै धेरै कुरा अब पनि सिक्ने अवसर पाएका छौं र अझ धेरै आशा राखेको छौं |
धन्यवाद दार्जीलिङ, धन्यवाद आज यहाँ उपस्थित महानुभावहरु - यस्तो पुनीत कार्यमा सहभागी हुनभइ दिवङ्गत मित्रप्रति श्रद्धाञ्जलिस्वरूप प्रस्तुत हाम्रो यस तुच्छ प्रयासको यसरी साक्षी हुनुभइ हामीलाई कृतार्थ गरिदिन भएकोमा – शरद्ले लगाएको गुणको भार बिसाउने निजी स्वार्थमा यहाँहरुसमक्ष आज यसरी आएको तर पानी-झरी झैँ माया-स्नेहको बर्खासाथ यो गुण अझ थपिन पो गएको पाएका छौं र आफैलाई अझ समर्पित र धेरै प्रेरणा र स्फूर्ति लिई फर्किंदै छौं हामी !
एक पटक फेरि पनि धन्यवाद!