मूल लेखक : केशव चन्द्र प्रधान, एक वरिष्ठ सिक्किमवासी
अनुवादक : राजीव शङ्कर श्रेष्ठ
पुराना विचारधाराका हामी सिक्किमवासी भई जन्म लिएका अनि हामीले अथक/निरन्तर परिश्रमद्वारा सिक्किमलाई आफ्नै पहिचान भएको एक गर्वको स्थान बनाउन काम गरेका थियौं – चाहे यो एक सानो राज्य/देश नै किन नहोस्| यहाँ भन्दा कम जनसंख्या अनि आकार भएका अनेक देशहरु छन् जुन संयुक्त राष्ट्रमा विशेष महत्व लिई राष्ट्र भई विद्यमान छन्| यस सानो शांग्रिलामा इतिहासले हानि गरेको छ| यसकोलागि केही मात्रामा हामी स्वयम्-को मूर्खता थियो औ केही मात्रामा अज्ञानताको कारण चतुराईको साथ भोटाङ्ग झैं आफ्नो चाल खेल्न सकेनौं| त्यो हो बितेका कुरा अनि त्यसलाई थान्कोमा राखेकै बेस अन्यथा हाम्रो अघि बढ्ने क्रममा वाधा हुनेछ|
राजनैतिक पार्टीहरुमा यो हेर्नमा राम्रो लाग्छ कि सिक्किम नेशनल प्युपल्स पार्टी (एस.एन.पी.पी.- सिक्किम राष्ट्रिय जनवादी पार्टी) केही युवा बुद्धिजिवीहरुको पार्टी, सठीक समयमा सिक्किम सब्जेक्टको प्रसङ्ग सही रूपमा उठाउँदै स्पष्ट तौरमा अग्रणी बनेको छ| उनीहरु चुनाव मैदानमा उत्रन्छन् कि उत्रन्दैनन् त्यो केही महत्व राख्दैन तर त्यस्ता आवाज देशमा मणि शङ्कर अय्यर, पी. चिदम्बरम, अरुण जेट्ली अनि सुषमा स्वराजका आवाज झैं सुप्त समाजमा केही विशेष फरक पार्दछ| जब ती बोल्दछन् देशले सुन्दछ|
यो सत्यता अकाट्य छैन कि जब सिक्किम भारतसित विलय हुँदा पवित्र प्रण अनि आश्वासन, लिखित र अलिखित दुवै, संविधानको धारा ३७१एफ - जुन मई १९७३को त्रिपक्षीय सम्झौता अन्तर्गत् वास्तवमा आधारित छ – ले आफ्ना जनताको सुरक्षाको लागि प्रदान गरेको छ| सन् १६४१ योक्सममा भोटे, लाप्चे र चोंगमाझ भएको ल्हो-मोन-चोंग-सुम त्रिपक्षीय सन्धि-पत्रले तत्कालीन राज्यको जन्म भएको थियो भने भारतीय संविधानको धारा ३७१ एफले भारत भित्र सिक्किमलाई एक प्रजातान्त्रिक अस्तित्वको रूपमा प्रगट हुन् मार्ग प्रशस्त गरेको थियो| यसले सबै सिक्किमवासीहरुलाई विशिष्ट पहिचान भएको ‘सिक्किम मूलका भारतीय’ बनायो अनि तीनै साम्प्रदायिक समुदाय भोटे-लाप्चे (बी-एल) अनि नेपालीलाई एक राजाका प्रजा ठहरिएका सिक्किमवासी, सद्भावनासाथ बसेर, सुरक्षित शक्तिभित्र बसेर सर्वांगीण प्रगति गर्नेछन्| यसलाई राष्ट्रका सर्वोच्च कानून निर्माताहरुले २००८को भारतीय वित्त ऐन अन्तर्गत् ‘सिक्किमवासी’ शब्दलाई स्पष्टरूपले परिभाषित गरी अझ सुदृढ़ बनाएको छ – कोही चाहे कतिनै रुखो तौरले चिच्याए ता पनि|
अब चुनाव नजिकिँदै छ अनि सारा देश नै चुनावी बिरामीको चपेटमा छ| वर्तमान परिप्रेक्ष्यमा सत्ता हासिल गर्नु नै एक मात्र ध्येय छ| केही आश्चर्य नलाग्ला कि सबै सहुलियत र मिठासले परिपूर्ण कुरा यहाँ तुरन्त पस्किइन्छ| यो भिन्दै कुरा हो कि यी मध्ये कति वास्तविकतामा परिणत हुन्छन् - जब इलेक्ट्रोनिक भोटिंग मशिनले भाग्यको निर्णय गर्छ अनि भाग्यशालीहरुले सरकार गठन गर्छन्| देशका केही राज्यहरुको ‘एक्जिट पोल’ को अन्दाज मात्रले सेन्सेक्समा २०-हजारको उछाल ल्याएकोले के प्रकारको परिणाम आउने हो अनुमान गर्न सकिन्छ| जम्मु-काश्मीरको धारा ३७० जस्तो संवेदनशील विषय चर्चामा आएर उत्तेजना देख्न पाईन्छ| देश निश्चय नै एक आदर्श परिवर्तनतर्फ अग्रसर देखिन्छ यदि हामी वर्तमान चुनावहरुको परिणाम विचार गरी हेरौं भने|
विषय-वस्तुको वास्तविकता यो छ कि हामी सिक्किमवासी – हाम्रा भूमिपुत्र र भूमिपुत्रिहरु यस शीघ्र परिवर्तनको माझ कहाँ उभ्नेछौँ? के हामी हामी एकबद्ध (वा अझ पुन:एकवद्ध) हुन् सक्षम छौं - हाम्रा न्यायोचित उद्देष्य सुरक्षित राख्न र केन्द्रसमक्ष उत्साह र विश्वसनीयतासाथ प्रस्तुत गर्नलाई? कि सिक्किमवासी आफ्नै घरमा मुन्टो निहुराएर उभ्नेछ्न्? यी सब विवादनीय प्रश्नहरु हामी सिक्किमवासीले मनन् गर्नपर्नेछ, आफैलाई सोध्नपर्नेछ, वाद-विवाद गर्नुपर्नेछ, स्पष्ट भई युवा पुस्तालाई अनि अझ नजन्मेका पुस्ताहरुलाई सही दिशानिदेशका साथ मार्ग-दर्शन गर्नुपर्नेछ| मलाई यो भन्न अलिकता पनि हिचकिचाहट छैन कि आज हामी विभाजित घर छौं अनि सम्पादित हुनगइरहेका क्रियाकलाप हामीले छाड़ी जाने एक खण्डित सिक्किमको स्पष्ट सङ्केत हो| यो समय होइन् एक आरामकुर्सीमा बसी समीक्षक हुने|
यो बोल्ने समय हो| समय हो आत्मखोज अनि बुद्धिमानीका साथ चिन्तन सँगसँगै जनमानसमा जागरुकता/चेतनशीलता ल्याउने यदि हामी सिक्किमका जनताको जीवनमा एक परिवर्तन ल्याउन चाहन्छौं भने|
यो हामी बुझ्दछौं कि ऐतिहासिक कारणवश केही समायोजन आवश्यक छन्, विभिन्न जातीय समुदायको जनसंख्या उदाहरणलाई पृथक राखी|तर यसलाई हामीले हाम्रो आन्तरिक मामिला सम्झेर आपसी सदभावनासाथ निपट्यानु पर्छ| तर राष्ट्रिय स्तरमा सिक्किमवासी संविधानले सुरक्षित एक विशिष्ट समुदाय समूह भएर प्रस्तुत हुनुपर्छ साथै सिक्किमवासी लाई एकबद्ध भई आफ्नो अधिकारको लागि सठीक स्थानमा सङ्घर्ष गर्ने दूरदृष्टि हुनुपर्छ| आशा छ, यस परिकल्पनालाई साकार भएको हामी यहाँ इह-लोकमा छँदै हेर्नपाउँ||
(Sikkimese Where to- Keshab Chandra Pradhan published in the Sikkim Express 7 December 2013 gangtok Photo shown above)