काग घर छेउ आई कराए भन्छ - केही खबर ल्याउँछ
अनि झर्कंछ - काग कराउँदै गर्छ पीना सुख्दै गर्छ
चन्खो कागको कथा सानै छँदा पढेको
सुन्छु तर काग भन्दा कोयली चन्खो
कागले कान लग्यो भन्दैमा काग पछि कुद्नु?
कागको बथानमा हाँस पनि त हुनु भएन !
कुकुर
कुकुर को काम पनि छैन फुर्सद पनि छैन
अनि कुकुर-बिरालो जस्तै न बाझ्नु
नत्र घरको न घाटको हुनु पर्ला
लोभी कुकुरको कथा पनि सानै छँदा पढेको
हुन्छ खुबै विश्वासी, मालिक भक्त बनी स्वर्ग पुग्छ तर
कुकरले 'के' पनि नखाई यता कता एकै बिहानै आएको भने!
गाई-गोरु
कसम गाईको मांसु खानेको अनि
गाई हत्याको पाप लागोस् भन्नेको पनि
कारण गाई जस्तै सोझो म मान्छे ठगिने पो हो कि
फेरि गाई-गोरुको बथानमा मलाई पारेर
गाई-गोरु कै मोलमा बिकिने न त भएर
गाई-गोरु गोठको सोतरमा सुतिने पो हो कि !
गोबर्धन पुजा
गोबर्धन पहाड नै उचाले होलान् भगवानले सत्ययुगमा
घर-बारको भार थाम्न नै आई कलियुगमा
अनि उचाल्न पनि हम्मे-हम्मे पर्छ हामी मानवलाई
जब कि यी मानव नै लिनपुग्छ रुप दानवको पनि
प्रभु आईपुग्न परयो आजै यस विकट पुग-अपुगमा
नत्र सार्थकता के रह्यो गोबर्धन पुजाको यस युगमा!
म्हपुजा / किजापुजा
देवी लक्ष्मीको स्वागत पुजा गरी म्हपुजा आफ्नै गर्नु छ
काग- कुकुर - गाई-गोरु - गोबर्धन सबैलाई पन्साए पछि
बलिराजा सम्झी भइलो र देउसी खेल्ने सबै स्वागत सत्कार
साथी-संगी भेलागरी रमाइलो गर्न र सेलरोटी खान पनि
परेको नै छ - जे जस्तै नै होस् किजापुजा गरौं सबै मिली
कारण भोलिको के गर्नु सुर्ता जब थाहा नै छैन यसको केही !