कालेबुङलाई समर्पित
फेरि पनि धन्यवाद, प्रज्वल - राजीव शङ्कर श्रेष्ठ
बेलायतको अक्सफोर्ड हिन्दू अध्ययन केन्द्रसित सङ्लग्न लेखक, आफ्नो पहिलो कथा-सङ्ग्रह ‘द् गोर्खास् डटर‘द्वारा संसारभरि नै सुपरिचित २९-वर्षीय प्रज्वल पराजुली अक्सफोर्ड र न्यूयोर्कमा समय बॉड़-चुड़ गर्न व्यस्त कहिलेकाँही भने उम्केर हिमालको काखमा अवस्थित आफ्नो प्रिय गृह-नगर गान्तोक आइपुग्छन्| यस पटक यही २० देखि २२ दिसम्बर उनी आफ्नो दोस्रो पुस्तक ‘लेण्ड व्हेयर आई फ्ली’ उपन्यास यहाँ आफ्नो अति प्रिय स्थल रचना पुस्तकमा लोकार्पित गर्न आइपुग्छन्| दिल्ली, गोवा, मुम्बई अनि चेन्नईमा लोकार्पित गरी गान्तोक आइपुगेका प्रज्वल आगामी दिनहरुमा कोलकता, फेरि चेन्नई, बेंगलोर, पुणे, फेरि मुम्बई हुँदै बेलायत फर्किनेछन्|उनको यो नयाँ उपन्यास गान्तोक साथै कालेबुङ अनि डेड़-वर्षीय अद्विक व्यास शर्मालाई - जसलाई यस पुस्तकबाट गम्भीर प्रसङ्ग पढ़ेर सुनाउँदा हाँसिदिन्छ - तीनैलाई समर्पित छ| त्यसपछिका थप दुई दिन पनि यतै व्यस्त रहेका प्रज्वल मसित समय निकालेर भेट गर्छन् – त्यही केही रमाईला क्षणका कुरा यहाँहरु समक्ष प्रस्तुत छ|
सिक्किम शीतकालीन उत्सवमा प्रस्तुत सिक्किमेली चेली नेवार वेशभूषामा भएको एक चित्र स्थानीय दैनिक ‘सिक्किम एक्सप्रेस’बाट आफ्नो फेसबुक ‘नेवार्स इन सिक्किम’ पृष्ठमा राखिरहेको हुन्छु - रमण मलाई प्रज्वल आइपुगेको खबर गर्दछ र भेट्न तल झर्छु| विशालकाय शरीर अझ अग्लो भएको पाउँछु यस एक वर्ष पछि – सफलता साथै प्रसिद्धि पाएर! गोर्खाली खादा लगाइदिएर स्वागत अभिनन्दन जनाउँदछु हाम्रो यस युवा गौरवलाई अनि बधाई दिन आइपुग्छिन् मेरी श्रीमती रञ्जना पनि| पोहोर साल यसै ताका प्रथम पुस्तक लोकार्पण गर्नआएका बेला यसरी नै भेट हुँदाको रमाइलो क्षणलाई चिरस्मरणीय बनाउन हाम्रो वेब साइट करुणागुठी डट कममा हाम्रो एक तस्वीरसित यो उद्गार लेखेर राखेको थिएँ – ‘यहाँको सफलता नै हाम्रो सफलता हो!’ यस पटक त्यही क्रमलाई अघि सार्दै म प्रज्वललाई भन्छु – ‘यहाँको उपलब्धि नै हाम्रो उपलब्धि हो!!’
आफुले गर्दैगरेको काम मन पराएर गरे मात्र उपलब्धि लगातार सम्भव हुँदछ|
बार्ट कोन्नोर

प्रज्वल सम्झना गराउँछन् हाम्रो पहिलो भेट - सन् २००९-मा रमण दक्षिण-पूर्वी देशहरुको भ्रमण गएको बेला रचना पुस्तकमा आउँदा सम्राट उपाध्यायको चर्चित पुस्तक हातमा लिई त्यहाँ लहरै सजाइएका पुस्तकहरु देखाई भनेको त्यो कुरा स्मरण गराउँद्छ, “अंकल, एक दिन मेरो पनि पुस्तक यसरी नै सजाइएको यहाँ पाउनु हुनेछ|” मैले त्यस बेला कलकत्ताबाट प्रकाशित लोकप्रिय अङ्ग्रेजी दैनिकको एक लेखमा पढेको टिप्पणीको आधारमा भन्छु कि यहाँ भारतमा एउटा अङ्ग्रेजी पुस्तक पांच सय प्रति बिक्री हुनसके एक हिट पुस्तक ठहराईन्छ भन्ने कुरा सुनाएको तर उनले आफ्नो पुस्तक साथी-भाइको सहयोगले यहाँ नभए कालेबुङ, शिलाङमा समेत बिक्री सहजै गर्नसकिने बताएका |बिक्री गर्न सकिने बताएका थिए| अब यो संख्या/कुरा अविश्वसनीय लाग्दछ अनि प्रज्वलको यो उपन्यास प्रकाशित भएको केही दिनमा नै बेस्टसेलर टप टेन लिष्टमा प्रवेश गर्दछ| स्थानीय ‘सिक्किम एक्सप्रेस’, ‘सिक्किम नाउ’, ‘हाम्रो प्रजाशक्ति’ आदि बाहेक ‘द् एशियन एज’, , ‘द् टेलिग्राफ टिटु’,बारे लेख '’द् एशियन एज’ ‘द् काठमांडू पोस्ट’ द् टेलिग्राफ टिटू जस्ता समाचार पत्रले प्रमुखतासाथ लेख छाप्छन् भने ‘हिन्दुस्थान टाइम्स’मा मञ्जुला नारायणले प्रज्वलको यस पुस्तकलाई निरुपण गर्दै वर्षकै एक उत्कृष्ट उपन्यासहरु मध्ये एक ठहर गरेकी छन् !
चर्चा हुन्छ नेपाली पुस्तकबारे अनि यता प्रचलित सित्थै दिने प्रथा | रचना पुस्तक आईपुगेका सिक्किम अकादेमीका अध्यक्ष पेम्पा तामाङसित यस्तो प्रथा अन्त गर्न केही पहल यस संस्थाले चाल्नुपर्ने आवश्यकताबारे कुरा भएको बताउँछन्| नेपाली पुस्तकहरु स्तरीय नहुनाको कारण नै लेखक स्वयम्-ले आत्म-सन्तुष्टिको लागि आफै लगानी गरी प्रकाशित गर्नुपरेको हो कि अनि आफ्नै प्रचार-प्रसारमा सहायक हुन्छ भन्ने अभिप्रायले सित्थै बाड्ने प्रथा प्रचलित भएको हो कि भन्ने आशंका व्यक्त गरे| वास्तवमा, अन्यले प्रकाशित आफ्नो पुस्तक स्वयम् लेखकले पनि किन्न परेको हुन्छ र यो कुरा पाठकले बुझिदिॅदैनन् | यस्तो प्रथा यता सिक्किम-दार्जीलिङतिर धेर देखिने तर रचना पुस्तक एक प्रबल समर्थक भएकोले गर्दा अब ययस दिशातर्फ प्रज्वलको आफ्नै पुस्तक ‘द् गुर्खास् डटर’ अनि चेतन राज श्रेष्ठको ‘द् किङ्गस् हार्भेस्ट’ बाँिड़एन| यो एक राम्रो सकरात्मक पहल हो|लोकार्पणसितै सचेतना अभियान अझ तीव्र भएको छ|
‘मनका लहर अनि रहरहरु’
नेपाली साहित्यमा स्तरको कुरा हुँदा यस वर्षको लागि साहित्य अकादमी पुरस्कार एम. बी. प्रधानको ‘मनका लहर अनि रहरहरु’लाई दिइने घोषणा भएको र हामीसित भएको पुस्तक देखाउँछु जसको छपाई र प्रस्तुति असल रूपमा भएको देख्न सकिन्छ । मलाई पुस्तक र निर्णय दुवै नै राम्रो लागेको र मुमाले पनि यो हाल पढ्दै गर्नुभएको कुरा भन्छु साथै काशी हिन्दू विश्वविद्यालयका प्राध्यापक डा. दिवाकर प्रधानले लेखेका पुस्तकको भूमिकामा यात्रा-साहित्यको नै खुबै असल व्याख्यान दिएको कुरा भन्छु | यसै पुस्तकबाट परिचित विजेता लेखकलाई बधाई दिँदै ‘हिमालय दर्पण’को त्यो समाचारलाई फेसबुकको हाम्रो ‘नेवार्स इन सिक्किम’ पेजमा पुस्तकको आवरण चित्र, लेखक र पुस्तक परिचय, सोही दैनिकबाट डा. गोविन्दराज भट्टराई अनि डा. कुमारप्रसाद कोइराला द्वारा अघिबाटै लिखित लेखहरु राख्दछु| डा. प्रधानले यो पेज शेयरगर्दै लेख्नुभएको यो टिप्पणीबाट धेरै महत्वपूर्ण कुरा बुझ्न सक्दछौं – “... नेपाली भाषाको यो पुस्तक राष्ट्रिय स्तरमा प्रस्तुतयोग्य छ । यो नियात्रा साहित्य हो । भारतवर्षलाई अन्तर्राष्ट्रिय पर्यटनसित जोड़्नुमा यस पुस्तकले सहयोग गरेको पाइन्छ । देशाटनको दर्शन, दर्शनीय देश वा स्थलको भाषा, भूगोल, इतिहास, समाज, संस्कृतिबारे गहिरो अध्ययन यस पुस्तकका विशेषता हुन् । भारतीकालदेखि अर्थात् १९५०-कै दशकदेखि साहित्य-रचनामा लागिपर्ने एम बी प्रधान पहिले कथाकार थिए । समयको मागअनुसार उनी नेपाली भाषा-शिक्षामा लागे, नेपाली भाषा सिकाउने पुस्तकहरू धेरै लेखे, नेपाली भाषालाई १९७५-मा साहित्य अकादेमीमा पु-याउनुमा धेरै खटे, पुगेपछि नेपाली रचनाहरू अङ्ग्रेजीमा अनुवाद गरीगरी देशलाई देखाए। ‘कालिम्पोङका ग्राहम बाजे’ यिनको प्रसिद्ध रचना हो । यसका साथै यिनले ८ वटा पुस्तक लेखिसकेका छन् । यिनका रचना भारती, गोर्खा, दीयो, दियालोलगायत नेपाली-अङ्ग्रेजी दैनिक र सामयिक पत्रिकाहरूतिर धेरै छापिएका छन् । यसपालिको यो पुरस्कार : १ पहिलोपल्ट कालेबुङ पुग्नेभयो, २. लामो समयदेखि साहित्यमा लागिपर्ने ८० वर्षे उमेरका वरिष्ठ र दिग्गज साहित्यकारको असल रचनाले पाउनेभयो, ३. अरू विकसित साहित्यमा जस्तै नियात्रा विधामा नेपाली ग्रन्थ पनि पुरस्कृत हुनेभयो, ४. क्षेत्रीय साहित्यिक संस्था कालेबुङको नेपाली साहित्य अध्ययन समितिका अध्यक्ष श्री प्रधान राष्ट्रिय साहित्यिक संस्थाबाट पुरस्कृत हुनेभए ।“
त्यहाँ उहाँका मित्र नेत्र एटमको एक टिप्पणी यस्तो पाउँछु “यसपटकको साहित्य अकादमी पुरस्कार विजेता एम. बी. प्रधानको स्तरीय नियात्रा कृति 'मनका लहर र रहरहरु' भएकोमा निकै खुसी लागेको छ । नियात्राको उच्चस्तरीय कृति त यो हुँदै हो, साथै यस कृतिमा डा दिवाकर प्रधानको विशिष्ट भूमिकासमेत अति सुहाउँदिलो छ, जसले नेपालीमा भूमिका लेखनको एउटा मानक पनि स्थापना गरेको छ।“ अर्को टिप्पणी छ दिल प्रधानको - “गोविन्दराज भट्टराईले पनि प्रशंसा गरिसक्नुभएको यस पुस्तकले अकादमी पुरस्कार पाएकोमा राम्रो लाग्यो। राम्रो पुस्तकले पुरस्कार पाउँदा सबैलाई खुशी लाग्ने कुरा हो। केही दिन अघि केही कवि, साहित्यकार भाइहरूले आफुले पढेको राम्रो पुस्तकले पुरस्कार नपाएकोमा नमज्जा लागेको लेखेका देखेको थिएँ। यो पुस्तक पढेर आफ्नो विचार पुनः व्यक्त गर्ने अनुरोध छ।“
‘द् गोर्खास् डटर’ यहाँ रचना पुस्तकमा लोकार्पण गर्दा कालेबुङबाट एम. बी. प्रधान यहाँ आउनु भएको र यस विशालकाय वयोवृद्धको आकर्षक व्यक्तित्वले प्रभावित भएको स्मरणगर्दै त्यहाँ यसै साताको शुक्रवार २७ तारिख होटल ‘द् सिल्भर ओक्स’मा (एक समय यहाँ टाशी नामग्याल एकाडेमीका छात्र रहेका) भरतमणि प्रधानको सहयोगमा हुने नयाँ पुस्तकको लोकार्पण समारोहमा उहाँलाई निम्त्याउनपर्ने प्रज्वल इच्छा व्यक्त गर्छन् | मलाई पनि यसमा आइदिन हुन अनुरोध गर्छन्| ‘लेण्ड व्हेयर आई फ्ली’ गान्तोक र कालेबुङको पृष्ठभूमिमा लेख्नका साथै समर्पित पनि गरिएकोले त्यहाँ पनि यस्तो समारोह आवश्यक अनि महत्वपूर्ण मात्र होइन् एक असल काम हुने कुरा छोरा रमणसित गर्दा सो सुकार्यको निर्णय भएको थाहा लागेको भन्छु र यसबारे जानकारी फेसबुक मार्फत् पनि उपलब्ध रहेको म पछि पाउँछु|
पुस्तकको भाग्य पाठकको क्षमतामाथि निर्भर गर्दछ|
टेरेनियानस मौरस

‘गोवा आर्ट्स एण्ड लिटेरेरी फेस्टिभल’
देशभरि ६७ स्थानमा साहित्यिक उत्सव / ’लिट्फेस्ट’ आयोजित हुनेगरेको र भर्खरैयहाँ दिसम्बर ५ देखि ८ सम्म ‘गोवा आर्ट्स एण्ड लिटेरेरी फेस्टिभल’मा सिक्किमले राष्ट्रिय स्तरमा भारतीय साहित्य मञ्चमा प्रथम पटक सहभागी हुन्-पाएको एक गर्वको कुरा भएको म भन्छु| एकै पटक चार-चार जना (प्रभा राई, प्रज्वल पराजुली, चेतनराज श्रेष्ठ र रमण श्रेष्ठ) सामेल हुन आमन्त्रित भएको कुरा गौरवशाली विषय भएको प्रज्वल भन्छन्| प्रोफेसर लर्ड मेघनाथ जगदिशचन्द्र देसाई, गुलजार, मृदुला गर्ग, नन्दिता ह्क्सर, शशि देशपाण्डे, के. सच्चिदानन्दन, किश्वर देसाई, विणा रमानी, केकी एन. दारुवाला, सञ्जय ह्जारिका, विवेक मेनेजिस, ध्रुव हजारिका, जेरी पिन्टो, आदि सरहका अनेकौं राष्ट्रिय अनि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त व्यक्तित्वहरुको महोत्सवमा निमन्त्रित हुन् नै एक सौभाग्य हो| अब मार्ग प्रशस्त भएको र सम्भावना प्रचूर रहेकोले एक नयाँ क्षितिज टड्कारो भई प्रकट भएको मलाई लाग्छ| रचना पुस्तकको पहलमा ‘कन्भर्स’ कार्यक्रम उत्तर-पूर्वका केही परिचित हस्ताक्षरहरुमा सीमित नराखी राष्ट्रिय स्तरमा आफ्नो पहिचान राख्न पर्ने र स्थानीय लेखकहरुको सहयोगद्वारा सम्भव भएको अनि भविष्यमा पनि धेरै आशा राख्न सकिने कुरा हुन्छ| तर सिक्किममा यस्तो ’लिट्फेस्ट’ आयोजित गर्ने जस्तो महान् काम आर्थिक पक्ष हेरेर व्यक्तिगत तौरले असम्भव लाग्छ अनि यसको लागि सरकार, संघ-संस्थान लगायत सम्बन्धित व्यक्तिहरुद्वारा पनि सहयोग वान्छनीय हुन्छ अनि रचना पुस्तकद्वारा कुरा समाज अघि सार्नु पर्छ, प्रस्तुत गर्नु पर्छ - प्रज्वल भन्छन्| हाम्रो समाजको बदलिँदो परिवेशमा यो प्रस्ताव एक चुनौतिपूर्ण छ, असम्भव चाहिं कदापि होइन्|
“अब यस्तो अर्को सुअवसर पाँच वर्ष जतिपछि मात्र सम्भव होला कि!?” रञ्जनाको “किन यति ढिलो?” प्रश्न अनि म भन्छु “अझ गतिलो,प्रश्नमा म भन्छु, "अझ गत्तिलो पुस्तक र अझ राम्रो पुस्तकका साथ!” यस रमाइलो भेटलाई स्मरणीय बनाउन अवसर छोप्छु प्रज्वलद्वारा नयाँ पुस्तकलाई हस्ताक्षरित गराउन अनि केही तस्वीरहरु सँगै खिंचिराख्न, उनी लेख्छन् –
Dear Rajiva Shanker Shrestha Uncle,
Great seeing you again. Enjoy the book.
Thanks once again for having started Rachna Books.
Sincerely,
Prajwal
यसको अनुवाद म यसरी राख्छु -
“प्रिय राजीव शङ्कर श्रेष्ठ अंकल,
फेरि यहाँसित भेट्नपाउँदा अति खुशी छु|पुस्तकको आनन्द लिनुहोस् |
फेरि पनि धन्यवाद,
रचना पुस्तक थाल्नु भएकोमा|
विश्वासी,
प्रज्वल”
बिदा माँग्दा मुमासित पनि भेट गराउँछु – हाल चौरासीको लग लाग्नु भएकी मुमाको यो हामी नेवारहरुको महोत्सव जंक्व अथवा सहस्रचन्द्र दर्शनम्'को रूपमा मई २०००-मा नै बुवासँग भव्यताको साथ तीन-दिवसीय कार्यक्रम राखी रिनाक नेवार गुठी र सिक्किम नेवार गुठीको सहयोगमा करुणा देवी स्मारक धर्मार्थ गुठीद्वारा रिनाकमा आयोजित भएको अब एक अभूतपूर्व ऐतिहासिक घटना हुनगएको कुरा गर्दा - मुमा तिह्रात्तर-चौह्रात्तरको मात्र देखिनुभएको र आफ्नो नयाँ पुस्तकमा चौरासीकै बयान रहेको प्रज्वल भन्छन्| सम्झनाको लागि एक तस्वीर फेरि सँगै रमणले खिचीराख्छ अनि बिदा गर्छौं हाम्रो मङ्गलकामनासाथ, फेरि पनि धन्यवादको साथ!
सम्पर्क: 9434022677 / [email protected] / www.karunaguthi.com
---
प्रस्तुत लेख 'हाम्रो प्रजाशक्ति' गान्तोक २७ दिसम्बर २०१३मा 'आजको दुनियाँमा साहित्यको संरचना र पुस्तक प्रकाशन : एक टिपोट' शीर्षकमा प्रकाशित'हिमालय दर्पण' सिलगढी ५ जनवरी २०१४ मा 'साहित्य-परिक्रमा'/ 'पुस्तक-परिक्रमा'-मा "फेरि पनि धन्यवाद, प्रज्वल" पनि प्रकाशित