काशीबहादुर श्रेष्ठले एकपटक केही हाँसेर गम्भीर हुँदै भन्नु भएको थियो,"'उदय' नेपाली साहित्यको उदय, नेपाली प्रतिभाहरुको उदय - अभिप्राय यही नै र यही नाम सुहाउँदो पनि भएको पाइएको र 'उदय' नाम सार्थक भएको थियो, जिउँदो थियो l" बताउंछन् "काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ" (वि.सं. २०५३ ज्येष्ठ)का सम्पादक कृष्णप्रसाद पराजुली आफ्नो लेख "काशीका काशी र 'उदय'का पिता"मा l 'उदय'को पहिलो अंक १९९९३ साल माघमा निस्केको र २०२४ असोजसम्म उनले परिस्थितिसित जुध्दै आर्थिक क्षति पनि बेहोरे l यति दृढ आत्मविश्वास पनि कुण्ठित हुन् गइ 'उदय' निस्कन सकेन र यो अस्त भयो - जम्मा ८३ अंक प्रकाशित भएको थियो यसको पहिलो अवतारमा l
केही साल को अन्तरालमा योग्य पिताको योग्य छोरा दुर्गाप्रसादले 'उदय' को पुन:प्रकाशनगरि आफ्नो कर्तव्यबोध र श्रद्धाभावसाथ गहन जिम्मेवारी वहन गर्नका साथै यसै जनवरीमा नव वर्ष २०११ को हार्दिक शुभकामना लिई आई १४३औं अंक प्रस्तुत गर्नका साथै यही साल सेप्टेम्बर १३-१४ का दिन 'उदय'का संस्थापक-सम्पादक आफ्ना पूज्य पिताज्यू काशीबहादुर श्रेष्ठको जन्म शताब्दी समारोह साहित्य अकादेमी, नयाँ दिल्लीद्वारा वाराणसीमा भव्य कार्यक्रमका साथ आयोजित गर्ने सूचनाले एक असल कुरोको पहल र हामी सबैलाई श्रद्धान्जली व्यक्त गर्ने उचित अवसर प्रदान गर्नु भएको छ l
आफ्नो एक सम्पादकीयमा काशीबहादुर श्रेष्ठले भनेका थिए, " 'उदय'ले आफ्नो राष्ट्रभाषा र नेपाली साहित्यको जे-जति सेवा गर्दै आएको छ त्यसबाट आफ्नो साहित्य प्रति रुचि राख्ने नयाँ नयाँ मुनाहरु पनि प्रभावित भएका छन् र तिनलाई पनि साहित्यिक फूलबारीमा प्रस्फुटित गर्नमा ठुलो गुण लाएको छ l यसले वर्सौनी नयाँ नयाँ लेखक-लेखिकाको जसरी हौसला बढाउदै उनलाई प्रकाशमा ल्याएको छ त्यो पनि नेपाली साहित्यिक जगत् मा बोध भएकै कुरा हो जो कि 'उदय'का प्रत्येक अंकमा छापिने रचनाहरु नै यसका प्रत्यक्ष प्रमाण हुन् l उनको लेखादि , कथा-कवितालाई परिमार्जन- परिवद्धन जस्तो दुरुह कार्य गरेर पनि यथाशक्य स्थान दिई उनको साहित्यिक रुचि र प्रेरणाको कदर गर्दै आएको छ l 'उदय'को यस पुनीत नीति र कर्तव्यले धेरै जसो देशवासी र प्रवासीको साहित्यिक भावनालाई जगाउन प्रश्रय गरेको छ l यो 'उदय'को निम्ति अभिमान त होइन, परम् सन्तोष, गर्व र प्रसन्नताको कुरा हो l" यो नीतिगत कुरा अझ पनि यथावत राखी पत्रिकाको मूल तत्वलाई निरन्तरतासाथ अक्षरश: पालनगरि दिशा-निदेशको अनुशीलनको महत्वपूर्ण आभिभारा निभाएका छन् वर्तमान सम्पादकले l विगतका ६० अंकहरु हेर्दा यो स्पष्ट भएको हामी पाउने छौं l
उदय'ले गरेको नेपाली भाषा र साहित्यको सेवा-सुसार अविस्मरणीय रहेको छ l कवि सिद्धिचरण श्रेष्ठका शब्दमा "त्यस अँध्यारो युगमा पनि उनले 'उदय' निकालेर आगो बाल्ने काम गरे l" स्वर्गीय लेखनाथ पौड्यालद्वारा वि. सं. २०१८ मा लिखित एक पत्रमा भन्छन् ,"यस पत्रिकाद्वारा मलया, सिंगापुर, सिक्किम, भुटान, भाक्सु लगायत विदेशमा बसेका जो जति नेपालीमा एकत्वको भावना जाग्रत राख्नु भएको छ र यै वहाँको सर्वोच्च कमले वहाँलाई ख्याति दिएको छ l पछि पनि दिने छ l" काशीबहादुर श्रेष्ठद्वारा लगभग तीन दशक (१९९३-२०२४) सम्म उक्त पत्रिकाको संचालन गरि नेपाल बाहिर-भित्रका साहित्यकारहरुलाई एकै ठाउँमा भेला गर्ने र नेपाली भाषा साहित्यलाई व्यापक रुपमा प्रचार-प्रसार गर्ने जुन गहन कार्य भयो त्यसले ठुलो ऐतिहासिक महत्व राख्छ l" यो कुरा आज वहाँको स्वर्गारोहणको २२ वर्ष पछि पनि त्यतिकै महत्वपूर्ण र महान् योगदान रहेको उनको जन्म शताब्दीमा स्मरणीय छ l
"'उदय' फेरि प्रकाशित भएछ l प्रकाशकको धैर्यसूर्य ननिभिन्जेल एक त के जतिसुकै अस्तले पनि 'उदय'लाई बन्द गर्न सक्ने छैन l ननिभोस् ! ननिभाउन् !"
बालकृष्ण शमशेर