काशीबहादुर श्रेष्ठले एकपटक केही हाँसेर गम्भीर हुँदै भन्नु भएको थियो,"'उदय' नेपाली साहित्यको उदय, नेपाली प्रतिभाहरुको उदय - अभिप्राय यही नै र यही नाम सुहाउँदो पनि भएको पाइएको र 'उदय' नाम सार्थक भएको थियो, जिउँदो थियो l" बताउंछन् "काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ" (वि.सं. २०५३ ज्येष्ठ)का सम्पादक कृष्णप्रसाद पराजुली आफ्नो लेख "काशीका काशी र 'उदय'का पिता"मा l 'उदय'को पहिलो अंक १९९९३ साल माघमा निस्केको र २०२४ असोजसम्म उनले परिस्थितिसित जुध्दै आर्थिक क्षति पनि बेहोरे l यति दृढ आत्मविश्वास पनि कुण्ठित हुन् गइ 'उदय' निस्कन सकेन र यो अस्त भयो - जम्मा ८३ अंक प्रकाशित भएको थियो यसको पहिलो अवतारमा l
केही साल को अन्तरालमा योग्य पिताको योग्य छोरा दुर्गाप्रसादले 'उदय' को पुन:प्रकाशनगरि आफ्नो कर्तव्यबोध र श्रद्धाभावसाथ गहन जिम्मेवारी वहन गर्नका साथै यसै जनवरीमा नव वर्ष २०११ को हार्दिक शुभकामना लिई आई १४३औं अंक प्रस्तुत गर्नका साथै यही साल सेप्टेम्बर १३-१४ का दिन 'उदय'का संस्थापक-सम्पादक आफ्ना पूज्य पिताज्यू काशीबहादुर श्रेष्ठको जन्म शताब्दी समारोह साहित्य अकादेमी, नयाँ दिल्लीद्वारा वाराणसीमा भव्य कार्यक्रमका साथ आयोजित गर्ने सूचनाले एक असल कुरोको पहल र हामी सबैलाई श्रद्धान्जली व्यक्त गर्ने उचित अवसर प्रदान गर्नु भएको छ l
आफ्नो एक सम्पादकीयमा काशीबहादुर श्रेष्ठले भनेका थिए, " 'उदय'ले आफ्नो राष्ट्रभाषा र नेपाली साहित्यको जे-जति सेवा गर्दै आएको छ त्यसबाट आफ्नो साहित्य प्रति रुचि राख्ने नयाँ नयाँ मुनाहरु पनि प्रभावित भएका छन् र तिनलाई पनि साहित्यिक फूलबारीमा प्रस्फुटित गर्नमा ठुलो गुण लाएको छ l यसले वर्सौनी नयाँ नयाँ लेखक-लेखिकाको जसरी हौसला बढाउदै उनलाई प्रकाशमा ल्याएको छ त्यो पनि नेपाली साहित्यिक जगत् मा बोध भएकै कुरा हो जो कि 'उदय'का प्रत्येक अंकमा छापिने रचनाहरु नै यसका प्रत्यक्ष प्रमाण हुन् l उनको लेखादि , कथा-कवितालाई परिमार्जन- परिवद्धन जस्तो दुरुह कार्य गरेर पनि यथाशक्य स्थान दिई उनको साहित्यिक रुचि र प्रेरणाको कदर गर्दै आएको छ l 'उदय'को यस पुनीत नीति र कर्तव्यले धेरै जसो देशवासी र प्रवासीको साहित्यिक भावनालाई जगाउन प्रश्रय गरेको छ l यो 'उदय'को निम्ति अभिमान त होइन, परम् सन्तोष, गर्व र प्रसन्नताको कुरा हो l" यो नीतिगत कुरा अझ पनि यथावत राखी पत्रिकाको मूल तत्वलाई निरन्तरतासाथ अक्षरश: पालनगरि दिशा-निदेशको अनुशीलनको महत्वपूर्ण आभिभारा निभाएका छन् वर्तमान सम्पादकले l विगतका ६० अंकहरु हेर्दा यो स्पष्ट भएको हामी पाउने छौं l
उदय'ले गरेको नेपाली भाषा र साहित्यको सेवा-सुसार अविस्मरणीय रहेको छ l कवि सिद्धिचरण श्रेष्ठका शब्दमा "त्यस अँध्यारो युगमा पनि उनले 'उदय' निकालेर आगो बाल्ने काम गरे l" स्वर्गीय लेखनाथ पौड्यालद्वारा वि. सं. २०१८ मा लिखित एक पत्रमा भन्छन् ,"यस पत्रिकाद्वारा मलया, सिंगापुर, सिक्किम, भुटान, भाक्सु लगायत विदेशमा बसेका जो जति नेपालीमा एकत्वको भावना जाग्रत राख्नु भएको छ र यै वहाँको सर्वोच्च कमले वहाँलाई ख्याति दिएको छ l पछि पनि दिने छ l" काशीबहादुर श्रेष्ठद्वारा लगभग तीन दशक (१९९३-२०२४) सम्म उक्त पत्रिकाको संचालन गरि नेपाल बाहिर-भित्रका साहित्यकारहरुलाई एकै ठाउँमा भेला गर्ने र नेपाली भाषा साहित्यलाई व्यापक रुपमा प्रचार-प्रसार गर्ने जुन गहन कार्य भयो त्यसले ठुलो ऐतिहासिक महत्व राख्छ l" यो कुरा आज वहाँको स्वर्गारोहणको २२ वर्ष पछि पनि त्यतिकै महत्वपूर्ण र महान् योगदान रहेको उनको जन्म शताब्दीमा स्मरणीय छ l
"'उदय' फेरि प्रकाशित भएछ l प्रकाशकको धैर्यसूर्य ननिभिन्जेल एक त के जतिसुकै अस्तले पनि 'उदय'लाई बन्द गर्न सक्ने छैन l ननिभोस् ! ननिभाउन् !"
बालकृष्ण शमशेर

काशीबहादुर श्रेष्ठले "नेपाली भाषा साहित्यको सेवामा समर्पित भएर जुन किसिमले त्यसको स्याहार सुसार गर्ने सत्कार्य भयो त्यो नेपाली साहित्यको उज्यालो पृष्ठका साथै 'उषा' (१९९५) र 'वचन' (२००१) उपन्याससाथ कथा र लेख निबन्धद्वारा समेत सुपरिचित श्रेष्ठलाई नेपाली साहित्यमा दह्रो काँध थाप्ने एउटा तपस्वीकै रुपमा लिन सकिन्छ l" भन्ने कुरा ठहरयाई कृष्णप्रसाद पराजुलीले सही निर्क्योलका साथ उनको योग्यताको सही आकलन र स्पष्ट मूल्यांकन गर्नभएको हामी पाउँछौं l अझ उनी अघि लेख्छन् ,"श्रेष्ठले भोगेको जीवन हातगोडा खियाउनुपर्ने साधारण नेपालीको जीवन हो घामपानी, असिनापसिनामा बितेको जीवन हो - तर त्यस जीवनको नेपाल र नेपालबाहिर दार्जीलिंग, आसाम, मणिपुर, इम्फाल, कोहिमा , भाक्सु, देहरादून अनि सिक्किमदेखि भुटान, बर्मा र मलयासम्म तथा फौजी क्याम्पका नेपालीहरुलाई समेत उत्प्रेरित र अनुप्रेरित गरी आफ्नो भाषा र साहित्यप्रति प्रेम जन्माउनमा ठुलो हात थियो l"
"काशीबहादुर गुरुभन्दा बहादुर बढी थिए l काशीका बहादुर थिए उनी - कमलमणि आचार्य दीक्षित नामको एउटा चौध वर्षे कलिलो केटालाई कवि कमल 'दीक्षित' बनाइदिने बहादुर l तर एक पटक उनले चित्त दुखाएर भनेका थिए मलाई - तपाईं पो यसरी माया गरी भेटन आउनुहुन्छ कमलजी, मैले कवि बनाएका कति जना त अब मलाई चिन्द पनि चिन्दैनन् l" साहित्यिक पत्रकार संघलाई त्यस संस्थाले ढिलो हुनुभन्दा पहिले नै सम्मान गर्यो काशीबहादुरको l पाँच महारथीको नेपाली पौरखीहरुको अभिनन्दन गरयो यस संस्थाले २०४१ सालमा l ती पाँच मध्येका उत्तिकै विशिष्ट एक थिए काशीबहादुर त्यो रथयात्रा, त्यो समारोहमा सरीक भएर काशीबहादुरजीको अभिनन्दन गर्न पाएको छु मैले पनि l गुण त तिरिंदैन त्यतिले उनको, तर साहु भएर कैले 'रिन तिर' भनेनन् काशी बहादुरले l पुग्थ्यो शायद उनलाई रिन लगाउनलाई मात्रै, गुण लगाउन मात्रै पाएँ l" यो उद्गार थियो कमल दीक्षितको जसले आजसम्म पनि यस परिवारसित मित्रता, सद् भावना र सान्निध्य यथावत् राखेका छन् - बराबर काशी यात्रामा आउनुभई नेपाल-भारतमाझ नेपाली साहित्यिक सेवामा, दुर्गाप्रसादसितको सहयोगमा आज पर्यन्त l
"वाराणसीमा बसेर सामाजिक र साहित्यिक सेवा गरेकोमा उनलाई 'विद्या धर्म प्रचारिणी समिति' (नेपाली धर्मशाला)ले २०४६ सालमा मदन स्मारक व्याख्यानमाला अन्तर्गत् पुरस्कार दिन बाहेक उनको योगदान अनुरुप जुन सम्मान र पुरस्कार उनले पाउनु पर्थ्यो त्यस्तो कुनै पुरस्कार पाएको र संस्थाद्वारा उचित मूल्यांकन गरी त्यस्ता पुरस्कार दिएको चाहिँ देखिंदैन l" शालिग्राम अधिकारी बताउंछन् त्यसै "काशीबहादुर श्रेष्ठ स्मृतिग्रन्थ"मा l
"प्राय: मृत्युपछि मात्र सम्झने परिपाटी भएको हाम्रो जस्तो समाजमा त्यस्तो शेष कार्य केही हुन सकेन l जे भए पनि अहिले विभिन्न पक्षलाई यथासम्भव समेटेर दीर्घ साहित्य सेवी श्रेष्ठको बहु आयामिक योगदानमा प्रकाश पार्नु र उनीप्रति श्रद्धार्चना गर्न 'स्मृतिग्रन्थ' प्रकाशित" भएको भन्छन् दुर्गाप्रसाद l उनलाई झैं हामीलाई पनि खेद छ कि "साहित्यकार काशीबहादुर श्रेष्ठलाई जीवित छँदै केही गर्न पर्थ्यो, सम्मान हुनु पर्थ्यो l" एक पटक उनलाई 'उदय'बाट आज पर्यन्त भएको योगदानको कुनै शोधार्थी वा समालोचकलाई अध्ययन गरी एक शोधग्रन्थ तैयार गरिदिने चर्चा गरेको थिएँ तर यस दिशातर्फ केही हुनसकेको छैन l नत्र यस शोध अध्ययनले विद्या वारिणी वा पी एच डि पनि हासिल हुन् सक्ने / गरिन सकिने कुरामा दुई मत न होला l
अस्त भईसकेको 'उदय'लाई निरन्तरता दिँदै फेरि उदय गराएर नेपाली भाषा र साहित्यको सेवा-सुसारमा जसरी दुर्गाप्रसाद लागिपरेका छन् , त्यो कर्तव्यबोधको एक अनुकरणीय दृष्टान्त हुनका साथै उनको दिवंगत आत्माप्रति सेवा-समर्पण मात्र नभई 'उदय'बाट लाभान्वित हुँदै आइरहेका भूत, वर्तमान र भविष्यका समस्त साहित्य-अनुरागी, साहित्य-सेवी र साहित्यकारहरु सबैको तर्फबाट नै यसका संस्थापक-सम्पादक स्वर्गीय काशीबहादुर श्रेष्ठप्रति एक उचित, योग्य र सही श्रद्धान्जली हो l
ढल्दो उमेर, खस्किँदो समय र धुमिलिंदै गइरहेको दृष्टिप्रति ध्यान भन्दा नेपाली भाषा र साहित्यको सर्वोपरी हितको ध्यान राखी यिनको सेवा-सुसारीमा कहिले राजधानी दिल्ली त कहिले छिमेकी राष्ट्र नेपालको राजधानी काठमाडौं, कहिले देहरादून त कहिले गान्तोक, कालेबुंग, खरसांग, दार्जीलिंग, सिलिगढ़ी, बाग्राकोट, आदि ठाउँ पुगिराखेकै छन् l केही वर्ष अघि गान्तोक-दार्जीलिंगको भ्रमणमा आउनु हुँदा आफ्ना भाई विजयलाई साथी लिई आउनु परेको थियो तर हिज-आज साहित्य अकादेमीले खटाईएका हुनाले अब एक्लै जता-तता पुग्न हुन्छ l यो कुनै वाध्यता भन्दा नेपाली भाषा र साहित्यप्रतिको उनको लगाव, सेवा र समर्पणको भाव स्पष्ट देखिन्छ l यदि कुनै वाध्यता छ भने सो पनि यो नेपाली भाषा र साहित्यप्रतिको आजीवन समर्पित हुने वाध्यता र इतिहास धान्ने रहर मात्र हुनसक्छ l यो हामी उनका समकालीन अनि आउँदा पिढीका युवा साहित्यकारहरु प्रति एक उदाहरणीय पाठ हुनका साथै एक कठोर चुनौती पनि हो l
हामीसित यस्ता दृष्टान्त पनि छन् जहाँ कुनै लेखकले आफ्ना साहित्यिक यात्राको प्रारम्भमा नै केही ठोस व स्तरीय कार्य प्रस्तुत गर्न अघि नै गरिमामय पुरस्कारद्वारा सम्मानित हुन् गए त्यस उप्रान्त उनीबाट कुनै महत्वपूर्ण योगदान भएको देखिन्न l आफ्ना कलमलाई नै विश्राम दिन हितकर सम्झिन्छन् कि ? वा जीविका उपार्जनका लागि वाध्यतावश पो यसो गर्न परेको हो ! तर दुर्गाप्रसाद श्रेष्ठलाई आफ्नो जीवनको संध्याकालमा साहित्य अकादेमीसितको संलग्नता पनि एक 'संजीवनी बुटी' र यो कति रोग-व्याधि, जुन यस उमेरमा आउनु अति स्वाभाविक मात्र न भई प्राकृतिक पनि हो, -को लागि 'रामवाण ' सिद्ध भएको छ l उनलाई न त कुनै पुरस्कारको लालसा छ, न त कुनै सम्मानको आवश्यकता अनि न कुनै प्रतिष्ठित पदको लोलुपता नै ! यी सब कुराबारे सोच्ने वा यसतर्फ कुद्ने वा कुदाउने समय छ न त जाँगर l कुनै जाँगर, शक्ति वा सामर्थ्य उनीमा छ भने नेपाली भाषा र साहित्यको सेवामा तन, मन र धनसाथ होमिन र यस उप्रान्त केही शेष विशेष छ भनें त्यो हो 'उदय'प्रति सेवार्पित भई पूर्णाहुति दिन l उनका स्वर्गीय पिता काशीबहादुर श्रेष्ठले नेपाली भाषा र साहित्यको सेवा-सुसारमा समर्पित भई जुन आगो त्यस युगको अन्धकार हटाउन बालेका थिए दुर्गाप्रसादलाई त्यही आगो बालि नै राख्ने प्रेरणासाथ स्फूर्ति, दृढ संकल्प अनि समर्पण ईश्वरले प्रदान गरूँन् l कारण यस युगमा आज पनि त्यही अन्धकार सर्वव्याप्त छ l नत्र काशीबहादुर श्रेष्ठको उचित कदर नभए उनका छोरा दुर्गाप्रसादलाई अब त सबैले देख्नु पर्ने तर अझ देख्न बाँकी नै छ अनि हामी देख्ने, बुझ्ने र सुन्नेहरुलाई त्यस सुनौलो युगको प्रतीक्षा छ जब योग्यताको कदर हुन्छ, उचित मूल्यांकन गर्ने औचित्यको समझ हुन्छ l
दुर्गाप्रसादले ऐतिहासिक 'उदय'लाई सधैंको लागि अस्त हुनबाट जोगाउन र अन्धकारबाट बचाउनका लागि भर्खरै १४३औं अंक हामी समक्ष राखेर आफुद्वारा सम्पादित ६० अंकहरु निरन्तर दिई स्वयम् आफैलाई 'हीरा' सिद्ध गरेका छन् l
स्वर्गीय काशी बहादुर श्रेष्ठको पुण्य जन्म शताब्दीमा 'उदय' नेपाली साहित्य संकलन ७५ औं वर्ष प्रवेश गरेको यस ऐतिहासिक शुभ अवसरमा दिवंगत आत्माप्रति यदि कुनै साँचो श्रद्धान्जली अनि उनिद्वारा अन्धकार मिटाउन प्रकाशित 'उदय'प्रति र यस पत्रिकाको ऐतिहासिकताप्रति केही सार्थकता हुन्छ भनें यसका वर्तमान सम्पादकलाई उचित सम्मान गरेर हुनेछ कारण उनि मात्रलाई यस दिशा तर्फ निरन्तरताका साथ आगो बालिराख्ने श्रेय जान्छ l यस कदमतिर एक्लै लम्की रहेका नेपाली भाषा र साहित्यप्रति निष्ठासाथ आजीवन समर्पित भएका दुर्गाप्रसाद श्रेष्ठलाई l
यसर्थ यस अवसरमा यदि कुनै पुरस्कार वा सम्मान कहिँ कतै बाट कसैले प्रस्तावित गरे वा दिने विचार गरे त्यस्ता कुराको सही हकदार र योग्य उम्मेदवार 'उदय'का सम्पादक दुर्गाप्रसाद श्रेष्ठ नै उपयुक्त छन् अनि यही नै हुनेछ स्वर्गीय काशी बहादुर श्रेष्ठप्रति साँचो श्रद्धान्जली, कुनै शंका वा संशय बिना -
निश्चय नै !
राजीव शङ्कर श्रेष्ठ
गान्तोक, सिक्किम l